नेभिगेशन
समाज

एचपिभी खोप सञ्चालनका लागि सरोकारवाला निकायसँग अन्तरक्रिया

सिमकोट । हिमाली जिल्ला हुम्लामा एचपिभी खोप सञ्चालन गर्नका लागि आइतबार स्वास्थ्य सेवा कार्यालय सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ । देशभर गएको माघ २२ गतदेखि फागुन ६ गतेसम्म दशदेखि १४ वर्ष उमेरसमुहका किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप सञ्चालन भएर सम्पन्न भएको छ । हिमाली जिल्ला हुम्लामा फागुन १८ गतेदेखि सञ्चालन गर्नका लागि सम्बन्धित सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम गरिएको जानकारी प्राप्त भएको छ । 
   पाठेघरको मुखको क्यान्सर रोकथाम तथा नियन्त्रणका लागि जिल्लाभर फागुन १८ गतदेखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । भने उत्तरी नाम्खा गाउँपालिका–६ लिमीमा २०८२ सालको बैशाखबाट सञ्चालनमा आउने भएको जिल्ला खोप समन्वय समितिका प्रमुख प्रेम पाण्डेयले बताउनुभयो । एचपिभी खोप जिल्लामा रहेका कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय नजाने १० बर्ष देखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई लगाइने भएको संयोजक पाण्डेयले बताउनुभयो ।

   जिल्लाका सातवटा गाउँपालिकाका ९९ खोप केन्द्रबाट तीन हजार, सात सय, ३६ जना किशोरीलाई लगाइने भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रतिक्षा भारतीले बताउनुभयो । उक्त खोप केन्द्रका लागि ९९ जना स्वास्थ्यकर्मीका साथै एक सय, ९८ जना स्वयम सेवक खटाइने भएको प्रमुख भारतीले जानकारी दिनुभयो । 
  जिल्ला खोप समन्वय समितिका प्रमुख तथा जिल्ला समन्वय समितिका कार्यबाहक प्रमुख दिफ भण्डारीको अध्यक्षतामा र प्रमुख जिल्ला जिल्ला अधिकारी नारायण पाण्डेयको प्रमुख आथित्यमा अन्तरक्रिया सम्पन्न भएको हो । कार्यक्रमका अथिती रहनुभएका प्रमुख जिल्ला अधिकारी पाण्डेयले पाठेघरको मुखको क्यान्सर जसरी पनि नियन्त्रणमा ल्याउन आवश्यक रहेकोले हुम्लाका तोकिएका उमेर समुहका किशोरीलाई छुटाउन नहुने बताउनुभयो । 

   हुम्ला भौगोलीक विकटका कारण यो खोप अभियान देशभर सम्पन्न भएपनि जिल्लामा केही ढिला गरी भएको हो । जिल्लामा चिसो मौसमका साथै विद्यालय जाने किशोरीलाई खोप लगाइने भएकाले विद्यालय हिउँदे विदेका कारण विद्यालय सञ्चालनमा आएपछि अभियान सुरु हुने भएको हो । 

  यस्तै आइतबार भएको अन्तरक्रिया कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शंकर पोखरेल, सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्म हुम्ला प्रहरी नायव उपरीक्षक देवराज राई, बहरादल गुल्म रानीवनका गुल्मपती सन्तोष कुमार अधिकारी लगायत विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि लगायत सञ्चारकर्मीको उपस्थित रहेको थियो । 

   नेपालमा हरेक वर्ष २ हजार एक सय ६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने अनुमान गरिएको छ भने एक दिनमा ४ जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको बताइएको छ । पाठेघरको मुखको क्यान्सर मुख्य कारण एच पि भि भाइरस भएको फोकल प्रसन प्रेम प्रसाद पाण्डेले बताउनु भएको छ । नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर १६ र १८ प्रजातिबाट हुने भएको बताइएको छ । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
नाम्खाले ल्यायो ३५ करोड ३२ लाख १५ हजार ८८८ रुपैयाँ २० पैसा बराबरको बजेट

नाम्खाले ल्यायो ३५ करोड ३२ लाख १५ हजार ८८८ रुपैयाँ २० पैसा बराबरको बजेट

हुम्लाको नाम्खा गाउँपालिकाले आर्थिक वर्ष २०८३÷०८४ का लागि ३५ करोड ३२ लाख १५ हजार ८ सय ८८ रुपैयाँ २० पैसा बराबरको बजेट सार्वजनिक गरेको छ।
सिमकोट गाउँपालिकाको ल्यायो ६४ करोड ९५ लाख २८ बजार बजेट ।।

सिमकोट गाउँपालिकाको ल्यायो ६४ करोड ९५ लाख २८ बजार बजेट ।।

सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ६४ करोड ९५ लाख २८ हजार बराबरको बजेट ल्याएको छ । बुधबार गाउँपालिकाले आयोजना गरेको तेहौं गाउँसभामा...
तिन दिनदेखि १५ वर्षिय किशोर बेपत्ता, खोजी कार्य गरिदिन परिवारको अपिल

तिन दिनदेखि १५ वर्षिय किशोर बेपत्ता, खोजी कार्य गरिदिन परिवारको अपिल

तिन दिनदेखि एक जना १५ वर्षका किशोर बेपत्ता भएका छन । हुम्लाको सर्केगाड गाउँपालिका वडा नम्बर २ रिपका स्थानिय बासिन्दा माग्लु कार्कीका १५ वर्षका छोरा माउन्टेन कार्की हराएको...
गर्भवती महिलाको नेपाली सेनाको हेलिकप्टरबाट थप उपचारका लागि जिल्ला बाहिर उद्धार

गर्भवती महिलाको नेपाली सेनाको हेलिकप्टरबाट थप उपचारका लागि जिल्ला बाहिर उद्धार

गर्भवती महिलाको नेपाली सेनाको हेलिकप्टरबाट जिल्ला बाहिर उद्धार गरिएको छ । हुम्लाको नाम्खा गाउँपालिका–१ हेक्का निवासी २८ वर्षीया सरिता लामाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । सुत्केरी...
भर्खरै