नेभिगेशन
समाज

हुम्लामा एचपिभी खोप लगाउन सुरु

सिमकोट । हिमाली जिल्ला हुम्लामा आइतबारदेखि एचपिभी खोप लगाउन सुरु भएको छ । पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप जिल्लाको ताँजकोट र अदानचुली गाउँपालिकामा तोकिएका खोप केन्द्रमा सुरु भएको छ । भने सदरमुकाम सिमकोटको बालमन्दिर माध्यामिक विद्यालयमा मात्रै आइतबारदेखि सुरु भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डाक्टर प्रतिक्षा भारतीले बताउनुभयो । जिल्लाका अन्य गाउँपालिकामा यसको अन्तिमदेखि किशोरीलाई खोप लगाउने अभियान सञ्चालन हुने डाक्टर भारतीले बताउनुभयो । आज आइतबार तीन गाउँपालिकामा मात्रै सुरु भएको बताइएको छ । 

   आइतबार सिमकोटको एक, अदानचुलीका दश र ताँजकोटकाट १२ खोप केन्द्रबाट खोप अभियान एक साथ सुरु भएको छ । भने जिल्लाका अन्य गाउँपालिका र खोप केन्द्रमा एक हप्तापछि सञ्चालनमा आउने भएका छन् । हुम्लाका १० देखि १४ वर्ष उमेर समूहका तीन हजार चार सय ४३ किशोरीलाई उक्त खोप लगाइने भएको जिल्ला खोप समन्वय समितिका संयोजक प्रेम पाण्डेयले बताउनुभयो । विद्यालय जाने किशोरी र विद्यालय नजाने दुबै उक्त समुहका उक्त किशोरीमा यो खोप लगाउन सुरु भएको हो । 

    स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डाक्टर भारतीका अनुसार, जिल्लाका सातवटा स्थानीय तहमा ९९ वटा खोप केन्द्रबाट उक्त खोप अभियान लगाइने भएको छ । जिल्लाको उत्तरी नाम्खा गाउँपालिबाको १७ खोप केन्द्रबाट तीन सय १९ किशोरी, सिमकोटमा बिस खोप केन्द्रबाट सात सय ५६, खार्पुनाथमा १५ खोप केन्द्रबाट तीन सय ६५, सर्केगाडमा १८ खोप केन्द्रबाट ६ सय ८६, चंखेलीमा सात खोपबाट तीन सय ३१, अदानचुलीमा दश खोप केन्द्रबाट ६ सय सात र ताँजकोटमा १२ खोप केन्द्रबाट तीन सय ७८ जना किरोशीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप लगाइने भएको छ । 

    विद्यालय जाने कक्षा ६ देखि १० सम्मका किशोरीलाई विद्यालयमै खोप दिइने र विद्यालय नजाने किशोरीलाई पनि उक्त खोप लगाइने तयारी गरिएको छ । खोप केन्द्रमा ९९ जना स्वास्थ्यकर्मी र एक सय ९८ जना स्वयंसेवक परिचालन भएका छन् । यो अभियानले पाठेघरको मुखको क्यान्सरको जोखिम कम गर्न महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । 

   यस्तै चंखेली, सर्केगाड, खार्पुनाथमा फागुन २५ गतेबाट सुरु हुने भएको जानकारी प्राप्त भएको छ । साथै उत्तरी नाम्खा गाउँपालिकामा फागुन २० देखि र हिमालपारीको नामले परिचित लिमीमा २०८२ सालको बैशाख ७ गतेदेखि मात्रै खोप अभियान सञ्चालन हुने भएको उहाँले बताउनुभयो । लिमीमा आवतजावत गर्नका लागि हिउँले बाटो अवरुद्ध बनाएका कारण बाटो खुलेपछि एचपिभी खोप सञ्चालनमा आउने भएको छ । एचपिभी खोप अभियान देशभर माघ २२ गतेदखि सञ्चालन भएर फागुन ६ गतेसम्पन्न भएपनि हुम्लाका विद्यालय हिउँदे विदा भएका कारण विद्यालय खुलेपछि फाुगनबाट सञ्चालनमा आएको हो । हुम्लामा हिउँदे विदा भएर फाुगनमा नयाँ शैक्षिक सत्र सुरु हुने गर्दछ । जिल्लामा चिसो मौसमका साथै दुर्गम जिल्लाको विभित समस्यालाई हेरी केही समय ढिला गरी यो खोप अभिययान सञ्चालन हुने भएको हो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
अदानचुलीका ३५ जना ठेउलाका बिरामी भेटिए

अदानचुलीका ३५ जना ठेउलाका बिरामी भेटिए

गाउँका बिरामी नागरीकहरुमा ठेउलाको लक्षणसँग मिल्ने उक्त रोग देखिएको आशंका गरिएको हो । गाउँमा रोगको महामारी फैलीको खबर स्वास्थ्य शाखामा आए लगत्तै गरिएको शिबिरबाट उक्त बिरामी फेला परेको...
खार्पुनाथको थालीमा आगलागी २ वर्षीया बालकको मृत्यु 

खार्पुनाथको थालीमा आगलागी २ वर्षीया बालकको मृत्यु 

छेपी जेठरा र रामराज जेठाराको घरमा अचालन आगलागि हुँदा घर भित्र भएकी उनकी आमा कराउँदै आगो नियन्त्रणका लागि गुहार माग्दै बाहिर निस्केको प्रत्यक्षदर्सी तिलविर रावलले जानकारी दिए । 
  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन

  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन

  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन