नेभिगेशन
सिमकोट

आलु चिप्स बनाउन सिक्दै हुम्लाका महिला

उच्च हिमाली जिल्ला हुम्लामा आजबाट सात दिनका लागी आलु चिप्स बनाउने तालिम शुरु भएको छ । हुम्लामा सहजै पाइने आलुको चिप्स बनाउने तालिम जिल्ला सदरमुकाम सिमकोटमा सोमबारबाट सन्चालनमा आएको छ । स्वास्थ्यका दृष्टिले उत्तम मानिने र तरकारीको राजा भनि चिनिने आलु चिप्स बनाउने तालीम सुरु भएको छ ।

सिमकोट गाउँपालिका वडा नं. १, २ र ३ का सात जना महिलाहरुको सहभागिता रहेको छ । उनीहरु ठेहे, दोजाम र बरगाँउका स्थानिय महिला हुन् ।
गाउँ घर देखि शहर बजार सम्म महंगो मुल्यमा विक्रि हुने आलुको आलु चिप्स बनाउन सिकाएको खण्डमा घरमै बसी बसी राम्रो आम्दानीको हुने भएको देखिन्छ ।

सात दिन सम्म सञ्चालन हुने तालीममा आलुको चिप्स बनाउने विधिका बारेमा सिकाउनुका साथै बजारिकरणको सम्भाव्यता अध्ययनको खोजी गर्न सिकाइने स्नोल्याण एकिकृत विकास केन्द्रका लघुउद्योग विकास अधिकृत गौरब अधिकारीले बताए ।

तालिमको आर्थिक सहयोग उधोग तथा उपभोक्ता हित संरक्षण समितिको र प्राविधिक सहयोग स्नोल्याण एकिकृत विकास केन्द्र हुम्लाको रहेको छ । तालिमको आज उत्घाटन गरिएको हो । उद्घाटन कार्यक्रमको अध्यक्षता स्नोल्याण्ड एकिकृत विकास केन्द्रका कार्यकारी निर्देशक गोविन्द बहादुर शाहीको रहेको थियो भने उद्योग उपभोक्ता हित संरक्षण सिमितका प्रमुख धुर्वकुमार बाठामगरको उपस्थित रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सिमकोट
सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

हुम्लाको सिमकोट गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाका आठ वटै वडालाई पूर्ण खोप घोषणा गरिसकेपछि एक औपचारिक कार्यक्रमका बीच सिमकोट गाउँपालिकालाई पूर्ण खोप...
सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

हुम्लाको सिमकोट गाउँपालिकाले शिक्षामा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण गरेको छ। करिब ४५ लाख रुपैयाँ बराबरको लागतमा कम्प्युटर वितरण गरिएको गाउँपालिकाले...
सिमकोट गाउँपालिकाको  ९ करोड भन्दा बढी बेरुजु

सिमकोट गाउँपालिकाको ९ करोड भन्दा बढी बेरुजु

हुम्लाको सिमकोट गाउँपालिकाको बेरुजु रकम ९ करोडभन्दा बढी पुगेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको हालसम्मको अध्यावधिक...
सिमकोट गाउँपालिकामा ९ करोड भन्दा बढी बेरुजु

भर्खरै