नेभिगेशन
समाज

राससकर्मी रावत सम्मानीत 

सिमकोट । प्रेस सेन्टर नेपालको २१ औं स्थापना दिवसमा राष्ट्रिय समाचार समिति (रासस) हुम्लाका सम्वाददाता हरी बहादुर रावत सम्मानीत हुनु भएको छ । प्रेस सेन्टर हुम्ला शाखाले आफ्नो स्थापना दिवसको अवसरमा राससकर्मी रावतलाई सम्मान गरेको हो । 

   पत्रकार महासंघको स्थापना कालदेखिका सदस्यका साथै लामो समयदेखि हुम्लामा पत्रकारीता गर्दै आउनुभएका रावत सम्मान गरिएको प्रेस सेन्टर हुम्लाका अध्यक्ष तीलसरा विकले बताउनुभयो । रावतको लामो समयको पत्रकारिता क्षेत्रमा रहँदै आएको भूमिका लगाव,त्याग, मेहनतलाई कदर गर्दै सम्मानीत गरिएको हो । 

    नेकपा माओवादी केन्द्रका जिल्ला पार्टी सचिव धर्मराज बोहराले सम्मान पत्र प्रदान गरेर रावतलाई टिका लगाएर सम्मान गर्नुभएको थियो । साथै सम्मानीत रावतलाई खादा पनि लगाईएको थियो । रावत हुम्ला जिल्लाका जेष्ठ पत्रकार पनि हुन ।

  स्थापना दिवसको अवसरमा नेकपा माओवादी केन्द्रका जिल्ला सचिव धर्मराज बोहराले शुभकामना मन्त्व्य दिदै पत्रकारिता क्षेत्रलाई जिम्मेवार बन्नका लागि सुझाव दिनुभएको हो । पत्रकारिता क्षेत्रले धेरै कुराको मार्ग दर्शन गर्न सक्ने भएको कारण समाज परिवर्तनको संबाहक बन्नका लागि जिल्लाका संचारकर्मीहरुलाई नेकपा माओवादी केन्द्रका सचिव बोहराले लाग्न आग्रह गर्नुभएको छ । कतिपय कुरा राज्य गर्न नसकेको कुरा पत्रकारको कलमबाट पनि गर्न संभव देखिने भएको कारण जिल्ला बिकासका लागि पत्रकारिता जगत सधै सजक र सचेत रहनु पर्ने सचिव बोहराले बताउनुभयो । पत्रकारिता पनि समाज परिवर्तनकै लागि गरिने भएकोले निष्पक्ष र स्वतन्त्र रुपमा कलम चलाएर सबैलाई सधै सचेत बनाउने कार्य पत्रकार लाग्नु पर्ने उहाँको भनाई थियो । 

   नकेपा माओवादी केन्द्र कर्णाली प्रदेशका सदस्य जसबहादुर भण्डारीले जिल्लामा पत्रकारिता क्षेत्र केही अंशमा मोल मोलाईमा लागेको बताउदै त्यसलाई सुधार गर्न आवश्यक रहेको बताउनुभयो । समाजमा भई रहने हरेक कुराको जानकारी पत्रकारिताबाटै सवैले जानकारी पाउने भएको कारण सन्तुलित र निष्पक्ष सामाग्री प्रकाशन तथा प्रशारण गर्नु आवश्यक रहेको प्रदेश सदस्य भण्डारीको भनाई थियो । 

   पत्रकार महासंघका अध्यक्ष राजन रावतले पत्रकारिता गर्दा दलीय आस्था भन्दा माथि उठेर काम गर्नु पर्ने बताउनुभयो । प्रेश सेन्टरका केन्द्रीय सचिव अर्जुन बोहरा हालसम्म प्रेश सेन्टरको सांगठानिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा प्रेश सेन्टर हुम्लाकी अध्यक्ष तिलसरा बिक, नेपाल राष्ट्रिय निजामति कर्मचारी संगठनका केन्द्रीय सदस्यले पनि आफ्नो भनाई राखेका थिए । यस्तै प्रेश सेन्टर नेपाल हुम्लाले आफ्नो स्थापना दिवसको अवसरमा राससकर्मी हरि बहादुर रावतलाई सम्मान गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।