नेभिगेशन
समाज

गाँजाका बोट नष्ट गर्दै प्रहरी

सिमकोट । जिल्ला प्रहरी कार्यालय हुम्लाले सदरमुकाम सिमकोट तल्लो बजारमा आफै उम्रिएका गाँजाका फडानी गरेर नष्ट गरेको छ । 

   तल्लो बजारमा रहेको मानसरोवर बहुमुखी क्याम्पस र हिमाली बहिरा तथा बौद्धिक अपांग आवासिय विद्यालय परिसमा उम्रिएका गाँजाका बोटहरु नष्ट गर्ने अभियान सुरु गरेको छ । प्रहरीले आफ्नो नियमित कार्यक्रम अनुसार गाँजा नष्ट गर्ने कार्य गरेको हो जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । 

   जिल्ला प्रहरी कार्यालय हुम्लामा कार्यरत प्रहरीको टोली खटिइ गाँजा उम्रेका स्थानमा गएर बोटहरु फडानी गर्ने कार्य गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताउनुभयो । 

    नेपाल प्रहरीको अभियान अनुसार जिल्लामा खेतबारी, बाटो र सार्बजनिक जग्गामा आफै उम्रिएका गाँजाका बोटलाई फडानी गर्ने सुरु भएको प्रहरी निरिक्षक चन्दले बताउनुभयो । हालसम्म हुम्ला जिल्लामा गाँजाको खेती गरेको नदेखिएको आफै उम्रेका बोटहरु नष्ट गर्ने कार्य गरिएको उहाँले बताउनुभयो । 

   आउँदा दिनहरुमा पनि प्रहरीको सकृयतामा जिल्ला भरि नै गाँजाका बोटहरुलाई फडानी गर्ने अभियान सञ्चालन गर्ने र गाँजारहित जिल्ला बनाउने अभियान थालनी गने जिल्ला प्रहरी कार्यालय हुम्लाले बताएको छ । जिल्लाका विभिन्न स्थानमा यतिबेला गाँजाका बोट आफै उम्रिएका हुन्छ । ती बोटलाई प्रहरीको टोली खटिइ फडानी गरेर नष्ट गर्दै आएको छ । यो वर्ष मात्रै नभएर सदरमुकाम सहित जिल्लाका विभिन्न स्थानमा उम्रिएका बोट नष्ट गर्दै आएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । 

2-1724819424.jpg
 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
अदानचुलीका ३५ जना ठेउलाका बिरामी भेटिए

अदानचुलीका ३५ जना ठेउलाका बिरामी भेटिए

गाउँका बिरामी नागरीकहरुमा ठेउलाको लक्षणसँग मिल्ने उक्त रोग देखिएको आशंका गरिएको हो । गाउँमा रोगको महामारी फैलीको खबर स्वास्थ्य शाखामा आए लगत्तै गरिएको शिबिरबाट उक्त बिरामी फेला परेको...
खार्पुनाथको थालीमा आगलागी २ वर्षीया बालकको मृत्यु 

खार्पुनाथको थालीमा आगलागी २ वर्षीया बालकको मृत्यु 

छेपी जेठरा र रामराज जेठाराको घरमा अचालन आगलागि हुँदा घर भित्र भएकी उनकी आमा कराउँदै आगो नियन्त्रणका लागि गुहार माग्दै बाहिर निस्केको प्रत्यक्षदर्सी तिलविर रावलले जानकारी दिए । 
  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन

  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन

  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन