नेभिगेशन
समाज

संस्कृति जोगाउन काठमाण्डौँमा चैतलो पर्व मनाउदैँ ठेहेका युवा

सिमकोट । हिमाली जिल्ला हुम्लाको सिमकोट गाउँपालिका–१ र २ ठेहे गाउँमा प्रत्येक वर्षको फागुन १२ गते मनाइने चैतलो पर्व काठमाण्डौँमा पनि मनाइने भएको छ । प्रत्येक वर्ष गाउँमा फागुन १२ गते मनाइने पर्व “चैतलो” संघिय राजधानी काठमाण्डौँमा अध्ययन, रोजगार, व्यवसाय लगायत अन्य काम विशेषले बसोबास गर्दै आएका साविक ठेहे गाउँका युवाले गाउँको संकृति जगेर्ना गर्ने उद्दश्येका साथ मनाउने भएका छन् । 

    ठेहे उदयमान युवा क्लवको आयोजनामा काठमाण्डौँको तीन कुने चोकको खुल्ला चौरमा भव्यताका साथ युवा पुस्ताले पनि आफ्नो संस्कृति जोगाउनु पर्छ भन्ने उदश्यलेपनि काठमाण्डौँमा “चैतलो” पर्व मनाउनका लागि सम्पूर्ण तयारी पूरा भएको सोही क्वलका सह–सचिव हिमाल बोहराले बताउनुभयो । ठेहे उदयमान युवा क्लवले “चैतलो” को अवसरमा हुम्ला जिल्लाका काठमाण्डौँमा बस्दै आएकाहरुले आफ्नो सहभागीता जनाउनुका साथै खुल्ला देउडा प्रतियोगीता समेत हुने भएको छ । 

   “चैतलो” पर्वमा कर्णाली र सुदुरपश्चिम प्रदेशमा गुञ्जिने र खेलीने देउडा खेलको समेत खुल्ला प्रतिस्पर्धाको लागि आयोजना हुने भएको ठेहे उदयमान युवा क्लवका सहसचिव बोहराले जानकारी दिनुभयो । तीन कुने चोकमा हुने “चैतलो” मेलामा हुम्लाका सम्पूर्ण देउडा खेलाडी, देउडा प्रति चासो राख्ने लगायत सिमकोट गाउँपालिका वडा एकदेखि आठसम्मका सबैलाई उपस्थित हुन उक्त क्लवले आग्रह समेत गरेको छ । “चैतलो” पर्वको अवसरमा आयोजना हुने देउडा खेलमा सहभागी हुनका लागि अहिलेसम्म सातवटा टिमले आफ्नो दर्ता गरिसकेको सोही क्वलका अध्यक्ष उजिर बोहराले बताउनुभयो । खुल्ला देउडा प्रतियोगीतामा एक समुहमा ६ जना सहभागी हुन पाउने भएका छन् । भने दर्ता शुल्क रु दुई हजार र पुरस्ककार प्रथमलाई रु पाँच हजार, पाँच सय ५५ र दोस्रोलाई तीन हजार, तीन सय ३३ राशी रहेको छ । 

    ठेहे गाउँमा उत्पति भएको “चैतलो” पर्व पछिल्लो समय सिमकोट, दोजाम, बरगाउँ, बुराउसे लगायतका गाउँमा समेत मनाइदै आएको पाइन्छ । ठेहे गाउँमा फागुन १२ गत “चैतलो” पर्व भव्यताका मनाइदै आएको पाइन्छ । 

राक्षस भुलाउन ठेहे गाउँमा चैतलौ पर्व

   ठेहे गाउँ नजिक रहेको खार्पुनाथ गाउँको हिमालबाट आएको एक राक्षसले फागुन १२ गतेकै दिन चैतलो (देउडा) खेलिरहेको समयमा एक महिलालाई भगाएर लगेपछि यो पर्व मनाउने चलन चलेको पाइन्छ ।

   परापूर्वकालमा फागुन १२ गतेकै दिन राक्षसले महिलालाई भगाएर लगेपछि त्यसलाई फकाएर महिलालाई फर्काउन पुरुषले चैतलो खेलिरहेकै समयमा फोहर कपडा लगाइ खरानी बोकेर छर्कदै जाने गर्दा राक्षस भुलिएको किवदन्तीमा पाइन्छ । परम्परागत पहिरनमा रङ्गीचङ्गी कपडामा सजिएकी सुन्दर महिलालाई राक्षसले उठाएर लिने भएकाले यो पर्वमा यस्ता पहिरनका साथ मनाउँदै आएको ठेहे गाउँका बुढापाखाको मनभइछ । 

   दुई दिनसम्म लाग्ने चैतलो पर्वमा विभिन्न किसिमका स्थानीय संस्कृतिका नृत्यसमेत गरिँदै आएको पाइन्छ । यो पर्वको अन्तिम दिनमा महिलाको पुरानो गाडोले बनेको दौरा, लगाएर बोहरा भण्डारी दुई जातिले प्रतिष्पर्धाका रुपमा तरबार समातेर नाच देखाउने गरिन्छ । गाउँ नजिकमा रहेको पाइक पर्ने स्थानमा महिलाले सिङ्गारिएका पहिरन लगाएर जुहारी खेल्ने गर्दछन् भने थोत्रा कपाडा लगाएका पुरुषले खरानीका पोका बनाएनर महिलाले गाइरहेको स्थानमा आएर स्थानमा आएर राक्षसलाई भुलाउन नाच देखाउने गर्छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।