नेभिगेशन
समाज

हुम्लामा हवाई सेवा अवरुद्ध

सिमकोट । हुम्लामा मौसममा आएको फेरबदलसँगै अन्तर जिल्ला जोड्ने एक मात्रै छोटो दुरीको हवाई सेवा अवरुद्ध भएको छ । शुक्रबार राती जिल्लामा हिमपात हुँदा त्यस यतादेखि हवाई सेवा अवरुद्ध भएको सिमकोट विमानस्थल स्रोतले जानकारी दिएको छ । साथै आइतबार राती जिल्लामा हावाहुरी चल्दा सोमबार उडान हुन नसकेको जानकारी प्राप्त भएको छ ।

सोमबार जिल्लाको मौसम सफा रहेपनि रातीदेखि विहान ११ बजेसम्म हावाहुरी चलेका कारण उडान हुन नसकेको सिमकोट विमानस्थलका प्रमुख महेन्द्र सिंहले बताउनुभयो । मौसम सफा रहेपनि हावाहुरी नचलेमा मंगलबार उडान हुने भएको कार्यालयका प्रमुख सिंहले बताउनुभयो । विमानस्थलको रनवेमा जमेको हिउँ पग्लिए पनि हावाहुरीका कारण उडान हुन नसकेको बताइएको छ । साथै जिल्लामा तीन दिनदेखि नेपालगञ्ज, सुर्खेतबाट उडान नहुँदा यात्रुले ओहरदोहर गर्न नपाएको बताइएको छ ।

सिमकोटबाट यहाँका नागरीक उडान नहुँदा जिल्ला बाहिर जान नपाएका हुन् । भने नेपालगञ्ज सुर्खेतबाट पनि यात्रु हुम्ला पुग्न नसकेको बताइएको छ । हुम्लादेखि नेपालगञ्ज सुर्खेत जानका लागि छोटो दुरी भएकाले विमानस्थलमा जिल्लाका विभिन्न शहर जाने यात्रुको चाप समेत बढेको बताइएको छ । यस्तै उडान नहुँदा दैनिक उपभोग्य देखि विकास निर्माणका सामग्री ढुवानी हुन नसकेको जानकारी प्राप्त भएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।