नेभिगेशन
समाज

गाँजाका बोट नष्ट गर्दै प्रहरी

सिमकोट । जिल्ला प्रहरी कार्यालय हुम्लाले सदरमुकाम सिमकोट तल्लो बजारमा आफै उम्रिएका गाँजाका फडानी गरेर नष्ट गरेको छ । 

   तल्लो बजारमा रहेको मानसरोवर बहुमुखी क्याम्पस र हिमाली बहिरा तथा बौद्धिक अपांग आवासिय विद्यालय परिसमा उम्रिएका गाँजाका बोटहरु नष्ट गर्ने अभियान सुरु गरेको छ । प्रहरीले आफ्नो नियमित कार्यक्रम अनुसार गाँजा नष्ट गर्ने कार्य गरेको हो जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । 

   जिल्ला प्रहरी कार्यालय हुम्लामा कार्यरत प्रहरीको टोली खटिइ गाँजा उम्रेका स्थानमा गएर बोटहरु फडानी गर्ने कार्य गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताउनुभयो । 

    नेपाल प्रहरीको अभियान अनुसार जिल्लामा खेतबारी, बाटो र सार्बजनिक जग्गामा आफै उम्रिएका गाँजाका बोटलाई फडानी गर्ने सुरु भएको प्रहरी निरिक्षक चन्दले बताउनुभयो । हालसम्म हुम्ला जिल्लामा गाँजाको खेती गरेको नदेखिएको आफै उम्रेका बोटहरु नष्ट गर्ने कार्य गरिएको उहाँले बताउनुभयो । 

   आउँदा दिनहरुमा पनि प्रहरीको सकृयतामा जिल्ला भरि नै गाँजाका बोटहरुलाई फडानी गर्ने अभियान सञ्चालन गर्ने र गाँजारहित जिल्ला बनाउने अभियान थालनी गने जिल्ला प्रहरी कार्यालय हुम्लाले बताएको छ । जिल्लाका विभिन्न स्थानमा यतिबेला गाँजाका बोट आफै उम्रिएका हुन्छ । ती बोटलाई प्रहरीको टोली खटिइ फडानी गरेर नष्ट गर्दै आएको छ । यो वर्ष मात्रै नभएर सदरमुकाम सहित जिल्लाका विभिन्न स्थानमा उम्रिएका बोट नष्ट गर्दै आएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । 

2-1724819424.jpg
 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
साउने पूर्णिमालाई लक्षित गरी सिमकोटमा शान्ति सुरक्षा र सरसफाइ अभियान कडा पारिने

साउने पूर्णिमालाई लक्षित गरी सिमकोटमा शान्ति सुरक्षा र सरसफाइ अभियान कडा पारिने

हुम्लाको सदरमुकाम सिमकोटमा मनाइने स्थानीय पर्व साउने पूर्णिमा तथा जनैपूर्णिमालाई व्यवस्थित, सभ्य र सुरक्षित बनाउन शान्ति सुरक्षा तथा सरसफाइका गतिविधि कडा पारिने भएको छ । सिमकोट गाउँपालिकाको आयोजनामा...
कर्णाली नदीमा बेपक्ता भएका बालबालिकाको स्थानिय परम्परा अनुसार दाहसंस्कार

कर्णाली नदीमा बेपक्ता भएका बालबालिकाको स्थानिय परम्परा अनुसार दाहसंस्कार

बिहीबार खार्पुनाथ गाउँपालिकाको वडा नम्बर १ सुनाखाडामा कर्णाली नदीमा बेपक्ता भएका बृषबहादुर शाहीकी करिब ११ वर्षीया छोरी अनु शाही र रामचन्द्र रावलका करिब १२ वर्षीय छोरा प्रशान्त रावलको...
अदानचुली जोड्ने सडकमा ढुङ्गा लागेर कामदारको मृत्युः ठेकदार कम्पनीद्धारा दश लाख दिने सहमती 

अदानचुली जोड्ने सडकमा ढुङ्गा लागेर कामदारको मृत्युः ठेकदार कम्पनीद्धारा दश लाख दिने सहमती 

  सडक निर्माणको काम गर्ने क्रममा माथिबाट ढुङ्गा खसेर टाउकोमा लाग्दा घाईते भएका अदानचुली गाउँपालिका– २ का बुढावाडाका ४८ वर्षिय हिर बुढाको मृत्यु भएको छ । बुधबार अदानचुलीकै थलाहाल्नाको...
स्याडा स्वास्थ्य चौकीमा प्रसूति प्रतीक्षालय, प्रयोगशाला र शौचालय भवन उद्घाटन

स्याडा स्वास्थ्य चौकीमा प्रसूति प्रतीक्षालय, प्रयोगशाला र शौचालय भवन उद्घाटन

हुम्लाको सिमकोट गाउँपालिका वडा आठमा रहेको स्याडा स्वास्थ्य चौकीमा प्रसूति प्रतीक्षालय, प्रयोगशाला (ल्याब) तथा शौचालय भवन हस्तान्तरण तथा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। स्वास्थ्य चौकीमा आउने गर्भवती महिला,...
भर्खरै