नेभिगेशन
समाज

हुम्लामा फैलियो मौसमी रुघाखोकी, अस्पतालमा चाप बढ्यो, एकैदिन १५० को उपचार

सिमकोट । हुम्लाको एक मात्रै जिल्ला अस्पतालमा पछिल्लो समय विरामीको चाप अत्यधिक बढ्न थालेको छ । मौसमी रुघाखोकीका विरामी बढ्दा अस्पतालले धान्न नसक्ने गरी विरामी उपचारका लागि पुग्ने गरेको जिल्ला अस्पताल हुम्लाले जनाएको छ । 

   मौसमी विरामीको चाप अत्याद्यिक बढेसंगै अस्पतालमा विरामी राख्ने शैयाको पनि अभाव हुन थालेको अस्पतालका सिनियर अनमी सरीता बोहराले बताउनुभयो । १५ शैयाको क्षमता भएको हुम्ला अस्पतालमा हिजोआज विरामी बढी भर्ना हुँदा प्रसुती गृह लगायतका वर्डामा समेत राख्ने गरेको अनमी बोहराले बताउनुभयो । आइतबार र सोमबार उपचार गर्न आउने विरामीको संख्या बढ्दा भर्ना भएका कतिपय विरामी अस्पतालमै भर्ना गर्नु पर्दा समस्या हुने गरेको छ । वर्षायाममा हुने मौसम परिवर्तन लगायतका कारण जिल्ला अस्पतालमा विरामीको संख्या बढेपछि बेडको अभाव देखिएको छ । 

   जिल्ला अस्पतालमा धेरै जसो मौसमी रुघाखोकी, ज्वरो, ज्वरोको संक्रमित विरामीहरु आउने गरेको डाक्टर सुनिल पुजाराले बताउनुभयो । यो समय बालबालिकाहरुमा पनि ज्वरोको समस्या बढी देखिएको डाक्टर पुजाराले बताउनुभयो । जिल्ला अस्पताल हुम्लामा आइतबार मात्रै एक, पचास जना विरामीले उपचार गराएका छन् । जसमा सबैभन्दा बढी ज्वरोका विरामी, झाडापखाला, निमोनिया र ग्याष्टिक लगायतका विरामीले उपचार गराएको जिल्ला अस्पतालका डाक्टर पुजाराले बताउनुभयो । यस्तै दोस्रो दिन सोमबार साँझ चार बजेसम्म झण्डै ९० जना विरामीको उपचार गरिएको अस्पताल श्रोतले बताएको छ । केही दिनअघि दैनिक ५० जनासम्म उपचारका लागि पुग्ने गरेको भएपछि पछिल्ला दिनमा मौसमी रुघाखोकी, ज्वरोका विरामी बढ्ने गरेको बताउनुभयो । 

   जिल्ला अस्पतालमा उपचारका लागि सदरमुकाम आसपास गाउँका ठेहे, जोदाम, डाँडाफया, धारापोरी, बुराउँसे, बरगाउँ, यांचु, माजा, छिप्रा लगायतका गाउँबाट पुग्ने गरेका छन् । अहिले जिल्ला अस्पतालमा विरामीको चाप बढेको भएपनि औषधि अभाव नभएको बताइएको छ । यदी यस्तै विरामी बढ्दै जाने र हवाई सेवा अवरुद्ध हुने हो भने औषधिको पनि अभाव हुने अस्पताल श्रोतले बताएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।