नेभिगेशन
समाज

हुम्लामा फैलियो मौसमी रुघाखोकी, अस्पतालमा चाप बढ्यो, एकैदिन १५० को उपचार

सिमकोट । हुम्लाको एक मात्रै जिल्ला अस्पतालमा पछिल्लो समय विरामीको चाप अत्यधिक बढ्न थालेको छ । मौसमी रुघाखोकीका विरामी बढ्दा अस्पतालले धान्न नसक्ने गरी विरामी उपचारका लागि पुग्ने गरेको जिल्ला अस्पताल हुम्लाले जनाएको छ । 

   मौसमी विरामीको चाप अत्याद्यिक बढेसंगै अस्पतालमा विरामी राख्ने शैयाको पनि अभाव हुन थालेको अस्पतालका सिनियर अनमी सरीता बोहराले बताउनुभयो । १५ शैयाको क्षमता भएको हुम्ला अस्पतालमा हिजोआज विरामी बढी भर्ना हुँदा प्रसुती गृह लगायतका वर्डामा समेत राख्ने गरेको अनमी बोहराले बताउनुभयो । आइतबार र सोमबार उपचार गर्न आउने विरामीको संख्या बढ्दा भर्ना भएका कतिपय विरामी अस्पतालमै भर्ना गर्नु पर्दा समस्या हुने गरेको छ । वर्षायाममा हुने मौसम परिवर्तन लगायतका कारण जिल्ला अस्पतालमा विरामीको संख्या बढेपछि बेडको अभाव देखिएको छ । 

   जिल्ला अस्पतालमा धेरै जसो मौसमी रुघाखोकी, ज्वरो, ज्वरोको संक्रमित विरामीहरु आउने गरेको डाक्टर सुनिल पुजाराले बताउनुभयो । यो समय बालबालिकाहरुमा पनि ज्वरोको समस्या बढी देखिएको डाक्टर पुजाराले बताउनुभयो । जिल्ला अस्पताल हुम्लामा आइतबार मात्रै एक, पचास जना विरामीले उपचार गराएका छन् । जसमा सबैभन्दा बढी ज्वरोका विरामी, झाडापखाला, निमोनिया र ग्याष्टिक लगायतका विरामीले उपचार गराएको जिल्ला अस्पतालका डाक्टर पुजाराले बताउनुभयो । यस्तै दोस्रो दिन सोमबार साँझ चार बजेसम्म झण्डै ९० जना विरामीको उपचार गरिएको अस्पताल श्रोतले बताएको छ । केही दिनअघि दैनिक ५० जनासम्म उपचारका लागि पुग्ने गरेको भएपछि पछिल्ला दिनमा मौसमी रुघाखोकी, ज्वरोका विरामी बढ्ने गरेको बताउनुभयो । 

   जिल्ला अस्पतालमा उपचारका लागि सदरमुकाम आसपास गाउँका ठेहे, जोदाम, डाँडाफया, धारापोरी, बुराउँसे, बरगाउँ, यांचु, माजा, छिप्रा लगायतका गाउँबाट पुग्ने गरेका छन् । अहिले जिल्ला अस्पतालमा विरामीको चाप बढेको भएपनि औषधि अभाव नभएको बताइएको छ । यदी यस्तै विरामी बढ्दै जाने र हवाई सेवा अवरुद्ध हुने हो भने औषधिको पनि अभाव हुने अस्पताल श्रोतले बताएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
सात वर्षमा हुम्ला भित्र ७३ वटा सवारी दुर्घटनाः३६ जनाको मृत्यु

सात वर्षमा हुम्ला भित्र ७३ वटा सवारी दुर्घटनाः३६ जनाको मृत्यु

हुम्लामा आन्तरिक रुपमा सडक सञ्चालनमा आए लगत्तै हेलिकोप्टरमार्फत गाडी ढुवानी गरेर आन्तरिक रुपमा चल्न थालेको आर्थिक वर्ष ०७६/७७ देखि हालसम्म ७३ वटा सवारी साधन दुर्घटनामा ३६ जनाको मृत्यु...
सहुलियत नुनमा ७० प्रतिशत अतिरित्त मूल्य असुल्दै वडा कार्यालय (भिडियो रिर्पोटसहित)

सहुलियत नुनमा ७० प्रतिशत अतिरित्त मूल्य असुल्दै वडा कार्यालय (भिडियो रिर्पोटसहित)

नुन ढुवानीका नाममा सर्केगाड–१ का पाँच सय १२ घरधुरीबाट प्रति केजि ६ रुपैयाँका दरले ६४ हजार २ सय रकम असुल्ने काम भएको छ । नागरिकको कमजोर आर्थिक अवस्थालाई...
सिमकोट राइजिङ क्लबद्वारा न्यानो कपडा वितरण

सिमकोट राइजिङ क्लबद्वारा न्यानो कपडा वितरण

सिमकोट राइजिङ क्लबद्वारा न्यानो कपडा वितरण गरिएको छ । ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसर पारी सिमकोट गाउँपालिका वडा नम्बर ५ का जेष्ठ नागरिक तथा अपाङ्ग भएका व्यक्तिलाई...
भर्खरै