नेभिगेशन
समाज

विमानस्थलको हिउँ पन्छाएपछि हवाइ सेवा सुचारु

सिमकोट । एक मात्रै छोटो दुरीको अन्तर जिल्ला जोड्ने हवाई सेवाले आफ्नो उडान भरेका छन् । श्ुक्रबार विहान विमानस्थलमा जमेको हिउँ पन्छाउने कार्य सम्पन्न भएपछि हवाई सेवा सञ्चालनमा आएको सिमकोट विमानस्थलका प्रमुख महेन्द्र सिंहले बताउनुभयो । बिहिबार विहानदेखि जिल्लामा हिमपात भएपनि मध्यान्हको समयमा गाडीले हिमपात हुन रोकिएपछि थोरै पन्छाएको उहाँले बताउनुभयो । 

   पुन शुक्रबार विहान गाडी, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीले विमानस्थलको रन वे, पार्किङस्थल लगायतका क्षेत्रको हिउँ पन्छाएपछि हवाई सेवा सञ्चालनमा आएको हो । रन वे, पार्किङस्थलमा विगतका वर्षहरु जस्तो बाक्लो हिउँ नजम्ने भएका कारण थोरै जमेर पन्छाउन र हवाई उडान हुन सजिलो भएको बताइएको छ । 
   हिउँ पन्छाउने कार्य सम्पन्न भएपछि नेपालगञ्जबाट सीता र समिट एयरले आफ्नो उडान भरेको विमानस्थल प्रमुख सिंहले बताउनुभयो । समिट एयरले नेपालगञ्जबाट एक फलाइट र सीता एयरले दुई फलाइट गरेको जानकारी प्राप्त भएको छ । सीता एयरले एक नेपालगञ्ज र एक फलाइट सुर्खेत गरेको विमानस्थले स्रोतले जानकारी दिएको छ । दुवै जहाजले यात्रु सहित विभिन्न ढुवानीका सामग्री ओसारेको बताइएको छ । सीता एयरले भने नुन र यात्रु ढुवानी गरेको जानकारी प्राप्त भएको छ । 

   यस्तै हिमपातले सदरमुकाम सिमकोटदेखि आवतजावत गरिरहेका छोटो दुरीका सवारी साधन अवरुध भएका छन् । हिमपातले यातायातका साधनपनि सञ्चालनमा आउन नसकेका हुन् । कतै बरफ र कतै हिउँ जमेका कारण कारण सञ्चालनमा आउन नसकेको बताइएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।