नेभिगेशन
समाज

बेपत्ता बालक आठ दिनपछि मृत भेटिए

सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका–३ रायाँ गाउँमा ८ दिनदेखि बेपत्ता भएका एक जना बालक आज मृत अवस्थामा भेटिएका छन् । रायाँ गाउँका लोकेन्द्र रावलका छोरा तीन वर्षिय सरत रोकाया बुधबार अतृ अवस्थामा भेटिएको स्थानीयले बताएका छन् । 

   कात्तिक १४ गते आफ्नै घरबाट हराएका बालक सम्पर्कमा नआएपछि स्थानीय र प्रहरीले खोजतलास गर्दा हराएको आठ दिनपछि बुधबार राया र कारङ गाउँको बिच भएर बग्ने कारङ खोला नदिमा मृतावस्थामा फेला परेको वडाध्यक्ष च्यागा बोहराले बताउनुभयो । 

   १४ गते दिउँसो घरमा आमा बुवा खाजा खाने समयमा बालक अचानक हराएका थिए । बालक नभेटिएपछि हराएको दोस्रो दिन प्रहरीलाई जानकारी गराउनुका साथै स्थानीय र प्रहरीले खोजतलास गरी आठ दिनपछि गाउँ नजिककैको  कारङखोला नदिमा मृत अवस्थामा फेला  परेको वडाध्यक्ष बोहराले बताउनुभयो । 

    बालक बेपत्ता भएको दिनबाटै खोजी कार्य जारी राखेको भएपनि नभेटिएका बालक मृत अवस्थामा फेला परेपछि पोस्टमाटमका लागि घटनास्थलबाट जिल्ला अस्पताल सिमकोटमा ल्याइएको छ । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।