नेभिगेशन
सिमकोट
औषधि अभाव

औषधि नपाउँदा चिकित्सको चेकजाँचपछि रित्तोहात लिएर फिर्ता हुन्छ विरामी

सिमकोट । सिमकोट । एक मात्र रहेको जिल्ला अस्पताल हुम्लामा औषधि अभाव हुँदा उपचार गर्न आउने विरामी मर्कामा परेका छन् । मौसमी विरामीको संख्या बढ्दै गएपनि हुम्लाको जिल्ला अस्पतालमा औषधीको अभाव छ । १५ शैयाको जिल्ला अस्पतालमा वैशाख महिना यतादेखि औषधी अभाव हुँदा उपचार गर्न आउने विरामीहरु मर्कामा परेका हुन । डाक्टरले लेखेको औषधी निजी मेडिकलमा किनेर सेवन गर्न बाध्य भएको बिरामीहरूको गुनासो रहेको छ । पानी नपर्दा यो समय जिल्ला अस्पतालमा विरामीको चाप बढेको छ । रुघाखोकी, झापापखाला लगायतका सबै खाले विरामी उपचारका लागि जिल्ला अपतालमा पुग्दा उपचारपछि औषधि वितरण कक्षमा औषधि नपाउने गरेको सेवाग्राहीको गुनासो छ । 

441443162_996196668778105_8148849697640641641_n1716172102.jpg

    जिल्ला अस्पतालमा पाइने निःशुल्क औषधी समेत पाउन नसकेको खार्पुनाथ गाउँपालिका–३ रायाका धन बहादुर टमटाको गुनासो छ । आफु बहिनिको उपचारका लागि दुई दिनदेखि भर्ना भएर अस्पतालमा रहेपनि डाक्टरको लेखिदिएको अनुसारको औषधी मेडिकलबाट किनेर लगेको बताउनुभयो । चार हजारसम्मको औषधि निजि मेडिकलबाट किनेको र भिटामीनको औषधि समेत नभएको टमटाले गुनासो गर्नुभयो । 

441885542_422029463981812_6351392284047129331_n1716172138.jpg

    चेकजाँच पछि औषधि लिन जाँदा जिल्ला अस्पतालको औषधि वितरण कक्षमा औषधि नपाएर सेवाग्राही फिर्ता हुन्छ । डाक्टरले लेखेको औषधी जिल्ला अस्पातलमा नपाउँदा निजी मेडिकलमा जानुपर्ने बाध्यता छ । निजि मेडिकलमा औषधि किन्नको लागि आर्थिक अवस्था कम भएको सिमकोट गाउँपालिका–२ ठेहे गाउँका झप्रि सुनारको गुनासो छ । जिल्ला अस्पतालले निःशुल्क दिने औषधि समेत नपाएको उहाँको गुनासो छ । डाक्टरले विरामी पुर्जामा औषधि लेखि दिएपनि औषधि वितरण कक्षमा औषधि नभएको भनेर निजि मेडिकलमा खरिद गर्न पठाउने गरेको उहाँको भनाई छ ।  

441908716_1859484557854306_7388366793532995390_n1716172170.jpg

    वैशाख महिना यतादेखि जिल्ला अस्पतालमा विरामीको चाप बढेको (मेडिकल अफिसर) तथा डाक्टर सुर्जन कुमार सिंहले बताउनुभयो । आइतबार र सोमबारका दिन ८० जनासम्म विरामी पुग्छन भने अन्य दिनमा ५० जना भन्दा कम नहुने डाक्टर सिंह बताउनुहुन्छ । लामो समय हुम्लामा पानी नपर्दा मौसमी विरामीको चाप थपिदै आएको उहाँको भनाई छ । गाउँघरबाट एक दुई दिनको पैदल हिडेर समेत सवारी पुगेको ठाउँबाट जिल्ला अस्पतालमा उपचारका लागि विरामी आउने गरेको डाक्टर सिंहले बताउनुभयो । 

     फेरि डाक्टर सिंह भन्नु हुन्छ जिल्ला अस्पतालमा औषधिको चरम अभाव छ । इमर्जेन्सीमा आकश्मि सेवाका लागि भर्ना भएका विरामीले समेत उल्टि रोक्ने लगायतका औषधि नभएको समस्या आफुले भोगेको बताउनु हुन्छ । विरामीलाई अति आवश्यक पर्ने औषधि पनि नभएको डाक्टर सिंह बताउनुहुन्छ । आकश्मिक कक्षमा औषधि अभावको समस्या आफुले प्रत्यक्ष डाक्टर सिंहले बताउनुभयो । ओपिडीमा त औषधि अभावको समस्या छदैछ तर आकश्मिक कक्षमा समेत औषधिको अभाव छ । 

     अस्पतालमा औषधिको अभाव भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम बहादुर सिंह सुइकार गर्नुहुन्छ । जहाज नचल्दा खरिद गरेर हुम्ला पुग्ने औषधि नेपालगञ्जमा थन्किएको प्रमुख सिंहको भनाई छ । अबको एक दुई दिनमा जहाज सुचारु भएमा नेपालगञ्ज थन्किएका औषधि ढुवानी भएर हुम्ला आइपुग्ने प्रमुख सिंहले बताउनुभयो । 
      गाँउमा भएका स्वास्थ्यचौकीमा औषधी पाउन मुस्किल हुन्छ । अस्पातलमा पुग्दा राम्रो औषधी र डाक्टरको चेक जाँचको आशामा विरामी पुग्छन । डाक्टरबाट चेकजाँच पाएको भएपनि डाक्टरले लेखेको औषधी नपाउँदा सेवाग्राही विरामी रित्तो हात लिएर फिर्ता हुन बाध्य छन् । जिल्ला अस्पतालमै औषधिको चरम अभावको समस्या समाधान चाडो गर्न आवश्यक छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सिमकोट
विभिन्न चार वटा निर्णय गर्दै सिमकोटका विपद व्यवस्थापन समिति बैठक सम्पन्न

विभिन्न चार वटा निर्णय गर्दै सिमकोटका विपद व्यवस्थापन समिति बैठक सम्पन्न

सिमकोट गाउँपालिकाको विपद व्यवस्थापन समितिको बैठक बसेको छ । सिमकोट गाउापालिकाले अहिले सम्म विपदका घटनाका विवरण संकलनका बारेमा जानकारी गराएको थियो । आउने दिनमा कसरी विपदमा रहेर काम...
भर्खरै