नेभिगेशन
समाज

हुम्लाका स्थानीय निकायले सामुदायिक वन उपभोक्ता महासंघसँग सहकार्य गर्न आवश्यक

सिमकोट । जिल्लास्थित सात वटा स्थानीय तह र वन सम्बन्धि जिल्लाका काम गर्दै आएका अन्य सरकारी तथा गैरसरकारी कार्यालयले सामुदायिक वन उपभोक्ता महासंघ नेपाल हुम्लासँग सहकार्यका साथ अगाडी बढ्नु पर्ने बताइएको छ ।

जिल्लामा रहेका ९६ वटा सामुदायिक वनलाई आम्दानीका स्रोत बनाउनुका साथै निस्क्रीए भएका वनलाई पनि यहाँका स्थानीय तहले सक्रिय बनाउनु पर्ने सामुदायिक वन उपभोक्ता महासंघ नेपालका जिल्ला संयोजक विनोद फडेराले बताउनुभयो । महासंघको एक्लो प्रयासले जिल्लाका निस्क्रीय वनलाई सक्रिय बनाउन सम्भव नहुने भएकाले सबैको साथ र हातेमालेको आवश्यक रहेको संयोजक फडेराले बताउनुभयो । वन पैदावर खेर गइरहेकाले त्यसको सदुपयोग गर्न वनभित्रै उद्योग बनाउन आवश्यक रहेको उहाँले बताउनुभयो । यसो गरिएमा वन पैदावरहरुपनि खेर नजाने, रोजगारीपनि सिर्जना हुने र स्थानियलाई आम्दानी पनि हुने उहाँको भनाई छ ।

वन पैदावरको सदूपयोग गर्दै उद्यमशिलता विकास गर्ने हो भने खेर गइरहेको वनबाट रोजगारीसँगै आम्दानी पनि हुने उहाँले बताउनुभयो । त्यसो गरेमा वनको समेत संरक्षण हुने उहाँको तर्फ थियो । वनलाई आम्दानीको श्रोत बनाउन यहाँका स्थानीय तहको आवश्यक र सक्रिय भूमिका हुनु पर्ने रावतको भनाई थियो । जिल्ला स्थित सातवटै स्थानीय तहले सक्रियका साथ सामुदायिक वन दर्ताका साथै आफ्नो पालिकामा के कति छन् भनेर एकिन डाटा समेत राखेर अगाडी बढ्नु पर्ने संयोजक फडेराले बताउनुभयो । 

जिल्लाका सातवटै स्थानीय तहमा सामुदायिक वन उपभोक्ता महासंघ सहित फेकोफनले आफ्नो तवरबाट सक्रिय भूमिका निर्वाह गरिरहेको जिल्ला अध्यक्ष राजेन्द्र कार्कीले बताउनुभयो । फेकोफनले यहाँ स्थित विभिन्न स्थानीय तहमा आफ्नो सञ्चालन विस्तारका साथै गाउँपालिका, डिविजन वन कार्यालय लगायतले सहयोग गर्दै आउनु पर्ने अध्यक्ष कार्कीले बताउनुभयो । जिल्लामा ९६ वटा वन मध्ये चालीसवटा भन्दा बढी वन नवीकरण लगायतका विभिन्न कागजी काम पुरा नगरेर सञ्चालनमा आउन नसकेर बन्दको अवस्थामा पुगेका छन् । ती निस्क्रिय वनलाई पनि सक्रिय बनाउनु पर्ने उहाँको जोड थियो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।