नेभिगेशन
सिमकोट
न्यायिक समितिलाई विवाद वा मुद्दाको सुनुवाई

न्यायिक समितिमा ३० वटा मुद्दा दर्ता

सिमकोट । हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिका न्यायिक समितिमा यो आर्थिक वर्षको ११ महिनामा ३० वटा मुद्दा दर्ता भएका छन् । स्थानीय सरकार सञ्चालन कार्यविधि २०७४ ले व्यवस्था गरे अनुसार ११ महिनामा दर्ता भएका ३० वटा मुद्दा मध्ये २८ छलफल गरी टुंग्याएको र दुई वटा बाँकी रहेको सिमकोट गाउँपालिका उपाध्यक्ष तथा न्याकि समितीका संयोजक सुशिला रोकाया९भाम०ले बताउनुभयो ।

स्थानीय सरकार सञ्चालन ऐनका व्यवस्थाहरूमा न्यायिक समितिलाई विवाद वा मुद्दाको सुनुवाई गरी निरूपण गर्ने अधिकार र मेलमिलापको माध्यमबाट मात्रै विवादको निरूपण गर्ने अधिकार गरी दुई प्रकारले न्याय निरूपण गर्ने अधिकार प्रदान गरेको छ । सोही ऐनमा रहेर न्यायिक समितिमा दर्ता भएका विभिन्न किसिमका विवाद, लेनदेख, झैझगडाको बारेमा दर्ता भएपनि न्यायिक समितिले धमाधम काम अगाडी बढाएर समाधान गरेको उपाधयक्ष रोकायाले बताउनुभयो ।

न्यायिक समितिका संयोजक तथा गाउँपालिका उपाध्याक्ष रोकायाका अनुनसार, विभिन्न प्रकारका मुद्दा लिएर आउने सेवाग्राही बढ्दो भएपनि समयमै छलफल गरी टुंग्याएर पठाउने गरेको बताउनुभयो । कहिले घरपरिवारका त कहिले विभिन्न विवादका विषय ल्याएर मानिस न्याय माग्न गाउँपालिकामा आउने गरेको र उक्त कामले प्राथमिकता पाएको उहाँले बताउनुभयो । सबैभन्दा बढी लेनदेन, श्रीमान श्रीमती विवाद सम्बन्धि मुद्दा आउने गरेको गाउँपालिका उपाध्यक्ष रोकायाले बताउनुभयो । न्यायिक समिति स्थानीय सरकार सञ्चालन ऐनको क्षेत्रधिकार भन्दा बाहिरका दुई वटा मुद्दा जिल्ला अदालत र जिल्ला प्रहरी कार्यालयमा पठाएको रोकायाले बताउनुभयो ।

यसैगरी स्थानीय तहमा पछिल्लो समयमा विस्तारै न्यायिक समितिका काम बढ्न थालेको उहाँको भनाई छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले गरेको व्यवस्था अनुसारको अधिकारमा मात्रै हेरेर अगाडि बढ्ने हो भने काम गर्न सजिलो हुने उपाध्यक्ष रोकायाको भनाई छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सिमकोट
सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

हुम्लाको सिमकोट गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाका आठ वटै वडालाई पूर्ण खोप घोषणा गरिसकेपछि एक औपचारिक कार्यक्रमका बीच सिमकोट गाउँपालिकालाई पूर्ण खोप...
सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

हुम्लाको सिमकोट गाउँपालिकाले शिक्षामा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण गरेको छ। करिब ४५ लाख रुपैयाँ बराबरको लागतमा कम्प्युटर वितरण गरिएको गाउँपालिकाले...
सिमकोट गाउँपालिकाको  ९ करोड भन्दा बढी बेरुजु

सिमकोट गाउँपालिकाको ९ करोड भन्दा बढी बेरुजु

हुम्लाको सिमकोट गाउँपालिकाको बेरुजु रकम ९ करोडभन्दा बढी पुगेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको हालसम्मको अध्यावधिक...
सिमकोट गाउँपालिकामा ९ करोड भन्दा बढी बेरुजु

सिमकोट गाउँपालिकामा ९ करोड भन्दा बढी बेरुजु

हुम्लाको सिमकोट गाउँपालिकाको बेरुजु रकम ९ करोडभन्दा बढी पुगेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको हालसम्मको अध्यावधिक...
भर्खरै