नेभिगेशन
समाज

बाली सप्रिने भन्दै हुम्लाका किसान उत्साहित

सिमकोट । जिल्लामा चौथो पटक हिमपात हुँदा यहाँका किसान खुसी भएका छन् । खडेरी हुनेको होकी भनी चिन्तामा रहेका विशेष गरी दक्षिण भेगका किसानलाई राहत मिलेको छ । हिउँ परेसँगै उनीहरू नियमित खेती कर्म तिर लाग्ने भएको बताइएको छ । माघ महिनामा वर्षा र हिमपात भएपछि हिउँदे बाली राम्रो हुनेमा यहाँका किसानले विश्वास व्यक्त गरेका छन् । बिहीबार दिउँसोदेखि परेको हिउँले किसानमा खुसी छाएको छ । मंसिर महिनामा खेतमा बोएको गहुँ, जौ रउवा बालीलाई राम्रो हुने भन्दै किसानले खुसी व्यक्त गरेका छन् । विशेष गरी अहिले खेतबारीमा लगाएको जौ, गहुँ र उवा बाली उम्रिने समय भएको र यही बेला हिमपात र पानी पर्दा खेतीपातीका लागि राम्रो हुने खार्पुनाथ गाउँपालिका वडा नम्बर तीन रायाका लालधन टमटाले बताउनुभयो ।

आजकल परेको हिउँले जेठासी बालीको उत्पादन राम्रो हुने उहाँले बताउनुभयो । विगतका वर्षहरुमा यो भन्दा बढी हिमपात हुने भएपनि दुई, तीन वर्ष यतादेखि हिउँ कम पर्ने गरेको हुम्लीको भनाई छ । जिल्लामा जती बढी हिमपात र वर्षा भयो उत्ती नै जेठासी र कात्तिके बालीलाई राम्रो हुने किसान बताउँछन् । माघ महिनाको वर्षा र हिमपातले खेतीपाती र बालीमा राम्रो हुने उनीहरु बताउँछन् । सुख्खा जमिनमा छरिएको जौ, गहुँ र उवा राम्रोसँग उम्रिने, विषेशगरी उम्रेको बाली नष्ट गर्ने पठ्याङ्ग्रा लगायतका किरा मर्ने र हिउँदे बाली तथा तरकारीको उत्पादनमा पनि वृद्धि हुने कृषकहरू बताउँछन् । 

स्याउ खेतीका लागि चिस्यानको आवश्यकता पर्ने र त्यो चिस्यान हिमपात भएपछि प्राप्त हुने भएकाले व्यावसायिक स्याउ खेती गरिरहेका किसान उत्साहित भएका हुन् । यो समय खाडल खन्ने, स्याउ र ओखर रोप्नका लागि पनि उपयुक्त समय मानिन्छ । समयमै हिमपात र वर्षा भएकाले बारी बाँझो राख्नुभन्दा स्याउ र ओखर लगाउने तयारी किसानहरूले गरिरहेका छन् । हिमपातले स्याउको गुणस्तर वृद्धि हुने, स्याउमा लाग्ने रोग किराहरूमा पनि कमी आउने जिल्ला कृषि विकास कार्यालय हुम्लाले जनाएको छ । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।