नेभिगेशन
सिमकोट
दुखत खबर

ट्याक्टरबाट खस्दा ५५ बर्षिया बोहराको मृत्यु

हुम्ला  ।  हुम्लामा गुडिरहेको ट्याक्टरबाट खस्दा एक जना महिलाको मृत्युभएको छ । आइतबार दिउँसो सिमकोट गाउँपालिका वडा नम्बर पाँचमा पर्ने हिल्दुमछडा (स्याम्ने)बाट सिमकोट आउँदै गरेको ट्याक्टरबाट खस्दा एक महिला महिलाको मृत्यु भएको हो । खार्पुदोभानबाट सिमकोट आउँदै गरेको लु ४ त १४४९ नम्बरको ट्याक्टरबाट खस्दा सिमकोट गाउँपालिका–२ ठेहे गाउँकी ५५ वर्षिय नानी बोहराको मृत्यु भएको हो । 
ट्याक्टरबाट खसेर गम्भीर घाइते भएर जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला अस्पतालका सिनियर अनमी सरीता बोहराले बताउनुभयो । 
घट्नास्थलबाट जिल्ला अस्पतालमा उपचारका लागि ल्याएपनि उपचार गर्दागर्दै अहिले साढे चार बजे बोहराको मृत्यु भएको अनमी बोहराले बताउनुभयो । मृतक बोहरालाई बाहिर चोट नभएपनि भित्रि शरिरमा चोट गम्भीर लागेको अनमी बोहराको भनाई थियो । ट्याक्टरबाट खसेको ठाउँमा ढुंगा हुन सक्ने र त्यसमा खसेर पेटमा गम्भीर चोट लागेर अहिले मृत्यु भएको उहाँले बताउनुभयो । 
ट्याक्टर र चालकलाई प्रहरीले अहिले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक नरेन्द्र चन्दले बताउनुभयो । के कति कारणले खस्नु भएको भन्ने बारेमा अहिले भन्न नसकिने र अहिले अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । 
 
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सिमकोट
सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

हुम्लाको सिमकोट गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाका आठ वटै वडालाई पूर्ण खोप घोषणा गरिसकेपछि एक औपचारिक कार्यक्रमका बीच सिमकोट गाउँपालिकालाई पूर्ण खोप...
सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

हुम्लाको सिमकोट गाउँपालिकाले शिक्षामा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण गरेको छ। करिब ४५ लाख रुपैयाँ बराबरको लागतमा कम्प्युटर वितरण गरिएको गाउँपालिकाले...
सिमकोट गाउँपालिकाको  ९ करोड भन्दा बढी बेरुजु

सिमकोट गाउँपालिकाको ९ करोड भन्दा बढी बेरुजु

हुम्लाको सिमकोट गाउँपालिकाको बेरुजु रकम ९ करोडभन्दा बढी पुगेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको हालसम्मको अध्यावधिक...
सिमकोट गाउँपालिकामा ९ करोड भन्दा बढी बेरुजु