नेभिगेशन
समाज

पाँच मासु पसलको अनुमगन

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा सञ्चालनमा रहेका मासु पसल मध्ये आज पाँच वटा मासु पसल अनुगमन गरिएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय हुम्लाद्धारा शुक्रबार सदरमुकाममा रहेका पाँच मासु पसलको अनुगमन गरिएको हो । 

   सोही कार्यालयका प्रमुख श्री बहादुर विष्टको नेतृत्वमा एर्पोट चोकमा रहेको दुई कालिन्चोकमा एक र काठेचुलीमा रहेका दुई वटा गरी पाँच वटा मासु पसलको अनुगमन गरिएको जानकारी प्राप्त भएको छ । अनुगमनका क्रममा सबै जसो मासु पसलमा खासै कम्जोरी नदिएको भएपनि अकिांस पसलमा भने साइनबोर्ट पुरानो, नविकरण नगरेको लगायतका भेटिएको कार्यालयका प्रमुख विष्टले बताउनुभयो । मासु राख्ने बथस्थल र मासुमा कम्जोरी नभेटिएको बताइएको छ । सिमकोटमा बोइल कुखुरा मासुको प्रति केजी रु सात सय रुपैंयामा विक्री हुँदै आएको छ । 

    केही कागजात नपुगेका मासु पसललाई एकपटक सुध्रिने मौका दिएको समयमै सोमबारसम्म निर्देशन दिइएको छ । मासुको मूल्य सूचि टाँस नगरेका पसललाई चाडो मूल्य सूचि टाँस गर्न जानकारी दिइएको विष्टले बताउनुभयो । 
     अनुगमनमा सम्बन्धित मासु पसल सञ्चालकलाई ढक, तराजु नापतौल विभागमा नवीकरण गर्न, एप्रोन सफा हुनुका साथै मास्कको प्रयोग गर्न, मासु झिङ्गाले नभन्किने गरी जालीले छोपेर राख्न र मासु काट्न प्रयोग गरिने औजार, भाँडावर्तन सफा राख्न, मूल्यसूची राख्न र म्याद नाघेको मिति स्पष्ट देखिने गरी राख्न निर्देशन दिएको हो । साथै पैदल मार्ग भएर आउने मासुलाई थप व्यवस्थीत गरेर विक्री गर्न निर्देशन दिइएको छ । 

   सदरमुकाम सिमकोटमा रहेका सनम किराना एण्ड मासु पसल, सुनिल फ्रेस हाउस, शान्ति जनरल स्टोर, छात्तिकोट जनरल स्टोर, रिदम फ्रेस हाउस यि पाँच वटामा अनुगमन गरिएको हो । शुक्रबार भएको अनुगमनमा उद्योग बाणिज्य संघ हुम्लाका उपाध्यक्ष छक्क रोकाया, जिल्ला प्रकाशसन कार्यालयका ज्ञानी सुनार, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतको सहभागीता रहेको थियो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।