नेभिगेशन
समाज

मानव अधिकार एलाइन्स हुम्लाको अध्यक्षमा सहकर्मी महतारा निर्विरोध 

सिमकोट । राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल मानव अधिकार एलाइन्स हुम्लाको अध्यक्षमा रेडियो कर्णाली आवाजकर्मी बेलुमाया महतारा निर्वाचित हुनु भएको छ । 

शुक्रबार जिल्ला सदरमुकाम सिमकोटमा सम्पन्न भएको पाँचौ अधिवेशनले महतारालाई सर्वसहमतीमा अध्यक्षमा निर्वाचित गरेको गरिएको हो । यसैगरी एलाइन्सको उपाध्यक्षमा ऐटन रावल, सचिव फुन्जोक लामा, कोषाध्यक्षमा उजिल कार्की, सदस्य मोतिलाल महतारा र जनक बुढा निर्वाचीत गरिएको हो । 

सात सदस्यीय कार्य समिति विस्तार गरिएको मानव अधिकार एलाइन्स हुम्लाले जनाएको छ । समाजमा हुने मानव अधिकार विरुद्धका घटनाहरुलाई मानव अधिकार एलाइन्सले बाहिर ल्याउदै मानव अधिकारकोे संरक्षण र सम्बर्धनमा योगदान गर्न कार्यक्रममा आग्रह गरिएको हो । यस अघि एलाइन्सको जिल्ला शाखाको अध्यक्षमा पदम राज हमाल हुनु हुन्थ्यो । 

कार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटि सदस्य नवराज महतारा, डबल रावत, जिल्ला कमिटि हुम्लाका उपाध्यक्ष प्रकाश बहादुर शाही, एमाले कर्णाली प्रदेश कमिटिको लेखा आयोगकासचिव कमल बाहोरा लगायत हुम्लाका विभिन्न नेताहरुको उपस्थित रहेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।