नेभिगेशन
समाज

दुई घण्टा थुनिएको कुवाडी नदी खुल्यो

सिमकोट । हुम्ला र बाजुरा जिल्लाको सिमानामा दुई घण्टासम्म थुनिएको कुवाडी नदी अहिले खुलेको छ । 
   बाजुरा जिल्लाको हिमाली गाउँपालिका–२ रुम्दी र हुम्लाको ताँजकोट गाउँपालिका–१ को सिमानामा पर्ने कुवाडी दनी अहिले सामान्य पहिलाकै अवस्थामा आएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताउनुभयो । 

   शुक्रबार विहान दश बजेदेखि कुवाडी नदी १२ बजेसम्म थुनिएको थियो । १२ बजेपछि कुवाडी नदी खुलेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरिक्षक चन्दले बताउनुभयो । कुवाडी नदी आसपास क्षेत्रमा पहिरो जाँदा कुवाडी नदी थुनिएको थियो । शुक्रबार विहान यस क्षेत्रमा पहिरो जाँदा नदी थुनिएको थियो । भने अहिले सामान्य अवस्थामा फर्किसकेको छ । 

शुक्रबार विहानै कुवाडी नदी थुनिदा कुवाडी प्रहरी चौकीले यस क्षेत्र आसपासका बस्तिका नागरीकलाई विहानै हटाइ सकेको निरिक्षक चन्दले बताउनुभयो । विहानै यस क्षेत्र आसपासका नागरीकलाई हटाइ सकेपनि मानिसलाई अहिले बसोबास गर्न नदिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । 

   कर्णाली नदी आसपासका बस्तिहरुमा रहनुभएका तथा अन्य कामको शिलशिलामा नदी आसपासका सतहहरुमा रहनुभएका सम्पूर्ण नागरीकलाई नदी आसपास क्षेत्रबाट टाढा जानुका साथै सर्तकता अपनाउ बाजुराको हिमाली र हुम्लाको ताँजकोट गाउँपालिकाले आग्रह समेत गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
अदानचुलीका ३५ जना ठेउलाका बिरामी भेटिए

अदानचुलीका ३५ जना ठेउलाका बिरामी भेटिए

गाउँका बिरामी नागरीकहरुमा ठेउलाको लक्षणसँग मिल्ने उक्त रोग देखिएको आशंका गरिएको हो । गाउँमा रोगको महामारी फैलीको खबर स्वास्थ्य शाखामा आए लगत्तै गरिएको शिबिरबाट उक्त बिरामी फेला परेको...
खार्पुनाथको थालीमा आगलागी २ वर्षीया बालकको मृत्यु 

खार्पुनाथको थालीमा आगलागी २ वर्षीया बालकको मृत्यु 

छेपी जेठरा र रामराज जेठाराको घरमा अचालन आगलागि हुँदा घर भित्र भएकी उनकी आमा कराउँदै आगो नियन्त्रणका लागि गुहार माग्दै बाहिर निस्केको प्रत्यक्षदर्सी तिलविर रावलले जानकारी दिए । 
  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन

  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन

  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन