नेभिगेशन
समाज
प्रसासन कार्यालय हुम्लामा छलफल

विश्व उपभोक्ता अधिकार दिवस मनाउने सम्बन्धी प्रशासन कार्यालयमा छलफल

सिमकोट । विश्व उपभोक्ता अधिकार दिवस मनाउने सम्बन्धी जिल्ला प्रसासन कार्यालय हुम्लामा छलफल गरिएको छ । मार्च १५ गते अर्थात भोली चैत २ गतेका दिन विश्व उपभोक्ता अधिकार दिवस मनाउनेबारे आज छलफल गरिएको जानकारी प्राप्त भएको छ ।

प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेको अध्यक्षतामा बसेको बैठकले विश्व उपभोक्ता अधिकार दिवस २०८१ भव्य रुपमा सम्पन्न गर्नको लागी सिमकोट बजारको लोकतान्त्रिक चोकबाट उपभोक्ता अधिकार सम्बन्धी ब्यानर तथा प्लेकार्ड सहित तल्लो बजार, खेलकुद मैदान हुदै फेरी लोकतान्त्रिक चोकमा कोण सभा गरिने निर्णय भएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख श्री बहादुर बिष्टले बताउनु भएको छ । उक्त दिवसमा आम उपभोक्ताहरुको हकहितलाई संरक्षण र प्रवद्र्धन गर्नका लागी सरोकारवाला निकायहरुले आ आफ्नो क्षेत्र तथा स्थानबाट ब्यापक रुपमा प्रचार प्रसार गर्नका लागी जिल्लाका स्थानिय तहहरुलाई अनुरोध समेत गरिएको प्रमुख बिष्टले जानकारी दिनुभएको छ । चैत २ गते बिहान  ८ बजेबाट हुने प्रभातफेरी कार्यक्रममा सरकारी तथा गैरसरकारी निकायका प्रमुख एव्म क्रमचारीहरुलाई उपस्थित गराउनका लागी जिल्ला प्रसासन कार्यालयलाई अनुरोध गरिएको छ ।

साथै जिल्लाका सम्पुर्ण उपभोत्तलाहरुलाई समेत उपस्थित हुन पनि आग्रह गरिएको छ । यो दिवस पहिलो पटक सन् १९६२ मार्च १५ का दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले प्रस्तुत गरेको सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रूपमा घोषणा गरिएको हो। यसैको सम्झनामा विश्वभर यो दिवस मनाइन्छ । उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारयण पाण्डे, सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र कुमार चन्द, जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी शंकर पोखरेल, सिमकोट गाउँपालिकाका अध्यक्ष बिजय भण्डारी(प्रतिरोध), उद्योग वाणिज्य संघ हुम्ला अध्यक्ष राम बहादुर भण्डारी, खाध्य व्यवस्था तथा व्यापार कम्पनीका सुब्वा नविन आचार्य लगायतको उपस्थीत रहेको थियो । 
   
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।