नेभिगेशन
समाज

चार सय ग्राहकले जोडे टेलिकमको फाइबर इन्टरनेट सेवा

सिमकोट । हुम्लाको सदरमुमकाम सिमकोटका चार सय ग्राहकले नेपाल टेलिकमको तीव्र गतिको फाइबर इन्टरनेट सेवा जडान गरेका छन् । पुरानो इन्टरनेट, टेलिफोनको प्रविधि सेवा बन्द गरेर जिल्लाका सरकारी कार्यालय र व्यक्तिगतका घरमा फाइबर इन्टरनेटमा परिणत गरिएको नेपाल टेलिकम शाखा हुम्लाका प्राविधिक सहायक गोर महतले बताउनुभयो । भदौ २३ गतेदेखि आजसम्म चार सय जना ग्राहकले यो सेवा उपभोग गरेको प्राविधिक सहायक महतको भनाई थियो ।

सदरमुकाम सिमकोटमा रहेका सरकारी तथा गैरसरकारी कार्यालय भन्दा निजी व्यक्तिले यो सेवा उपभोग गरेको टेलिकम शाखा हुम्लाले जनाएको छ । फाइबर सेवाको माग सिमकोटमा बढ्दो रहेकाले जडान कार्य जारी रहेको बताइएको छ । इन्टरनेटसँगै टेलिफोन र टेलिभिजनको सुविधा पनि प्रदान गरेको कार्यालयले जनाएको छ ।

फाइबर सेवा जडानका लागि नयाँ र पुरानो ग्राहकका लागि एक वर्षको शुल्क फरकफरक रहेको नेपाल टेलिकम शाखा हुम्लाका निमित्त प्रमुख रिन्जीङआग्मु लामाले बताउनुभयो । नयाँ गाहकका लागि फाइबर सेवा जडान गर्न एक वर्षको रु आठ हजार पाँच सय र पुराना टेलिकमको टेलिफोन र इन्टर सेवाको लाइन् विस्तार गरेका ग्राहकका लागि एक वर्षमा रु आठ हजार शुल्क रहेको लामाको भनाई थियो । फाइबरमा फोरजी र टुजी सहितको सेवा प्रदान हुँदै आएको निमित्त कार्यालय प्रमुख लामाले जानकारी दिनुभयो ।

टेलिकमको एनटी फाइबर गत वर्षको जेठ १० गते कालिकोट र जेठ ११ गते जुम्लामा यो सेवाको शुभारम्भ भएको थियो । एनटी फाइबरमार्फत अत्याधुनिक प्रविधिको प्रयोग गरी अब त्यस क्षेत्रका सेवाग्राहीले एउटै तारबाट एचडी गुणस्तरको आवाजसहितको टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा पनि प्रयोग गर्न सक्ने टेलिकमले जनाएको छ ।

नेपाल टेलिकम, दुरसञ्चार प्राधिकरण कार्यालय हुम्लाले भाइबर इन्टरनेट सेवा सदरमुकाम सिमकोटमा मात्रै लागु गरेको छ । हुम्लाका सातवटा स्थानीय तहमा टेलिकमको फाइबर इन्टरनेट सेवा विस्तार नभएको बताइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।