नेभिगेशन
समाज

बेपत्ता बालक आठ दिनपछि मृत भेटिए

सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका–३ रायाँ गाउँमा ८ दिनदेखि बेपत्ता भएका एक जना बालक आज मृत अवस्थामा भेटिएका छन् । रायाँ गाउँका लोकेन्द्र रावलका छोरा तीन वर्षिय सरत रोकाया बुधबार अतृ अवस्थामा भेटिएको स्थानीयले बताएका छन् । 

   कात्तिक १४ गते आफ्नै घरबाट हराएका बालक सम्पर्कमा नआएपछि स्थानीय र प्रहरीले खोजतलास गर्दा हराएको आठ दिनपछि बुधबार राया र कारङ गाउँको बिच भएर बग्ने कारङ खोला नदिमा मृतावस्थामा फेला परेको वडाध्यक्ष च्यागा बोहराले बताउनुभयो । 

   १४ गते दिउँसो घरमा आमा बुवा खाजा खाने समयमा बालक अचानक हराएका थिए । बालक नभेटिएपछि हराएको दोस्रो दिन प्रहरीलाई जानकारी गराउनुका साथै स्थानीय र प्रहरीले खोजतलास गरी आठ दिनपछि गाउँ नजिककैको  कारङखोला नदिमा मृत अवस्थामा फेला  परेको वडाध्यक्ष बोहराले बताउनुभयो । 

    बालक बेपत्ता भएको दिनबाटै खोजी कार्य जारी राखेको भएपनि नभेटिएका बालक मृत अवस्थामा फेला परेपछि पोस्टमाटमका लागि घटनास्थलबाट जिल्ला अस्पताल सिमकोटमा ल्याइएको छ । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
अदानचुलीका ३५ जना ठेउलाका बिरामी भेटिए

अदानचुलीका ३५ जना ठेउलाका बिरामी भेटिए

गाउँका बिरामी नागरीकहरुमा ठेउलाको लक्षणसँग मिल्ने उक्त रोग देखिएको आशंका गरिएको हो । गाउँमा रोगको महामारी फैलीको खबर स्वास्थ्य शाखामा आए लगत्तै गरिएको शिबिरबाट उक्त बिरामी फेला परेको...
खार्पुनाथको थालीमा आगलागी २ वर्षीया बालकको मृत्यु 

खार्पुनाथको थालीमा आगलागी २ वर्षीया बालकको मृत्यु 

छेपी जेठरा र रामराज जेठाराको घरमा अचालन आगलागि हुँदा घर भित्र भएकी उनकी आमा कराउँदै आगो नियन्त्रणका लागि गुहार माग्दै बाहिर निस्केको प्रत्यक्षदर्सी तिलविर रावलले जानकारी दिए । 
  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन

  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन

  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन