नेभिगेशन
अर्थ
हुम्ला

हुम्लामा १० करोडको स्याउ उत्पादन

हुम्ला । फलफूलमा स्याउ खेतीको राम्रो सम्भावना बोकेको हिमाली जिल्ला हुम्लामा यस वर्ष दस करोड रुपियाँ बराबरको स्याउ उत्पादन भएको छ । यस वर्ष स्याउ उत्पादन राम्रो नभएपनि जिल्ला भरको विवरण अनुसार उक्त स्याउ उत्पादन भएको हो ।

सिमकोट गाउँपालिका भर पाँच करोडभन्दा बढीको स्याउ उत्पादन भएको गाउँपालिका कृषि बिकास शाखा प्रमुख नेत्रबहादुर शाहीले जानकारी दिनु भएको छ । उहाँले स्याउ राम्रो उत्पादन नभएका कारण जम्मा किसानले पाँच करोडको स्याउ उत्पादन गर्न सफल भएको र किसानले उत्पादन गरेका सबै स्याउ भने बिक्री नभएको बताउनुभयो ।

स्याउ बिक्रीबाट एक किसानले १० लाख रुपियाँसम्म कमाइ गरेको जानकारी कार्यालयलाई आएको बताउँदै सडक यातायात नजोडिएको र हवाई मार्गबाट ढुवानी दर बढी भएका कारण जिल्लाबाहिरको बजारका लागि समस्या रहेको बताउनुभयो ।

जिल्लामा स्याउको मूल्य प्रतिकेजी ४० रुपियाँ तोकिएको भए पनि त्यो मूल्यमा भने बजारमा पाउने गरेको थिएन । स्याउ भएको समयमा बजारमा प्रतिदाना स्याउको मूल्य १० रुपियाँ पर्ने गरेको थियो । कृषि विकास कार्यालयले जिल्लाका सात वटै गाउँपालिकामा १० करोडभन्दा बढीको स्याउ उत्पादन भएको जनाएइको छ । यसमा ३० प्रतिशत मात्र स्याउ जिल्लाबाहिर बिक्री भएको पाइएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
हुम्लाका स्याउलाई बजार आउन भदौ पहिलो साता लाग्ने (बैठकको निर्णय हेर्नुहोस्)

हुम्लाका स्याउलाई बजार आउन भदौ पहिलो साता लाग्ने (बैठकको निर्णय हेर्नुहोस्)

‘हुम्लाको मौशम र यहाँ फल्ने स्याउँको प्रजातीका आधारमा पनि वुटाबाट निकाल्ने र बजारमा विक्रि वितरणका लागि स्याउ लैजाने उपयुक्त समय भनेकै भदौ महिनाको पहिलो सातापछि हो’, कृषि विकास...
महाअष्टमीको अवसरमा हुम्लाका ६२ घरधुरीलाई खाद्यन्न वितरण (भिडियोसहित) 

महाअष्टमीको अवसरमा हुम्लाका ६२ घरधुरीलाई खाद्यन्न वितरण (भिडियोसहित) 

गएको फागुन महिनादेखि राम्रोसँग पानी नपरेका कारण खडेरीले भदौमा पाक्न् बाली नपाक्दा खाद्यन्न समस्या झेलिरहेका हुम्लाको अदानचुली १ कल्खेका ५२ घरधुरीलाई दशैको महाअष्टमीको अवसरमा चामल, तेल र सल...