नेभिगेशन
समाज

अदानचुलीमा निर्माण भएको फोरजी टावर सञ्चालनमा आउन अझै समय लाग्ने 

सिमकोट । जिल्लाको दक्षिण भेगमा रहेको अदानचलुी गाउँपालिकाका १ देखि ६ वटा वडाका प्रत्येक वस्तिहरुमा सञ्चार सेवाको पहुच पुर्याउनका लागि फोरजी निर्माण कार्य सम्पन्न भएपनि सञ्चालनमा आउन अझै समय लाग्ने देखिएको छ । अदानचुली गाउँपालिका–५ को च्याम भन्ने स्थानमा जडान भएको फोरजी सेवाका सबै काम पुरा भएपनि लिंक पठाउने काम नहुँदा सञ्चालनमा आउन समय लाग्ने नेपाल टेलिक हुम्लाका निमित्त कार्यालय प्रमुख रिङजीन आग्मु लामाले बताउनुभयो ।

फोरजीका लागि सबै काम भएको छ तर लिंक पठाउनका लागि समय लाग्ने देखिन्छ । काठमाण्डौँ आएका प्राविधिकले दुई, तीन दिनमा गाउँपालिकाभरी फोरजी सेवाले काम गर्ने भएको निमित्त प्रमुख लामाले बताउनुभयो । अहिले छिमेकी जिल्ला मुगुको सोरु गाउँपालिका–३ को लामाकाँधमा राखिएको फोरजीको टावरले हुम्लाका दक्षिण भेगका गाउँपालिकामा काम गरिरहेको नेपाल टेलिकम हुम्लाले जनाएको छ । मुगुको लामाकाँधमा राखिएको टावरले अहिले हुम्लाको अदानचुली, ताँजकोट, सर्केगाड लगायतका गाउँपालिकाका अधिकांस वस्तिहरुमा काम गरिरहेको जानकारी प्राप्त भएको छ ।

अदानचुलीमा जडान भएको फोरजी सुचारु भएपछि यहाँका सेवा र नागरीकलाई इन्टरनेटको पहुँचमा जोडिन सहज हुने भएको छ । यहाँका नागरीक सामाजिक सञ्जालदेखि देशविदेशमा रहेका आफन्त लगायतसँग सञ्चारको पहुँच जोडिन सक्ने भएका छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
अदानचुलीका ३५ जना ठेउलाका बिरामी भेटिए

अदानचुलीका ३५ जना ठेउलाका बिरामी भेटिए

गाउँका बिरामी नागरीकहरुमा ठेउलाको लक्षणसँग मिल्ने उक्त रोग देखिएको आशंका गरिएको हो । गाउँमा रोगको महामारी फैलीको खबर स्वास्थ्य शाखामा आए लगत्तै गरिएको शिबिरबाट उक्त बिरामी फेला परेको...
खार्पुनाथको थालीमा आगलागी २ वर्षीया बालकको मृत्यु 

खार्पुनाथको थालीमा आगलागी २ वर्षीया बालकको मृत्यु 

छेपी जेठरा र रामराज जेठाराको घरमा अचालन आगलागि हुँदा घर भित्र भएकी उनकी आमा कराउँदै आगो नियन्त्रणका लागि गुहार माग्दै बाहिर निस्केको प्रत्यक्षदर्सी तिलविर रावलले जानकारी दिए । 
  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन

  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन

  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन