नेभिगेशन
समाज

सर्केगाडमा टेलिफोन सेवा अवरुद्ध 

सिमकोट । हुम्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिका केन्द्रमा दुई दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको । विद्युत सेवा अवरुद्ध भएसँगै पालि केन्द्र सहित आसपासका क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध हुँदा यहाँका सेवाग्राहीले सास्ती खेप्नु परेको छ । 

   गाउँपालिका–५ मा रहेको कुति गाउँको भदालीमा रहेको टेलिफोन टावरमा खराबी आउँदा टेलिफोन सेवा अवरुद्ध भएको सर्केगाडमा होटेल व्यवसाय गर्दै आउनुभएका गेटबहादुर थापाले बताउनुभयो । होटेल व्यवसायी थापाले भन्नुभयो, “दुई दिनदेखि टेलिफोन सेवाले काम नगर्दा आफन्त सँग फोनमा कुरा गर्न पाएको छैन् । आफुले मात्रै होइन् पालिका केन्द्र सर्केगाड सहित आसपासका सेवाग्राहीले फोनमा जोडिन नसकेको उहाँले बताउनुभयो । 
   फोनले काम नगरेपछि जिल्ला भित्रै र जिल्ला बाहिर रहेका आफन्तसँग कुरा हुन नसकेको स्थानीय बताउछन् । टेलिफोन सेवा अवरुद्ध हुँदा गाउँपालिका केन्द्र सर्केगाड, वडा–१, ४, ५, ६, ७ र ८ नम्बर वडाका सेवाग्राही फोन सम्पर्कमा जोडिन नसकेको बताइएको छ । 

   अवरुद्ध भएको टेलिफोन मर्मत गरि सञ्चालनमा ल्याउनका लागि गाउँपालिका, दुरसञ्चार कार्यालय लगायतका सम्बन्धित कार्यालयले कुनै चासो नदिएको स्थानीयको गुनासो छ । जिल्लाको दोस्रो ठूलो बजारका रुपमा रहेको सर्केगाडमा दुई दिनदेखि टेलिफोन सेवा अवरुद्ध हुँदा थप समस्या बनाएको हो । सर्केगाडमा इकाला प्रशासन कार्यालय, सिटिजन्स बैंक, अन्य विभिन्न संघसंस्थाका उपशाखा समेत रहेका छन् । फोन सेवा नहुँदा कार्यालयको दैनिक कामकाजको जानकारीका साथै सूचना सम्प्रेषण्मा समेत समस्या बनाएको पाइएको छ ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।