नेभिगेशन
समाज

हुम्लाका महिलालाई आत्मनिर्भर बनाउन उद्योग कार्यालयले दियो ढाका बुनाई तालिम

सिमकोट । हुम्लाको सिमकोटमा रहेका महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले उद्योग तथा उपोक्ता हित संरक्षण कार्यालयले ढाका बुनाई तालिम सञ्चालन प्रदान गरेको छ । सिमकोट गाउँपालिका–५ र ६ का दश जना महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यल तीन महिने ढाका बुनाई तालिम मङ्गलबारदेखि सुरु गरिएको हो । 

  यहाँका महिलालाई जीवनोपयोगी सीप सिकाएर आर्थिक उन्नति गराउँदै आत्मनिर्भर बनाउन तालिम आयोजना गरेको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख श्री बहादुर विष्टले बताउनुभयो । हुम्लाका महिलाको जीवनस्तर मासथ उकास्नुका साथै स्वरोजगार बनाउका लागि यस्ता किसिमका विभिन्न समयमा तालिम सञ्चालन गर्दै आएको प्रमुख विष्टले बताउनुभयो । 

  हुम्लामा विस्तारै विकासले छुदै आएकाले उद्योग कार्यालय, सिमकोट गाउँपालिकाबाट आफुहरुलाई अझ थप सहयोगको अपेक्षा रहेको ढाका कपडा तालिम सिक्न आउनुभएकी विष्णु रावतले बताउनुभयो । ढाका कपडा तालिम तीन महिनामा सिकेर व्यवसायी हुने रावतले बताइन् । 

   महिला यहाँका महिलाले सीप सिकेर दक्ष भए अरुको भरपर्न पर्नु पर्ने अवस्था नुहने प्रमुख जिल्ला अधिकारी नारायाण पाण्डेयले बताउनुभयो । तालिममा सहभागी दश जना महिलाले ढाका कपडा बुनाईबाट व्यवसायीक हुने गरी तालिम सिक्न प्रमुख जिल्ला अधिकारी पाण्डेयले आग्रह गर्नुभयो । जसरी अहिले हुम्लाको चिनो, सिमी, स्याउले बजारमा माग बढेको त्यसरी नै सीप सिकेपछि हुम्लाको ढाका कपडाको माग बढ्नु पर्ने प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताउनुभयो । 

  कहिले जाला काम, कहिले जाला घाम भने जस्तो नभएर व्यवसायीक हुने गरी सीप सिक्न सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध)ले बताउनुभयो । सिकेको सीप खेर नजाने अध्यक्ष भण्डारीले बताउनुभयो । तालिमका नाममा तालिम दिने मात्र नभई प्रयोगमा ल्याउँदै आर्थिक पाटोमा जोडिन आग्रह आग्रह गर्नुभयो । सीप सिकेर आत्मनिर्भर हुन अध्यक्ष भण्डारीले आग्रह गर्नुभयो । 

  मङ्गलबार भएको तीन महिने तालिममा सिमकोट गाउँपालिका–५ का वडाध्यक्ष चीन रावत, वडा नम्बर–६ का वडाध्यक्ष तथा गाउँपालिका प्रवक्ता नन्द रावत, नेपाल पत्रकार महासंघ जिल्ला शाखा अध्यक्ष राजन रावत लगायत तालिममा सहभागी महिलाहरुको उपस्थित रहेको थियो । 

  दश जना महिलाका लागि ढाका बुन्ने पाँचवटा तान सिमकोटमै बनाएको सोही कार्यालयका हिमा गिरीले बताउनुभयो । ढाका कपडा बुन्नका लागि धागो जिल्ला बाहिरबाट खरिद गरेर ल्याएको बताइएको छ । 

 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
साउने पूर्णिमालाई लक्षित गरी सिमकोटमा शान्ति सुरक्षा र सरसफाइ अभियान कडा पारिने

साउने पूर्णिमालाई लक्षित गरी सिमकोटमा शान्ति सुरक्षा र सरसफाइ अभियान कडा पारिने

हुम्लाको सदरमुकाम सिमकोटमा मनाइने स्थानीय पर्व साउने पूर्णिमा तथा जनैपूर्णिमालाई व्यवस्थित, सभ्य र सुरक्षित बनाउन शान्ति सुरक्षा तथा सरसफाइका गतिविधि कडा पारिने भएको छ । सिमकोट गाउँपालिकाको आयोजनामा...
कर्णाली नदीमा बेपक्ता भएका बालबालिकाको स्थानिय परम्परा अनुसार दाहसंस्कार

कर्णाली नदीमा बेपक्ता भएका बालबालिकाको स्थानिय परम्परा अनुसार दाहसंस्कार

बिहीबार खार्पुनाथ गाउँपालिकाको वडा नम्बर १ सुनाखाडामा कर्णाली नदीमा बेपक्ता भएका बृषबहादुर शाहीकी करिब ११ वर्षीया छोरी अनु शाही र रामचन्द्र रावलका करिब १२ वर्षीय छोरा प्रशान्त रावलको...
अदानचुली जोड्ने सडकमा ढुङ्गा लागेर कामदारको मृत्युः ठेकदार कम्पनीद्धारा दश लाख दिने सहमती 

अदानचुली जोड्ने सडकमा ढुङ्गा लागेर कामदारको मृत्युः ठेकदार कम्पनीद्धारा दश लाख दिने सहमती 

  सडक निर्माणको काम गर्ने क्रममा माथिबाट ढुङ्गा खसेर टाउकोमा लाग्दा घाईते भएका अदानचुली गाउँपालिका– २ का बुढावाडाका ४८ वर्षिय हिर बुढाको मृत्यु भएको छ । बुधबार अदानचुलीकै थलाहाल्नाको...
स्याडा स्वास्थ्य चौकीमा प्रसूति प्रतीक्षालय, प्रयोगशाला र शौचालय भवन उद्घाटन

स्याडा स्वास्थ्य चौकीमा प्रसूति प्रतीक्षालय, प्रयोगशाला र शौचालय भवन उद्घाटन

हुम्लाको सिमकोट गाउँपालिका वडा आठमा रहेको स्याडा स्वास्थ्य चौकीमा प्रसूति प्रतीक्षालय, प्रयोगशाला (ल्याब) तथा शौचालय भवन हस्तान्तरण तथा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। स्वास्थ्य चौकीमा आउने गर्भवती महिला,...
भर्खरै