नेभिगेशन
समाज

यसरी मनाइन्छ हुम्लामा साउने पूर्णिमा मेला

सिमकोट । हिमाली जिल्ला हुम्लाको ठूलो पूर्णीमाका रुपमा मनाइने साउन पुनी (जनै पूर्णीमा) धुमधामका साथ मनाइएको छ । 

   साउन शुक्ल पूर्णीमाको अवसरमा चतुदर्शीको दिन देखि मनाउन शुरु हुने साउने पुर्णीमा जिल्लाभरका रामपा, बाडपाल, कालाशिल्ता, मदना, मष्टो देवताका माडु (मन्दिर)मा पुजाआजा र धामी नाचेर मनाइएको छ । जिल्लाका विभिन्न गाउँवस्तीमा स्थापना गरिएका देउताका माडुहरूमा धामी नाचेर सोमबार पूर्णिमा सम्पन्न भएको छ । 

   बिहानैबाट आफूले मान्ने कुल देवताको पूजापाठ गरिसकेपछि दिउँसोबाट धामी नाचेर मनाउन सुरु गरिने प्रचलन समेथ रहेको छ । यो पर्व सोमबार अन्तिम दिन सदरमुकाम सिमकोटमा रहेको तल्लो बजारको बाँडपाललगायत देवताको माडुमा (मन्दिर) धामी नाचेर सम्पन्न भएको स्थानीय गोरा रावतले बताउनुभयो । 

   हुम्ला जिल्लाका धेरै स्थानमा पूर्णिमा मनाइने गरिन्छ । धामी झाँक्रीले एकादशीबाट पूजापाठ र व्रत बस्न सुरु गर्ने गरेपनि चतुर्दशीबाट धामी नाचेर यो पर्व सुरु हुने गर्छ । एकदशीको दिनबाट यहाँका धामी झाँक्रीले एक छाक मात्रै खाना खाने र व्रत बस्ने संस्कार रहेको छ । 

    पूर्णीमाको अवसरमा सोमबार बिहानैं देखि जिल्ला सदरमुकाम सिमकोट गाउँपालिका– ५ को बाँडपालको माडु (मन्दिर), वडा नम्बर ६ को मुग्राधार स्थित कालासिल्ताको माडुमा धुमधामका साथ धामी नाच्न नाचेर साउने पूर्णीमा मनाइएको छ । यसअघि धुपी रुखमा बाँडपालका झाँक्रीले तल्लो र माथिल्लो गाउँका धामी भेट हुनेबित्तिकै दूध छर्किन्छन् । कालाशिल्ता, मष्टो, बाँडपाल, घण्टपाल, समैजी, गुरा, भवानीलगायत धामी पालैपालो नाचेर मनाउने कार्य निकै रमणीय र सबैले चासो दिएर हेर्ने गरिन्छ । 

   बोकाको बलि पनि दिने गरिन्छ । घरबाट टाढा गएका मानिस पूर्णिमामा आउने भएका कारण यो पूर्णिमा भेटघाट हुने पर्वका रुपमा पनि मानिन्छ । 

ठेहेको रामपाल माडुमा पनि ठूलो धाम 

    सिमकोट गाउँपालिका वडा नम्बर २ ठेहेको रामपालको माडुमा पनि धुमधामका साथ पूर्णीमा मनाइएको छ । ठेहेका सबै पट्टीका देवताका थानबाट आएका धामीहरुको जात्रो ठेहे गाउँ नजिकैको रामपालको माडुमा जम्मा भएर धामी नाच्ने र देवताको पुजाआज गर्दै पूर्णीमा सकिएको छ । 

जैरमा पनि ठूलो धाम 

   जिल्लाको मध्ये क्षेत्र सर्केगाड गाउँपालिका वडा नम्बर १ जैरमा समेत ठूलो धाम सहित पूर्णीमा सकिएको छ । बिहानै देखि जैरका सबै गाउँका धामी सहितको टोली बिच गाउँमा जम्मा भएर पूर्णीमा मनाइएको छ । जैरका सहकार्मीका अनुसार हुम्लाको जैर, सर्केगाड र मुगुको नेरदेखिका श्रद्धालुहरुको उपस्थितीमा जैरको धा सकिएको छ । 

अदानचुली र ताजकोटको झाडमाडौंमा मेला 

   जिल्लाको दक्षिणमा रहेका अदानचुली र ताँजकोट गाउँपालिकाको मेला झाडमाडुमा सम्पन्न भएको छ । मदना र बाह्रभाई मष्टोको मुख्य पर्वका रुपमा मनाइने साउन पूर्णीमाको अवसरमा दुवै गाउँपालिकाका मदना र मष्टोका धामीसहितको श्रद्धालुहरु ताजकोट–५ स्थित झाडमाडुमा भएको माडुमा ठूलो पुजाआज र धामी नाचेर पूर्णीमा मनाइएको छ ।

   झाडमाडुमा मदना देवताका धामीले आफ्नो नचाउने घण्टमा अक्षेताका सहायताले जमरा निकालेका छन् । धेरै देवता चलेपछि सत गर्ने बेला मदनाले जमरा निकाल्दै आएका छन् । अदानचुली वडा नम्बर ४ र ५ का धामी, ताँजकोट ३, ४ र ५ का धामीहरु एक ठाउँमा जम्मा भएपछि ३ पालिका हुम्ला, २ पालिका मुगु र केहि बाजुराका दर्शक समेत आउने गरेका छन् । 

   पुर्णीमको अवसरमा जिल्लाका विभिन्न माडुमा हुने धाममा स्थानीयहरू नयाँ कपडामा सजिएर माडुमा रमाइलो हेर्न जाने गर्छन् । पहिले–पहिले यो पर्वको अवसरमा वर्षमा एक दिन नयाँ कपडा फेर्ने दिनका रूपमा पनि लिइन्थ्यो । यो पर्वको दोस्रो दिन बाँडपालको माडुमा पनि धामी नाच्ने गरिन्छ । केही वर्ष अगाडि साउने पूर्णिमाको महत्व घटेको भन्ने भनाइ आइरहेको बेला अहिले भने झनै बढेको देखिन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।