नेभिगेशन
समाज

अदानचुलीमा निर्माण भएको फोरजी टावर सञ्चालनमा आउन अझै समय लाग्ने 

सिमकोट । जिल्लाको दक्षिण भेगमा रहेको अदानचलुी गाउँपालिकाका १ देखि ६ वटा वडाका प्रत्येक वस्तिहरुमा सञ्चार सेवाको पहुच पुर्याउनका लागि फोरजी निर्माण कार्य सम्पन्न भएपनि सञ्चालनमा आउन अझै समय लाग्ने देखिएको छ । अदानचुली गाउँपालिका–५ को च्याम भन्ने स्थानमा जडान भएको फोरजी सेवाका सबै काम पुरा भएपनि लिंक पठाउने काम नहुँदा सञ्चालनमा आउन समय लाग्ने नेपाल टेलिक हुम्लाका निमित्त कार्यालय प्रमुख रिङजीन आग्मु लामाले बताउनुभयो ।

फोरजीका लागि सबै काम भएको छ तर लिंक पठाउनका लागि समय लाग्ने देखिन्छ । काठमाण्डौँ आएका प्राविधिकले दुई, तीन दिनमा गाउँपालिकाभरी फोरजी सेवाले काम गर्ने भएको निमित्त प्रमुख लामाले बताउनुभयो । अहिले छिमेकी जिल्ला मुगुको सोरु गाउँपालिका–३ को लामाकाँधमा राखिएको फोरजीको टावरले हुम्लाका दक्षिण भेगका गाउँपालिकामा काम गरिरहेको नेपाल टेलिकम हुम्लाले जनाएको छ । मुगुको लामाकाँधमा राखिएको टावरले अहिले हुम्लाको अदानचुली, ताँजकोट, सर्केगाड लगायतका गाउँपालिकाका अधिकांस वस्तिहरुमा काम गरिरहेको जानकारी प्राप्त भएको छ ।

अदानचुलीमा जडान भएको फोरजी सुचारु भएपछि यहाँका सेवा र नागरीकलाई इन्टरनेटको पहुँचमा जोडिन सहज हुने भएको छ । यहाँका नागरीक सामाजिक सञ्जालदेखि देशविदेशमा रहेका आफन्त लगायतसँग सञ्चारको पहुँच जोडिन सक्ने भएका छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।