नेभिगेशन
समाज

सर्केगाडमा टेलिफोन सेवा अवरुद्ध 

सिमकोट । हुम्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिका केन्द्रमा दुई दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको । विद्युत सेवा अवरुद्ध भएसँगै पालि केन्द्र सहित आसपासका क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध हुँदा यहाँका सेवाग्राहीले सास्ती खेप्नु परेको छ । 

   गाउँपालिका–५ मा रहेको कुति गाउँको भदालीमा रहेको टेलिफोन टावरमा खराबी आउँदा टेलिफोन सेवा अवरुद्ध भएको सर्केगाडमा होटेल व्यवसाय गर्दै आउनुभएका गेटबहादुर थापाले बताउनुभयो । होटेल व्यवसायी थापाले भन्नुभयो, “दुई दिनदेखि टेलिफोन सेवाले काम नगर्दा आफन्त सँग फोनमा कुरा गर्न पाएको छैन् । आफुले मात्रै होइन् पालिका केन्द्र सर्केगाड सहित आसपासका सेवाग्राहीले फोनमा जोडिन नसकेको उहाँले बताउनुभयो । 
   फोनले काम नगरेपछि जिल्ला भित्रै र जिल्ला बाहिर रहेका आफन्तसँग कुरा हुन नसकेको स्थानीय बताउछन् । टेलिफोन सेवा अवरुद्ध हुँदा गाउँपालिका केन्द्र सर्केगाड, वडा–१, ४, ५, ६, ७ र ८ नम्बर वडाका सेवाग्राही फोन सम्पर्कमा जोडिन नसकेको बताइएको छ । 

   अवरुद्ध भएको टेलिफोन मर्मत गरि सञ्चालनमा ल्याउनका लागि गाउँपालिका, दुरसञ्चार कार्यालय लगायतका सम्बन्धित कार्यालयले कुनै चासो नदिएको स्थानीयको गुनासो छ । जिल्लाको दोस्रो ठूलो बजारका रुपमा रहेको सर्केगाडमा दुई दिनदेखि टेलिफोन सेवा अवरुद्ध हुँदा थप समस्या बनाएको हो । सर्केगाडमा इकाला प्रशासन कार्यालय, सिटिजन्स बैंक, अन्य विभिन्न संघसंस्थाका उपशाखा समेत रहेका छन् । फोन सेवा नहुँदा कार्यालयको दैनिक कामकाजको जानकारीका साथै सूचना सम्प्रेषण्मा समेत समस्या बनाएको पाइएको छ ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
अदानचुलीका ३५ जना ठेउलाका बिरामी भेटिए

अदानचुलीका ३५ जना ठेउलाका बिरामी भेटिए

गाउँका बिरामी नागरीकहरुमा ठेउलाको लक्षणसँग मिल्ने उक्त रोग देखिएको आशंका गरिएको हो । गाउँमा रोगको महामारी फैलीको खबर स्वास्थ्य शाखामा आए लगत्तै गरिएको शिबिरबाट उक्त बिरामी फेला परेको...
खार्पुनाथको थालीमा आगलागी २ वर्षीया बालकको मृत्यु 

खार्पुनाथको थालीमा आगलागी २ वर्षीया बालकको मृत्यु 

छेपी जेठरा र रामराज जेठाराको घरमा अचालन आगलागि हुँदा घर भित्र भएकी उनकी आमा कराउँदै आगो नियन्त्रणका लागि गुहार माग्दै बाहिर निस्केको प्रत्यक्षदर्सी तिलविर रावलले जानकारी दिए । 
  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन

  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन

  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन