नेभिगेशन
समाज

सिमकोटमा भुस्याहा कुकुरको बिगबिगी, बाटो हिड्नेलाई टोक्न थाले

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा केही दिन यतादेखि छाडा छोडिएका भुस्याहा कुकुरको बिगबिगी देखिन थालेको छ । जथाभावी छाडा छोडिएका कुकुरले सञ्चार क्षेत्र टेलिकम नजिक विद्युत पछाडीको बाटोमा आवतजावत गर्ने सर्वसाधरणलाई जथाभाबी टोक्न थालेका छन् । राति १० बजेपछि बिहानसम्म बजारका चोक चोकमा भुस्याहा कुकुरको बिगबिगी बढेको पाइन्छ । यसरी बजारमा कुकुर बढी देखिनुका साथै जथाभावी टोक्न थालेपछि एक्लै हिँड्न कठिन हुने गरेको सिममोटका सर्वसाधरणले गुनासो पोखेका छन् ।

  बजारभरी भुस्याहा कुकुर आउन थालेपछि अत्यावश्यक काम परेको समयमा पनि बाहिर निस्कन कठिन हुने गरेको सदरमुकामबासीको भनाई छ । जथाभावी छोडिएका भुस्याहा कुकुरले दुई बालबालिका र एक युवकलाई टोकेको समेत पाइएको छ । यसरी छोडिएका कुकुर नियन्त्रणमा सम्बन्धित पक्षले बेलैमा ध्यान दिन जरुरी रहेको छ । 

   यस्तै सिमकोट गाउँपालिकाका केही स्थानमा रेबिज रोग फैलिएको बताएको छ । रेबिज रोग फैलिएपछि यस रोगको नियन्त्रणका लागि एन्टि रेबिज भ्याक्सिन लगाउने कार्य जारी रहेको सिमकोट गाउँपालिका पशुपञ्छी विकास शाखा प्रमुख विक्रम सार्कीले बताउनुभयो । 

   बजारमा रहेका भुस्याहा कुकुर नियन्त्रणका लागि सदरमुकामबासीले गाउँपालिकालाई सहयोग गर्न उहाँले आग्रह गर्नुभयो । स्थानीय, सर्वसाधरण लगायतको सहयोगमा गाउँपालिकाले भुस्याहा कुकुर नियन्त्रणमा लिन सक्ने बताइएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।