नेभिगेशन
समाज

हुम्लामा एचपिभी खोप लगाउन सुरु

सिमकोट । हिमाली जिल्ला हुम्लामा आइतबारदेखि एचपिभी खोप लगाउन सुरु भएको छ । पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप जिल्लाको ताँजकोट र अदानचुली गाउँपालिकामा तोकिएका खोप केन्द्रमा सुरु भएको छ । भने सदरमुकाम सिमकोटको बालमन्दिर माध्यामिक विद्यालयमा मात्रै आइतबारदेखि सुरु भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डाक्टर प्रतिक्षा भारतीले बताउनुभयो । जिल्लाका अन्य गाउँपालिकामा यसको अन्तिमदेखि किशोरीलाई खोप लगाउने अभियान सञ्चालन हुने डाक्टर भारतीले बताउनुभयो । आज आइतबार तीन गाउँपालिकामा मात्रै सुरु भएको बताइएको छ । 

   आइतबार सिमकोटको एक, अदानचुलीका दश र ताँजकोटकाट १२ खोप केन्द्रबाट खोप अभियान एक साथ सुरु भएको छ । भने जिल्लाका अन्य गाउँपालिका र खोप केन्द्रमा एक हप्तापछि सञ्चालनमा आउने भएका छन् । हुम्लाका १० देखि १४ वर्ष उमेर समूहका तीन हजार चार सय ४३ किशोरीलाई उक्त खोप लगाइने भएको जिल्ला खोप समन्वय समितिका संयोजक प्रेम पाण्डेयले बताउनुभयो । विद्यालय जाने किशोरी र विद्यालय नजाने दुबै उक्त समुहका उक्त किशोरीमा यो खोप लगाउन सुरु भएको हो । 

    स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डाक्टर भारतीका अनुसार, जिल्लाका सातवटा स्थानीय तहमा ९९ वटा खोप केन्द्रबाट उक्त खोप अभियान लगाइने भएको छ । जिल्लाको उत्तरी नाम्खा गाउँपालिबाको १७ खोप केन्द्रबाट तीन सय १९ किशोरी, सिमकोटमा बिस खोप केन्द्रबाट सात सय ५६, खार्पुनाथमा १५ खोप केन्द्रबाट तीन सय ६५, सर्केगाडमा १८ खोप केन्द्रबाट ६ सय ८६, चंखेलीमा सात खोपबाट तीन सय ३१, अदानचुलीमा दश खोप केन्द्रबाट ६ सय सात र ताँजकोटमा १२ खोप केन्द्रबाट तीन सय ७८ जना किरोशीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप लगाइने भएको छ । 

    विद्यालय जाने कक्षा ६ देखि १० सम्मका किशोरीलाई विद्यालयमै खोप दिइने र विद्यालय नजाने किशोरीलाई पनि उक्त खोप लगाइने तयारी गरिएको छ । खोप केन्द्रमा ९९ जना स्वास्थ्यकर्मी र एक सय ९८ जना स्वयंसेवक परिचालन भएका छन् । यो अभियानले पाठेघरको मुखको क्यान्सरको जोखिम कम गर्न महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । 

   यस्तै चंखेली, सर्केगाड, खार्पुनाथमा फागुन २५ गतेबाट सुरु हुने भएको जानकारी प्राप्त भएको छ । साथै उत्तरी नाम्खा गाउँपालिकामा फागुन २० देखि र हिमालपारीको नामले परिचित लिमीमा २०८२ सालको बैशाख ७ गतेदेखि मात्रै खोप अभियान सञ्चालन हुने भएको उहाँले बताउनुभयो । लिमीमा आवतजावत गर्नका लागि हिउँले बाटो अवरुद्ध बनाएका कारण बाटो खुलेपछि एचपिभी खोप सञ्चालनमा आउने भएको छ । एचपिभी खोप अभियान देशभर माघ २२ गतेदखि सञ्चालन भएर फागुन ६ गतेसम्पन्न भएपनि हुम्लाका विद्यालय हिउँदे विदा भएका कारण विद्यालय खुलेपछि फाुगनबाट सञ्चालनमा आएको हो । हुम्लामा हिउँदे विदा भएर फाुगनमा नयाँ शैक्षिक सत्र सुरु हुने गर्दछ । जिल्लामा चिसो मौसमका साथै दुर्गम जिल्लाको विभित समस्यालाई हेरी केही समय ढिला गरी यो खोप अभिययान सञ्चालन हुने भएको हो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।