नेभिगेशन
समाज

चार सय ग्राहकले जोडे टेलिकमको फाइबर इन्टरनेट सेवा

सिमकोट । हुम्लाको सदरमुमकाम सिमकोटका चार सय ग्राहकले नेपाल टेलिकमको तीव्र गतिको फाइबर इन्टरनेट सेवा जडान गरेका छन् । पुरानो इन्टरनेट, टेलिफोनको प्रविधि सेवा बन्द गरेर जिल्लाका सरकारी कार्यालय र व्यक्तिगतका घरमा फाइबर इन्टरनेटमा परिणत गरिएको नेपाल टेलिकम शाखा हुम्लाका प्राविधिक सहायक गोर महतले बताउनुभयो । भदौ २३ गतेदेखि आजसम्म चार सय जना ग्राहकले यो सेवा उपभोग गरेको प्राविधिक सहायक महतको भनाई थियो ।

सदरमुकाम सिमकोटमा रहेका सरकारी तथा गैरसरकारी कार्यालय भन्दा निजी व्यक्तिले यो सेवा उपभोग गरेको टेलिकम शाखा हुम्लाले जनाएको छ । फाइबर सेवाको माग सिमकोटमा बढ्दो रहेकाले जडान कार्य जारी रहेको बताइएको छ । इन्टरनेटसँगै टेलिफोन र टेलिभिजनको सुविधा पनि प्रदान गरेको कार्यालयले जनाएको छ ।

फाइबर सेवा जडानका लागि नयाँ र पुरानो ग्राहकका लागि एक वर्षको शुल्क फरकफरक रहेको नेपाल टेलिकम शाखा हुम्लाका निमित्त प्रमुख रिन्जीङआग्मु लामाले बताउनुभयो । नयाँ गाहकका लागि फाइबर सेवा जडान गर्न एक वर्षको रु आठ हजार पाँच सय र पुराना टेलिकमको टेलिफोन र इन्टर सेवाको लाइन् विस्तार गरेका ग्राहकका लागि एक वर्षमा रु आठ हजार शुल्क रहेको लामाको भनाई थियो । फाइबरमा फोरजी र टुजी सहितको सेवा प्रदान हुँदै आएको निमित्त कार्यालय प्रमुख लामाले जानकारी दिनुभयो ।

टेलिकमको एनटी फाइबर गत वर्षको जेठ १० गते कालिकोट र जेठ ११ गते जुम्लामा यो सेवाको शुभारम्भ भएको थियो । एनटी फाइबरमार्फत अत्याधुनिक प्रविधिको प्रयोग गरी अब त्यस क्षेत्रका सेवाग्राहीले एउटै तारबाट एचडी गुणस्तरको आवाजसहितको टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा पनि प्रयोग गर्न सक्ने टेलिकमले जनाएको छ ।

नेपाल टेलिकम, दुरसञ्चार प्राधिकरण कार्यालय हुम्लाले भाइबर इन्टरनेट सेवा सदरमुकाम सिमकोटमा मात्रै लागु गरेको छ । हुम्लाका सातवटा स्थानीय तहमा टेलिकमको फाइबर इन्टरनेट सेवा विस्तार नभएको बताइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
अदानचुलीका ३५ जना ठेउलाका बिरामी भेटिए

अदानचुलीका ३५ जना ठेउलाका बिरामी भेटिए

गाउँका बिरामी नागरीकहरुमा ठेउलाको लक्षणसँग मिल्ने उक्त रोग देखिएको आशंका गरिएको हो । गाउँमा रोगको महामारी फैलीको खबर स्वास्थ्य शाखामा आए लगत्तै गरिएको शिबिरबाट उक्त बिरामी फेला परेको...
खार्पुनाथको थालीमा आगलागी २ वर्षीया बालकको मृत्यु 

खार्पुनाथको थालीमा आगलागी २ वर्षीया बालकको मृत्यु 

छेपी जेठरा र रामराज जेठाराको घरमा अचालन आगलागि हुँदा घर भित्र भएकी उनकी आमा कराउँदै आगो नियन्त्रणका लागि गुहार माग्दै बाहिर निस्केको प्रत्यक्षदर्सी तिलविर रावलले जानकारी दिए । 
  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन

  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन

  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन