नेभिगेशन
अर्थ
आधारभूत कम्प्युटर तालीम

आधारभूत कम्प्युटर तालिम सम्पन्न


 सिमकोट । उद्यम गरौं स्वरोजगार बनौं, सिप सिकौ रोजगार बनौ भन्ने नाराका साथ सञ्चालन भएको ४५ दिने आधारभूत कम्प्युटर तालीम सम्पन्न भएको छ । लक्ष्मी मल्टिमिडियाको आयोजनामा र उद्योग तथा उपभोक्ता हित संरक्षणा कार्यालय हुम्लाको आर्थिक सहयोगमा बेरोजगार युवायुवतीका लागि कम्प्युटर तालिमको आज समापन भएको हो । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय हुम्लाले जिल्लाका तीनवटा गाउँपालिकाका युवायुवतीलाई आधारभूत कम्प्युटर तालिम प्रदान गरेको हो । सिमकोट, खार्पुनाथ र सर्केगाड गाउँपालिकाका २४ जना युवती र २ जना युवा गरेर २६ जना युवायुवतीलाई उक्त कम्प्युटर तालीममा प्रदान गरिएको प्रशिक्षक रेशमराज रोकायाले बताउनुभयो । प्रक्षिक रोकायाका अनुसार, कम्प्युटर तालिमको समय दुई घण्टाको भएपनि आफुले प्रशिक्षार्थीलाई समय भएपछि विहान दुई घण्टा र बेलुका दुई घण्टा गरी दिनमा चार घण्टा कम्प्युटर सिकाएको बताउनुभयो । छोटो समयमा पनि उनिहरुले कम्प्युटर सम्बन्धि ज्ञान प्राप्त गरेको रोकायाले बताउनुभयो । अहिले प्रविधिको जमाना भएकाले आफ्नो क्षमता र सिप प्रयोग गरेर जिवीकोपार्जन गर्ने समय आइसकेको प्रशिक्षक रोकायाले बताउनुभयो । कम्प्युटरको ज्ञान भएन भने कुनै कार्यालय, वा जुनसुकै ठाउँमा रोजगारका लागि पहिलो आवश्यक भनेको कम्प्युटर भएको रोकायाले बताउनुभयो । कम्प्युटरको सिपलाई सिक्न सकेनौ भने आर्थिक हिसाबमा सम्पन्न भएपनि पछाडी पारेको महसुन गर्ने समय आइसकेको प्रशिक्षक रोकायले बताउनुभयो । सिप सिक्यो भने मानिस भोकै मर्नु पर्ने अवस्था नआउने सिमकोट गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष नन्द रावतले बताउनुभयो । सिप सिक्यो भने आफ्नो खुट्टामा टेकेर खान सक्ने क्षमता हुने वडाध्यक्ष रावतले बताउनुभयो । आफुले सिकेको जुन सिकै अध्ययन, तालिम र सिप नौ दिन सम्म दोहोर्याएनौ भने नौलो लाग्छ, तीस दिनसम्म फेरी नदोहोराएमा बिर्सि सक्ने उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख प्रदिप कुमार रेग्मीले बताउनुभयो । मुख्य उद्श्य अनुसार आफुले सिकेको सिपलाई घरमा थन्काएर राख्ने कि त्यसलाई निरन्तरता दिइरहने भन्नेमा उनिहरुमा भरपर्ने प्रमुख रेग्मीले बताउनुभयो । दिनमा आधा, एक घण्टा घरमा काम सकाएर कम्प्युटरमा औला चलानउु पर्ने र यसलाई निरन्तरता दिनु पर्ने प्रमुख रेग्मीले बताउनुभयो । समापन कार्यक्रम उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख रेग्मीको अध्यक्षतामा र सिमकोट गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष रावतको प्रमुख आथित्यमा सम्पन्न भएको छ । आधारभूत कम्प्युटर तालिम समापन कार्यक्रममा हुम्ला कारागारका प्रमुख जीवन रुपाखेती र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका लेखापाल केशव न्यौपाने लगायत सोही कार्यालयका अन्य कर्मचारी, कम्प्युटर तालिम लिएका प्रशिक्षार्थी लगायतको सहभागीता रहेको कार्यक्रम सञ्चालक लोकराज शाहीले जानकारी दिनुभयो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
सिमकोटका मासु पसलको अनुगमन

सिमकोटका मासु पसलको अनुगमन

'पसलहरुमा सरसफाईलाई ध्यान नदिएको पाइयो । हामीले त्यसमा ध्यान दिन सुझाव दिएका छौं', सहायक प्रमुख जिल्लाअ धिकारी सुवेदीले भन्नुभयो, 'सबै पसललाई बजार मूल्य अनुसारको मूल्य सूचि समेत देखिने...
हुम्लीको दसैंका लागि खाद्यमा पहिलो पटक चामल मौज्दात

हुम्लीको दसैंका लागि खाद्यमा पहिलो पटक चामल मौज्दात

'शनिबारसम्म शाखाको गोदाममा सात हजार २५ क्विन्टल खाद्यान्न मौज्दात रहेको छ', आचार्यले रेडियो कर्णाली आवाजसँग भने 'यो वर्ष हाम्रो कार्यालय स्थापना भएदेखि पहिलो पटक दशैको बेला शाखाको गोदाममा...