नेभिगेशन
समाज

खानेपानी समितिलाई खर्च धान्नै मुस्किल, सिमकोटमा चार सय २५ ग्राहक

सिमकोट । खानेपानी उपभोक्ता समिति सिमकोटले मासिक खर्च धान्नै मुस्कि हुने गरेको बताएको छ । खानेपानी उपभोक्ता समिति सिमकोटमा हाल चार जना कर्मचारी राखिएपनि उनिहरुलाई मासिक तलब खुवाउन समस्या हुने गरेको गुनासो आएको छ । 

सदरमुकाम सिमकोटमा न्युन मात्रै धारा जडान भएका कारण मासिक खर्चसमेत पुग्ने अवस्था नरहेको समितिले जनाएको छ । ग्राहकबाट उठ्ने महसुलबाट मासिक खर्चसमेत धान्न नसक्ने अवस्था रहेको बताइएको छ । तर थोरै मात्र उपभोक्ता समितिको ग्राहक बन्दा मासिक खर्चसमेत धान्न मुस्किल हुने अवस्था देखिएको हो । उपभोक्ता समितिले कर्मचारीको पारिश्रमिक, विद्युत् महसुल खर्च तथा मर्मतसम्भार खर्च धान्नसमेत नसक्ने अवस्था देखिएको छ । 

सदरमुकाम सिमकोटमा खानेपानी समितिले गरेको पाइपलाइन विस्तारअनुसार चार सय २५ घरधुरीसम्म खानेपानीको धारा जडान गरिएका छन् । तर खानेपानी उपभोक्ता समितिले उठाउदै आएको शुल्क सेवाग्राही उपभोक्ताले मासिक नदिने गरेको बताइएको छ ।

सदरमुकाम सिमकोटमा पुराना ग्राहक तीन सय, २५ र नयाँ ग्राहक एक सय रहेका छन् । खानेपानी उपभोक्ता समितिले उनिहरुबाट मासिक रु एक सय रुपैयाँ शुल्क उठाउने गरेको छ । समितिलाई दिने शुल्क ग्राहकले समयमै नदिने गरेको बताइएको छ । सदरमुकाम सिमकोटमा विहान ६ बजेदेखि दश बजेसम्म र दिउँसो तीन बजेदेखि सात बजेसम्म पानी छोड्ने गरेको समितिका सदस्य लोकमणी रावतले बताउनुभयो । सदरमुकाम सिमकोट माथिल्लो बजारमा दुई वटा रिजर्भ ट्यांकी रहेका छन् । पचास, पचास हजारका दुई रिर्जभ ट्यांकी रहेको सदस्य रावतले बताउनुभयो । यस्तै ग्राहकलाई पानी अभाव भएपछि थप ७५ हजार लिटरको ट्यांकी निर्माण भइरहेको बताइएको छ ।  
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
हुम्लाका सरकारी कार्यालयको सयुक्त रुपमा शुक्रबार सार्वजनिक सुनुवाई हुने

हुम्लाका सरकारी कार्यालयको सयुक्त रुपमा शुक्रबार सार्वजनिक सुनुवाई हुने

सामाजिक विकास कार्यालय, पूर्वधार विकासक कार्यालय, राष्ट्यि कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई (स्याउजोन), खानेपानी, सिचाई तथा उर्जा विकास कार्यालय र कर्णाली करिडोर उत्तर खण्ड हिल्सा सिमकोट सडक योजना,...
मौषममा आएको पविर्तनले जाडो बढ्योः कार्यालयमा आगो ताप्दै नागकिलाई सेवा दिदै

मौषममा आएको पविर्तनले जाडो बढ्योः कार्यालयमा आगो ताप्दै नागकिलाई सेवा दिदै

लामो समय खडेरी परेको वेला आजदेखि मौशममा फेरबदल आएको छ । सोमबार राती देखि जिल्ला सदरमुकाम सिमकोट लगायतका क्षेत्रमा आएको मौशममा परिवर्तन आएका कारण जिल्लामा निकै जाडो बढेको...
जिल्ला अस्पतालमा बिरामी आउनेको संख्या वृद्धि

जिल्ला अस्पतालमा बिरामी आउनेको संख्या वृद्धि

मौषममा परिवर्तन भएदेखी विगत केही दिनदेखि ज्वरो, रुघाखोकी, दम, टाइफाइड जस्ता रोगका बिरामीको संख्या बढेको अस्पताल स्रोतले जनाएको छ ।