नेभिगेशन
सर्केघार्ड

सर्केघार्डमा राहत वितरण गरिदैं

सिमकोट । लामो समयको लकडाउनले समस्यामा प।रको नागरिकलाई सर्केघाड गाउँपालिकामा विभिन्न सामाजिक संघ संस्थाले राहत वितरण कार्य शुरु गरेका छन् ।

मिसन इष्ट नामक गैर सरकारी संस्थाको अर्थिक सहयोगमा गाउँपालिकामा कार्यरत महिला कल्याण सेवा, किर्डाक, नेपाल र हेड, नेपालको संयुक्त पहलमा राहत वितरण कार्य शुरु भएको हो । वितरण शुरु गरिएको राहत प्याकेजमा २५ किलो चामल, २ किलो दाल, २ लिटर तेल र १ किलो चिनि राखिएको छ ।

वितरणको पहिलो दिन सर्केगाड– ४ का ३८ जना अति सिमान्तकृत ७५ माथिका जेष्ठ नागरीक, एकल महिला, अपांग र सहिद परिवार लार्इ वितरण गरिएको महिला कल्याणका कार्यक्रम व्यावस्थापक प्रेम बुढाले जानकारी दिएका छन् । राहत सर्केगाडका ८ वडाका तिन सय पचास घरधुरीमा वितरण गर्ने योजना रहेको कुरा बुढाले थपे । राहत वितरणमा ८ कर्मचारी र ११ स्वयमंसेवक गरि जम्मा १८ जना खटाइएको कुरा व्यावस्थापक बुढाले जानकारी दिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सर्केघार्ड
“चरन खर्क सुधार“ कार्यक्रम अन्तर्गत ४८ किसानलाई आवश्यक सामग्री वितरण

“चरन खर्क सुधार“ कार्यक्रम अन्तर्गत ४८ किसानलाई आवश्यक सामग्री वितरण

हुम्लाको सर्केगाड गाउँपालिकाले “चरन खर्क सुधार“ कार्यक्रम अन्तर्गत किसानलाई आवश्यक सामग्री वितरण गरेको छ । पशुपालन तथा चरन व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले गाउँपालिकाका १ देखि ८ वटै...
सर्केगाड उपनिर्वाचनमा ६६ प्रतिशत मतदान 

सर्केगाड उपनिर्वाचनमा ६६ प्रतिशत मतदान 

आइतबार बिहान ७ बजेबाट सुरु भएको १२ वटा मतदान स्थल र १ मतदान केन्द्रमा गरी जम्म ६६ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत शम्भु प्रशाद बरालले बताए ।...
भर्खरै