नेभिगेशन
समाज

पत्रकारिता पुरस्कार सञ्चारकर्मी रावतलाई

सिमकोट । यस वर्षको पत्रकारिता पुरस्कार सञ्चारकर्मी राजन रावतले पाएका छन् । प्रेश चौतारी नेपाल हुम्ला शाखाद्धारा प्रदान गरिदै आएको पत्रकारिता पुरस्कारबाट रावत पुरस्कृत भएका हुन  ।

  हाल रावत नेपाल पत्रकार महासंघ हुम्ला शाखाको अध्यक्ष समेत रहेका छन् । बिगत लामो समयदेखि जिल्लामा पत्रकारिता गर्दे आएका हुम्ला जिल्ला सिमकोट गाउँपालिका– ५ निवासी रावत प्रेश चौतारीले जिल्लामा कृयाशिल पत्रकारहरुलाई प्रदान गर्दै आएको पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएको प्रेश चौतारी हुम्लाका सचिव दाने बोहराले बताए । सकृय रुमा पत्रकारिता गर्दे आएका पत्रकारहरुलाई यो पुरस्कार प्रदान गर्ने गरिएको र यसवर्ष महासंघ अध्यक्ष रावतवलाई यसवर्ष सो पुरस्कार प्रदान गरिएको उनले बताए । रावत बिगत लामो समयदेखि हुम्लामा पत्रकारिता गर्दै आएकमा छन् । रावत पत्रकारिताका बिधार्थी समेत हुन ।

पुरस्कारको राशी पाँच हजार रहेको छ । पुरस्कृत रावतलाई नगद पुरस्कार, प्रमाणपत्र नेकपा एमाले हुम्लाका सचिव तीर्थराज बोहराले प्रदन गरेका थिए भने प्रेश चौतारीका केन्द्रीय सदस्य रमेश ऐडीले अविर खादा लगाउने कार्य गरेका थिए  । प्रेश चौतारीको छैटौं जिल्ला अधिबेशनको उद्घाटन सत्रमा उक्त पुरस्कार प्रदान गरिएको हो ।

पुरस्कृत भएपछि रावतले जिल्लामा थप क्रियाशील भएर पत्रकारिता गर्ने प्रतिबद्धता ब्यक्त गरे । त्यसैगरि प्रेश चौतारी नेपालले पत्रकार बेलुमाया महतारालाई सम्मान गरेको छ । महतारातालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । महतारा प्रेश चौतारीमा आबद्ध रहँदै आएकी छन भने उनीले रेडियो पत्रकार हुन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।