नेभिगेशन
समाज

हुम्लाको सिमकोट दिप प्रज्वलन गरी मनाइयो शहीद 

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा बुधबार साँझ दिप प्रज्वलन गरी सहिद दिवस मनाइएको छ । जिल्ला प्रशासन हुम्लाको अगुवाइमा प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा दिप प्रजलन गरी मनाइएको हो । सदरमुकाम सिमकोटको लोकतान्त्रिक चोकमा यहाँ सुरक्षाकर्मी, राजनितीक दल, नागरीक समाज, सञ्चारकर्मी लगायतको उपस्थितमा शहीद दिवस मनाइएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताउनुभयो । 

शहीदहरुको सम्झनामा दिप प्रज्वलन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पाण्डेय, जिल्mला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक शंकर पोखरेल, नेकपा एमाले जिल्ला पार्टी उपाध्यक्ष प्रकाश बहादुर शाही, नेकपा माओवादी केन्द्रका जिल्ला पार्टी सचिव धर्मराज बोहरा, राप्रपा हुम्लाका अध्यक्षय विकास महत, पत्रकार महासंघका जिल्ला अधिकारी राजन रावत लगायतले दिप प्रज्वलन गर्नुका साथै अन्य सुरक्षाकर्मी लगायतको उपस्थित रहेको थियो । 
विक्रम संवत् २००७ पछिदेखि नै प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाउने गरिएको छ । शहीदलाई यस दिन सम्झना गरे पनि पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो अझै मेटिएको छैन । यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीहरुबाट शहीदको सपना पूरा गर्न लागि परेको प्रतिवद्धता भने निरन्तर आउने गरेको छ । 

माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने घोषणा गरि विविध कार्यक्रम हुँदै आएको छ । स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।