नेभिगेशन
समाज

मानव अधिकार एलाइन्स हुम्लाको अध्यक्षमा सहकर्मी महतारा निर्विरोध 

सिमकोट । राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल मानव अधिकार एलाइन्स हुम्लाको अध्यक्षमा रेडियो कर्णाली आवाजकर्मी बेलुमाया महतारा निर्वाचित हुनु भएको छ । 

शुक्रबार जिल्ला सदरमुकाम सिमकोटमा सम्पन्न भएको पाँचौ अधिवेशनले महतारालाई सर्वसहमतीमा अध्यक्षमा निर्वाचित गरेको गरिएको हो । यसैगरी एलाइन्सको उपाध्यक्षमा ऐटन रावल, सचिव फुन्जोक लामा, कोषाध्यक्षमा उजिल कार्की, सदस्य मोतिलाल महतारा र जनक बुढा निर्वाचीत गरिएको हो । 

सात सदस्यीय कार्य समिति विस्तार गरिएको मानव अधिकार एलाइन्स हुम्लाले जनाएको छ । समाजमा हुने मानव अधिकार विरुद्धका घटनाहरुलाई मानव अधिकार एलाइन्सले बाहिर ल्याउदै मानव अधिकारकोे संरक्षण र सम्बर्धनमा योगदान गर्न कार्यक्रममा आग्रह गरिएको हो । यस अघि एलाइन्सको जिल्ला शाखाको अध्यक्षमा पदम राज हमाल हुनु हुन्थ्यो । 

कार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटि सदस्य नवराज महतारा, डबल रावत, जिल्ला कमिटि हुम्लाका उपाध्यक्ष प्रकाश बहादुर शाही, एमाले कर्णाली प्रदेश कमिटिको लेखा आयोगकासचिव कमल बाहोरा लगायत हुम्लाका विभिन्न नेताहरुको उपस्थित रहेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
अदानचुलीका ३५ जना ठेउलाका बिरामी भेटिए

अदानचुलीका ३५ जना ठेउलाका बिरामी भेटिए

गाउँका बिरामी नागरीकहरुमा ठेउलाको लक्षणसँग मिल्ने उक्त रोग देखिएको आशंका गरिएको हो । गाउँमा रोगको महामारी फैलीको खबर स्वास्थ्य शाखामा आए लगत्तै गरिएको शिबिरबाट उक्त बिरामी फेला परेको...
खार्पुनाथको थालीमा आगलागी २ वर्षीया बालकको मृत्यु 

खार्पुनाथको थालीमा आगलागी २ वर्षीया बालकको मृत्यु 

छेपी जेठरा र रामराज जेठाराको घरमा अचालन आगलागि हुँदा घर भित्र भएकी उनकी आमा कराउँदै आगो नियन्त्रणका लागि गुहार माग्दै बाहिर निस्केको प्रत्यक्षदर्सी तिलविर रावलले जानकारी दिए । 
  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन

  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन

  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन