नेभिगेशन
सिमकोट

सिमकोटले दशैँ विदामा स्वास्थ्यचौकी नियमीत सञ्चालनमा राख्ने

सिमकोट । हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले नेपालीहरुको महान पर्व दशैँ, तिहार र छट पर्वको अवसरमा पालिका भित्र रहेका चारवटा स्वास्थ्यचौकी सार्वजनिक विदाको समयमा पनि सञ्चालनमा रहने भएका छन् । 

   गाउँपालिका भित्र रहेकाA चारवटा स्वास्थ्यचौकीबाट आधारभूत स्वास्थ्य सेवा र आकस्मिक स्वास्थ्य सेवा सञ्चालन हुने भएका हुन् । वडा–२ ठेहे स्वास्थ्यचौकी, ३ वरगाउँ स्वास्थ्यचौकी, वडा–७ डाडाफयाँ स्वास्थ्यचौकी र ८ स्याडा स्वास्थ्यचौकीबाट दशैँको सार्वजनिक विदाको समयमा पनि नियमीत स्वास्थ्य सेवा सञ्चालन हुने भएको गाउँपालिका स्वास्थ्य संयोजक नर बहादुर भण्डारीले बताउनुभयो । चार्ड पर्वको समयमा नागरीकको स्वास्थ्य समस्यालाई मध्ये नजरमा राखि यि चारवटा स्वास्थ्य चौकीबाट नियमीत सेवा सञ्चालन हुने भएको संयोजक भण्डारीले बताउनुभयो ।

   चार्डबाडको समयमा विभिन्न खानपानले नागरीकको स्वास्थ्य समस्या देखिने भएकाले त्यसको पूर्वतारीका लागि सेवा सार्वजनिक विदा शिनबारको दिनमा समेत स्वास्थ्य चौकी खुल्ला रहने गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले बताउनुभयो । असोज २३ गतेसम्म सम्पूर्ण सरकारी कार्यालय खुल्ला रहने र त्यसपछि दशैँको विदाको समयमा पनि सेवा सञ्चालन हुने भएको अधिकृत रोकायाको भनाई छ । 

   यो सयममा विभिन्न रोग फैलनु भन्दा अगाडि नै सजग भएर काम गर्न पनि गाउँपालिकाले अनुरोध समेत गरेको छ । अन्य आधारभूत स्वास्थ्य इकाई र सामुदायिक स्वास्थ्य इकाईबाट अतिआवश्यक सेवा सञ्चालन हुनुका साथै तत्काल स्वास्थ्यकर्मी खटिने बताइएको छ । स्वास्थ्यकर्मी दशैँको बेला अभाव भएको हुँदा चारवटा स्वास्थ्यचौकी नियमीत खुल्ला रहने र अन्य स्वास्थ्य संस्थामा अति आवश्यक परेको खण्डमा स्वास्थ्यकर्मी खटिने भएको बताइएको छ । 

462321732_503593985900533_8032885408440006943_n-(1)-1728215920.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सिमकोट
सिमकोट गाउँपालिकाको आर्थिक वर्ष २०८२÷८३ को वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न

सिमकोट गाउँपालिकाको आर्थिक वर्ष २०८२÷८३ को वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न

सिमकोट गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ मा सम्पादन गरेका विकास निर्माण, सेवा प्रवाह तथा विभिन्न क्षेत्रका उपलब्धिहरूको समीक्षा गर्दै वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाका अध्यक्ष...
सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

हुम्लाको सिमकोट गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाका आठ वटै वडालाई पूर्ण खोप घोषणा गरिसकेपछि एक औपचारिक कार्यक्रमका बीच सिमकोट गाउँपालिकालाई पूर्ण खोप...
सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

हुम्लाको सिमकोट गाउँपालिकाले शिक्षामा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण गरेको छ। करिब ४५ लाख रुपैयाँ बराबरको लागतमा कम्प्युटर वितरण गरिएको गाउँपालिकाले...
सिमकोट गाउँपालिकाको  ९ करोड भन्दा बढी बेरुजु

सिमकोट गाउँपालिकाको ९ करोड भन्दा बढी बेरुजु

हुम्लाको सिमकोट गाउँपालिकाको बेरुजु रकम ९ करोडभन्दा बढी पुगेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको हालसम्मको अध्यावधिक...