नेभिगेशन
समाज

सिमकोट गाउँपालिकाद्धारा पाँच जना महिला सामुदायिक स्वयमं सेविका सम्मान

सिमकोट । हुम्लामा रहेका स्थानीय तहले २१ औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस एक कार्यक्रम गरी मनाएका छन् । विविध स्वास्थ्य क्रियाकलाहरुमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको भूमिका, स्वस्थ समाज निर्माणमा सहभागीता भन्ने मूल नाराका साथ २१ औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको छ । सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले विभिन्न स्वास्थ्य संस्थामा एक वर्षमा उत्कृष्ट कार्यका साथै स्वास्थ्य प्रवर्धनका लागि अहोरात्र खटिने पाँच जना महिला स्वयंसेविका लाई सम्मन गरेको छ । 

   सम्मानीत हुनेमा वडा नम्बर दुई ठेहे स्वास्थ्यचौकीका बसन्ती बोहरा, वडा नम्बर ती बरगाउँ स्वास्थ्यचौकीका छिरिङकीत लामा, वडा नम्बर सात डाडाफया स्वास्थ्यचौकीका मनिषा शाही, वडा नम्बर आठ स्याडा स्याडा स्वास्थ्यचौकीका इसा रावल र वडा नम्बर ६ माथिल्लो गाउँमा रहेको आभारभूत केन्द्रबाट गौरी सुनारलाई सम्मानित गरिएको सिमकोट गाउँपालिका स्वास्थ्य संयोजक नर बहादुर भण्डारीले बताउनुभयो । सिमकोट गाउँपालिकाले एक कार्यक्रम गरी उनीहरुलाई सम्मान पत्र वितरण गरेको जानकारी प्राप्त भएको छ । 

   यस्तै दक्षिण भेगमा ताँजकोट गाउँपालिकाले पनि एक कार्यक्रमको आयोजना गरी २१ औँ महिला सामुदायिक दिवस मनाएको गाँउँपालिका स्वास्थ्य संयोजक धनराज ढकालले बताउनुभयो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।