नेभिगेशन
समाज

पुस सातदेखि नेपाल एयरलाइन्सको हुम्ला उडान ठप्प

सिमकोट । सरकारी स्वामित्वमा रहेको नेपाल वायुसेवा निगमले पुस महिना यतादेखि हुम्लामा आफ्नो नियमीत उडान पूर्ण रुपमा बन्द गरेको छ । जिल्लामा उडान गरिरहेको एउटा मात्रै ट्विनअटर जहाज पनि ग्राउन्डेड भएपछि पुस सात गतेदेखि उडान पूर्ण रूपमा ठप्प भएको नेपाल एयरलाइन्स सिमकोट स्टेशनका प्रमुख छिरिङ लामाले बताउनुभयो । 

    नेपाल एयरलाइन्सको चालु अवस्थामा रहेको एकमात्रै ट्वीनअटर विमान पनि ग्राउण्डेड भएपछि दुर्गम जिल्ला हुम्ला सहितका विभिन्न दुर्गम क्षेत्रको उडान ठप्प हुँदै आएको प्रमुख लामाले बताउनुभयो । उडान बन्द भएपछि दुर्गम क्षेत्रमा यात्रा गर्ने यात्रुले सास्ती खेप्नु परेको गुनासो पोख्ने गरेका छन् । 

   नेपालगञ्ज र सुर्खेतबाट नेपाल वायुसेवा निगमले हुम्लाका लागि हप्ता दिनमा दुई पटकमा तीन फलाइट गर्दै आएको थियो । कर्णाली प्रदेशको सुर्खेतबाट हप्ताको एक दिन उडान गर्दै आएको नेपाल एयरलाइन्सले पछिल्ला दिनमा आफ्नो नियमीत सेडुल अनुसारको उडान भर्न नसकेको हो । सुर्खेतबाट हप्ताको एक दिन र नेपालगञ्जबाट हप्ताको दुई गरी हप्तामा तीन फलाइट आफ्नो उडान भर्दै आएको थियो । नेपाल एयरलाइन्सले हुम्लामा अझै उडान गर्न एक महिनासम्म लाग्ने देखिएको नेपाल एयरलाइन्स सिमकोट शाखाका प्रमुख लामाले बताउनुभयो । 

    सरकारी स्वामित्वमा रहेको नेपाल एयरलाइन्सले हुम्ला सहित कर्णाली प्रदेशका हिमाली जिल्लामा आफ्नो नियमीत फलाइटको उडान भर्न नसकेको हो । सरकारी स्वामित्वमा रहेको उक्त जहाजले उडान भर्न नसक्दा सिमकोटदेखि जिल्ला बाहिर जाने यात्रु समस्यामा परेका छन् । निजी एयरलाइन्सले आफ्नो अनुकल उडान भर्दै आएका छन् । 

    नेपाल एयरलाइन्सले हुम्लामा सहुलियतमा आफ्नो उडान भर्दै आएको थियो । जहाजले उडान भर्न नसक्दा सहुलियत भाडा दरमा समेत समस्या हुँदै आएको यात्रुले गुनासो पोखेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
साउने पूर्णिमालाई लक्षित गरी सिमकोटमा शान्ति सुरक्षा र सरसफाइ अभियान कडा पारिने

साउने पूर्णिमालाई लक्षित गरी सिमकोटमा शान्ति सुरक्षा र सरसफाइ अभियान कडा पारिने

हुम्लाको सदरमुकाम सिमकोटमा मनाइने स्थानीय पर्व साउने पूर्णिमा तथा जनैपूर्णिमालाई व्यवस्थित, सभ्य र सुरक्षित बनाउन शान्ति सुरक्षा तथा सरसफाइका गतिविधि कडा पारिने भएको छ । सिमकोट गाउँपालिकाको आयोजनामा...
कर्णाली नदीमा बेपक्ता भएका बालबालिकाको स्थानिय परम्परा अनुसार दाहसंस्कार

कर्णाली नदीमा बेपक्ता भएका बालबालिकाको स्थानिय परम्परा अनुसार दाहसंस्कार

बिहीबार खार्पुनाथ गाउँपालिकाको वडा नम्बर १ सुनाखाडामा कर्णाली नदीमा बेपक्ता भएका बृषबहादुर शाहीकी करिब ११ वर्षीया छोरी अनु शाही र रामचन्द्र रावलका करिब १२ वर्षीय छोरा प्रशान्त रावलको...
अदानचुली जोड्ने सडकमा ढुङ्गा लागेर कामदारको मृत्युः ठेकदार कम्पनीद्धारा दश लाख दिने सहमती 

अदानचुली जोड्ने सडकमा ढुङ्गा लागेर कामदारको मृत्युः ठेकदार कम्पनीद्धारा दश लाख दिने सहमती 

  सडक निर्माणको काम गर्ने क्रममा माथिबाट ढुङ्गा खसेर टाउकोमा लाग्दा घाईते भएका अदानचुली गाउँपालिका– २ का बुढावाडाका ४८ वर्षिय हिर बुढाको मृत्यु भएको छ । बुधबार अदानचुलीकै थलाहाल्नाको...
स्याडा स्वास्थ्य चौकीमा प्रसूति प्रतीक्षालय, प्रयोगशाला र शौचालय भवन उद्घाटन

स्याडा स्वास्थ्य चौकीमा प्रसूति प्रतीक्षालय, प्रयोगशाला र शौचालय भवन उद्घाटन

हुम्लाको सिमकोट गाउँपालिका वडा आठमा रहेको स्याडा स्वास्थ्य चौकीमा प्रसूति प्रतीक्षालय, प्रयोगशाला (ल्याब) तथा शौचालय भवन हस्तान्तरण तथा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। स्वास्थ्य चौकीमा आउने गर्भवती महिला,...
भर्खरै