नेभिगेशन
सिमकोट

ओझेलमा रलिङ् पर्व

पर्यटकीय सम्भावना बोकेर पनि उचित प्रचार प्रसारको अभावले हुम्लाको सिमकोट गाउँपालिका वडा तीन मा रहेको महत्वपूर्ण पर्यटकीयस्थल “रलिङ्” ओझेलमा परेको छ ।

पर्यटकीय सम्पदा भएपनि आन्तरिक व्यवस्थापनको अभाव, व्यवस्थित पदमार्ग नहुनु, होमस्टे सञ्चालनमा नआउनु, प्रचारप्रसारको कमी तथा पर्यटन सूचना केन्द्रको अभाव, सुरक्षा चुनौती लगायतका कारण पर्यटकीयस्थल ओझेलमा परेको हो ।

रमणीयस्थल रलिङ् क्षेत्रमा पर्यटन विकासका पूर्वाधार तयार नहुँदा पर्यटन प्रवद्र्धन हुन सकेको छैन । वर्षको एक पटक मात्रै यो क्षेत्रमा जेठको पुर्णिमाको समयमा तिर्थ यात्री दर्शनका जाने गर्दछन् । उच्च क्षेत्रमा अवस्थित रलिङ्ग गुम्बा प्राकृतिक सौन्दर्यले भरिपूर्ण एक प्रमुख गन्तव्य पनि मानिन्छ । पहाडी भू–भागमा रहेका कारण सूर्योदय अवलोकनका लागि पनि उत्तिकै महत्वपूर्ण छ ।

जेठ पुर्णिमा रलिङ्ग गुम्बामा दर्शनका लागी जिल्लाभरीका नागरीक यहाँ पुगेर भगवानको दर्शन गर्ने गर्दथिए भने यो वर्ष नेपाल सरकारले चैत ११ गते देखि लकडाउन गरेपछि झनै ओझेलमा परेको छ ।

रलिङ् गुम्वासम्म पुग्नको लागी यातायातको असुविधाका कारण यहाँ पुग्न निकै कठिनाइ हुने गरेको भएपनि रलिङ् आसपासका क्षेत्रबाट करिब तीन देखि चार घण्टाको पैदलमा हिडेर पुग्ने गरीन्छ ।

चौबीसै घण्टा शीतल हावा बहिरहने रलिङ् गुम्वामा पुगेपछि जोकोही त्यहाँको भौगोलिक अवस्था एवं दृष्यावलोकनबाट लोभिन्छन् । “पर्यटकीय सम्भावना छ, तर राज्यको लगानी खासै नहुँदा अझै पनि फस्टाउन सकेको छैन” यसका लागि स्थानीय सरकारको लगानी जरुरी छ ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सिमकोट
सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

हुम्लाको सिमकोट गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाका आठ वटै वडालाई पूर्ण खोप घोषणा गरिसकेपछि एक औपचारिक कार्यक्रमका बीच सिमकोट गाउँपालिकालाई पूर्ण खोप...
सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

हुम्लाको सिमकोट गाउँपालिकाले शिक्षामा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण गरेको छ। करिब ४५ लाख रुपैयाँ बराबरको लागतमा कम्प्युटर वितरण गरिएको गाउँपालिकाले...
सिमकोट गाउँपालिकाको  ९ करोड भन्दा बढी बेरुजु

सिमकोट गाउँपालिकाको ९ करोड भन्दा बढी बेरुजु

हुम्लाको सिमकोट गाउँपालिकाको बेरुजु रकम ९ करोडभन्दा बढी पुगेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको हालसम्मको अध्यावधिक...
सिमकोट गाउँपालिकामा ९ करोड भन्दा बढी बेरुजु

भर्खरै