नेभिगेशन
समाज

खानेपानी समितिलाई खर्च धान्नै मुस्किल, सिमकोटमा चार सय २५ ग्राहक

सिमकोट । खानेपानी उपभोक्ता समिति सिमकोटले मासिक खर्च धान्नै मुस्कि हुने गरेको बताएको छ । खानेपानी उपभोक्ता समिति सिमकोटमा हाल चार जना कर्मचारी राखिएपनि उनिहरुलाई मासिक तलब खुवाउन समस्या हुने गरेको गुनासो आएको छ । 

सदरमुकाम सिमकोटमा न्युन मात्रै धारा जडान भएका कारण मासिक खर्चसमेत पुग्ने अवस्था नरहेको समितिले जनाएको छ । ग्राहकबाट उठ्ने महसुलबाट मासिक खर्चसमेत धान्न नसक्ने अवस्था रहेको बताइएको छ । तर थोरै मात्र उपभोक्ता समितिको ग्राहक बन्दा मासिक खर्चसमेत धान्न मुस्किल हुने अवस्था देखिएको हो । उपभोक्ता समितिले कर्मचारीको पारिश्रमिक, विद्युत् महसुल खर्च तथा मर्मतसम्भार खर्च धान्नसमेत नसक्ने अवस्था देखिएको छ । 

सदरमुकाम सिमकोटमा खानेपानी समितिले गरेको पाइपलाइन विस्तारअनुसार चार सय २५ घरधुरीसम्म खानेपानीको धारा जडान गरिएका छन् । तर खानेपानी उपभोक्ता समितिले उठाउदै आएको शुल्क सेवाग्राही उपभोक्ताले मासिक नदिने गरेको बताइएको छ ।

सदरमुकाम सिमकोटमा पुराना ग्राहक तीन सय, २५ र नयाँ ग्राहक एक सय रहेका छन् । खानेपानी उपभोक्ता समितिले उनिहरुबाट मासिक रु एक सय रुपैयाँ शुल्क उठाउने गरेको छ । समितिलाई दिने शुल्क ग्राहकले समयमै नदिने गरेको बताइएको छ । सदरमुकाम सिमकोटमा विहान ६ बजेदेखि दश बजेसम्म र दिउँसो तीन बजेदेखि सात बजेसम्म पानी छोड्ने गरेको समितिका सदस्य लोकमणी रावतले बताउनुभयो । सदरमुकाम सिमकोट माथिल्लो बजारमा दुई वटा रिजर्भ ट्यांकी रहेका छन् । पचास, पचास हजारका दुई रिर्जभ ट्यांकी रहेको सदस्य रावतले बताउनुभयो । यस्तै ग्राहकलाई पानी अभाव भएपछि थप ७५ हजार लिटरको ट्यांकी निर्माण भइरहेको बताइएको छ ।  
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।