नेभिगेशन
सिमकोट

स्वाब संकलन शुरु

हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिकाले क्वारेन्टाइन बसेका नागरीकहरुको शनिवार देखि स्वाब संकलन शुरु गरेको छ ।

शनिबार सिमकोट गाउँपालिकाको वडा नं. चार, पाँच, र छ का क्वारेन्टाइनमा रहेका नागरीकहरुको स्वाब संकलन गरीएको छ । भिटिएम किट आफै खरिद गरेको सिमकोट गाउँपालिकाले शनिबारबाट विभिन्न वडामा स्थापना गरिएका क्वारेन्टिनमा रहँदै आएका व्यक्तिहरुको स्वाब संकलन शुरु गरेको जिल्ला अस्पतालका सुचना अधिकारी भक्ति फडेराले जानकारी दिए ।

सिमकोट गाउँपालिकाका आठ वटै वडामा भएका क्वारेन्टाइनमा ( कोभिड १९) परिक्षणको लागी स्वाब संकलन थालिएको गाउँपालिका स्वास्थ्य शाखाका संयोजक दान बहादुर बोहराले बताए । शनिवार वडा ४,५, र ६ मा रहेका क्वारेन्टाइनमा बस्दै आएका ३ सय २६ जनाको स्वाब संकलन गरीएको हो ।

सुर्खेतमा सबै जिल्लाको स्वाब परिक्षण कार्य गर्नुपर्ने भएको कारण समय लाग्ने देखिएपछि हुम्लाबाट संकलन गरीएका स्वाब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइने भएको छ । सिमकोट गाउँपालिकामा १३ वटा क्वारेन्टिन रहेका छन् । यस्तै जिल्लाको तल्लो क्षेत्रका गाउँपालिकामा रहेका क्वारेन्टाइनमा बस्दै आएका नागरीकको भने केही समय पछि मात्रै स्वाब संकलन हुनेभएको सुचना अधिकारी फडेराले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सिमकोट
सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

हुम्लाको सिमकोट गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाका आठ वटै वडालाई पूर्ण खोप घोषणा गरिसकेपछि एक औपचारिक कार्यक्रमका बीच सिमकोट गाउँपालिकालाई पूर्ण खोप...
सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

हुम्लाको सिमकोट गाउँपालिकाले शिक्षामा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण गरेको छ। करिब ४५ लाख रुपैयाँ बराबरको लागतमा कम्प्युटर वितरण गरिएको गाउँपालिकाले...
सिमकोट गाउँपालिकाको  ९ करोड भन्दा बढी बेरुजु

सिमकोट गाउँपालिकाको ९ करोड भन्दा बढी बेरुजु

हुम्लाको सिमकोट गाउँपालिकाको बेरुजु रकम ९ करोडभन्दा बढी पुगेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको हालसम्मको अध्यावधिक...
सिमकोट गाउँपालिकामा ९ करोड भन्दा बढी बेरुजु

भर्खरै