नेभिगेशन
समाज

दुई घण्टा थुनिएको कुवाडी नदी खुल्यो

सिमकोट । हुम्ला र बाजुरा जिल्लाको सिमानामा दुई घण्टासम्म थुनिएको कुवाडी नदी अहिले खुलेको छ । 
   बाजुरा जिल्लाको हिमाली गाउँपालिका–२ रुम्दी र हुम्लाको ताँजकोट गाउँपालिका–१ को सिमानामा पर्ने कुवाडी दनी अहिले सामान्य पहिलाकै अवस्थामा आएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताउनुभयो । 

   शुक्रबार विहान दश बजेदेखि कुवाडी नदी १२ बजेसम्म थुनिएको थियो । १२ बजेपछि कुवाडी नदी खुलेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरिक्षक चन्दले बताउनुभयो । कुवाडी नदी आसपास क्षेत्रमा पहिरो जाँदा कुवाडी नदी थुनिएको थियो । शुक्रबार विहान यस क्षेत्रमा पहिरो जाँदा नदी थुनिएको थियो । भने अहिले सामान्य अवस्थामा फर्किसकेको छ । 

शुक्रबार विहानै कुवाडी नदी थुनिदा कुवाडी प्रहरी चौकीले यस क्षेत्र आसपासका बस्तिका नागरीकलाई विहानै हटाइ सकेको निरिक्षक चन्दले बताउनुभयो । विहानै यस क्षेत्र आसपासका नागरीकलाई हटाइ सकेपनि मानिसलाई अहिले बसोबास गर्न नदिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । 

   कर्णाली नदी आसपासका बस्तिहरुमा रहनुभएका तथा अन्य कामको शिलशिलामा नदी आसपासका सतहहरुमा रहनुभएका सम्पूर्ण नागरीकलाई नदी आसपास क्षेत्रबाट टाढा जानुका साथै सर्तकता अपनाउ बाजुराको हिमाली र हुम्लाको ताँजकोट गाउँपालिकाले आग्रह समेत गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।