नेभिगेशन
समाज

कर्णाली करिडोर खुलालु सरिसल्ला कालोपत्रको लागि ४ अर्ब बढीको ठेक्का आव्हान

सिमकोट । राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोर कालोपत्रेका लागि पहिलो पटक ठेक्का आव्हान भएको छ । सडक विभाग, उत्तर—दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना, खुलालु सरिसल्ला सडक आयोजना कोल्टीले ५० किलोमिटर कालोपत्रेका लागि फागुन २ गते ठेक्का आव्हान गरेको हो । कार्यालयले २ पिस गरेर ठेक्का गरेको उत्तर—दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना, खुलालु सरिसल्ला सडक आयोजना कोल्टिका प्रमुख तुलाराम शर्माले बताउनु भएको छ । बाजुराको पिलिचौर देखी बाजुराको कुवाडी सम्म २३ किलोमिटर ७ सय मिटर र कुवाडी देखी हुम्लाको सर्केगाँड गाउँपालिका १ तुम्चा सम्म २७ किलोटिमर ३ सय मिटर गरि ५० किलोमिटरको ठेक्का गरेको शर्माले बताउनु भयो । दुबैपिस गरेर ४ अर्ब २३ करोडमा ठेक्का गरेको छ । तिन बर्षमा काम सक्ने गरि ठेक्का आव्हान भएको हो । कर्णाली करिडोरको यो क्षेत्र कालिकोटको खुलालु देखी बाजुरा हुदै हुम्लाको सरिसल्ला सम्म १ सय २३ किलोमिटर रहेको छ । यो सडकको ट्रयाक भने नेपाली सेनाले खोलेको थियो ।
यो बर्ष ५० किलोमिटर कालोपत्रेका लागि ठेक्का भएको र अर्को बर्ष कालिकोटको खुलालु देखी बाजुराको पिलिचौर सम्म ६० किलोमिटरको ठेक्का गर्ने भएको छ । गतबर्ष ६० किलोमिटर सडक सुधारका लागि ठेक्का गरेर काम भइरहेकाले यो बर्ष अगाडि भाग कालोपत्रेका लागि ठेक्का गरिएको छ । यो सडक खण्डको बाँकि रहेको हुम्लाको तुम्चा देखी सरिसल्ला सम्मको १३ किलोमिटरको पनि ठेक्का आगामि बर्षमा गर्ने कार्यालयले जनाएको छ । यो सडक सरकारले गौरबको आयोजना सँगै त्रिदेशीय मार्गका रुपमा लिएको छ । यो मार्गले दक्षिणमा भारत र पश्चिममा चिन छुने भएको छ । सडक २०६४ सालमा कालिकोट—हुम्ला—जुम्ला सडक आयोजनाले शुरु गरेको थियो । काममा ढिलासुस्ति हुने भएपछि यो सडक निर्माणको जिम्मा नेपाली सेनालाइ दिइएको थियो । सेनाले २०७१ सालको चैत महिनाबाट शुरु गरेको थियो । लामो समयसम्म निर्माण कार्यमा प्रगति नभएपछि भौगोलिक विकटता लगायत प्रतिकूलता औंल्याउँदै सरकारले २०७१ मा कर्णाली करिडोरलाई विशेष परिस्थितिको सडक परिभाषित गर्दै निर्माणको जिम्मा सेनालाई दिएको थियो । सेनाले ट्रयाक खोली सकेपछि २०८० पुष १५ गते सडक बिभागलाइ कालिकोट खुलालु देखी १ सय १२ किलोमिटर जिम्मा दिएको थियो । ११ किलोमिटरमा भने अहिले पनि सेनाले काम गरिहेको छ । सडक बिभागलाई सेनाले जिम्मा लगाएपछि सडक विभाग, उत्तर—दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना, खुलालु सरिसल्ला सडक आयोजना नामाकरण दिएर सडक स्तोरउन्नती सँगै कालेपत्रेको काम शुरु गरेको हो । सेनाले कर्णाली करिडोर अन्तर्गत हुम्ला, कालिकोट र बाजुराको बिचमा दर्जनौ चट्टान फोरिँदै छिचोलेर कर्णाली करिडोर बाटो निर्माण गरेको हो । अहिलेपनि हुम्ला आउने एक मात्रा सडक बाटो यहि कर्णाली करिडोर हो । कर्णाली करिडोर सडकको निर्माण तथा स्तरउन्नोतीको गतिले हुम्ला, बाजुरा कालिकोट र मुगुका स्थानीयमा आफ्नो जीवन फेरिने आस मात्रै बढाएको छैन, निकै खुसियाली पनि ल्याएको छ ।
चारैतिर उजाड देखिने ठाउँमा कर्णाली नदीको तीरैतीर निर्माण भइरहेको यो सडक भने रहरलाग्दो देखिन थालेको छ । विपन्नताले चौतर्फी निराशामा पारेको हुम्ला दक्षिणी भेग सहित कर्णाली क्षेत्रका बासिन्दालाई पछिल्लो समय यही सडक निर्माणको गतिले आशा जगाएको छ  । यस सडकलाई बाँके तथा नेपालगञ्जको रुपडिहा नाकाबाट आरम्भ भई हुम्लाको सिमकोट हुँदै चीनको तिब्बत सिमाना सम्म र्पुयाउने लक्ष्य रहेको छ । यो सडक मार्ग बाटै शुदुर पश्चिम र कर्णाली प्रदेश क्षेत्रका बासिन्दाको जीवन उकास्ने मेरुदण्ड बन्ने विश्वास लिइएको छ । यस क्षेत्रको गरिबी र विपन्नतालाई छुटकारा दिने मुख्य 
हेतु यही सडक हुने देखिएको छ । सडकले तिब्वत स्थित मानसरोवर, कैलाश पर्बत, लिमि उपात्यका लगायतका क्षेत्रको यात्रालाई सहज बनाएको छ भने करिडोरका बिच बिचमा कर्णाली नदि माथि निर्माणा धिन र निर्माण कार्य सम्पन्न भएका बेलिब्रिजले समेत रारा जान सहज बनाइ दिएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाद्वारा सहुलियत मूल्यमा खाद्यान्न बिक्री गरिने

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाद्वारा सहुलियत मूल्यमा खाद्यान्न बिक्री गरिने

हुम्लाको सदरमुकाम सिमकोटमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भदौ १ गतेदेखि सहुलियत मूल्यमा खाद्यान्न बिक्री वितरण गर्ने भएको छ । कम्पनीले चामल सहित विभिन्न खाद्य सामग्रीमा...
हुम्ली ढुङ्गा युवा समूह र बरगाउँ महिला समूहको संयुक्त पहलमा सरसफाइ

हुम्ली ढुङ्गा युवा समूह र बरगाउँ महिला समूहको संयुक्त पहलमा सरसफाइ

हुम्लाको सदरमुकाम सिमकोट बजारमा हुम्ली ढुङ्गा युवा समूह र बरगाउँ महिला समूहको संयुक्त पहलमा सरसफाइ अभियान सञ्चालन गरिएको छ । बजार क्षेत्रलाई स्वच्छ, सफा र व्यवस्थित बनाउने उद्देश्यले...
हुम्लामा ५२ लाख बराबरको अवैध चिनियाँ मदिरा  झिनीगीन्टी र बोर्ड भाइजर बरामद

हुम्लामा ५२ लाख बराबरको अवैध चिनियाँ मदिरा झिनीगीन्टी र बोर्ड भाइजर बरामद

जिल्ला प्रहरी कार्यालय हुम्लाले ठूलो परिणाममा अवैध चिनियाँ मदिरा बरामद गरेको छ । बिहिवार नाम्खा गाउँपालिका–२ को नावलथाङबाट ठूलो परिणामको अवैध चिनियाँ मदिरा बरामद गरि शुक्रबार पत्रकार सम्मेलन...
 युवा दिवसमा रास्वपाद्धारा बजार सरसफाइ तथा बिरामीलाई फ्रुटी वितरण  

 युवा दिवसमा रास्वपाद्धारा बजार सरसफाइ तथा बिरामीलाई फ्रुटी वितरण  

सरसफाइका क्रममा बजार क्षेत्रका सडक तथा सार्वजनिक स्थानमा जम्मा भएका फोहोर संकलन गरी व्यवस्थापन गरिएको उक्त पार्टीका जिल्ला सभापति लक्ष्यमण ऐडिले जानकारी दिनुभयो ।
भर्खरै