नेभिगेशन
समाज
प्रसासन कार्यालय हुम्लामा छलफल

विश्व उपभोक्ता अधिकार दिवस मनाउने सम्बन्धी प्रशासन कार्यालयमा छलफल

सिमकोट । विश्व उपभोक्ता अधिकार दिवस मनाउने सम्बन्धी जिल्ला प्रसासन कार्यालय हुम्लामा छलफल गरिएको छ । मार्च १५ गते अर्थात भोली चैत २ गतेका दिन विश्व उपभोक्ता अधिकार दिवस मनाउनेबारे आज छलफल गरिएको जानकारी प्राप्त भएको छ ।

प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेको अध्यक्षतामा बसेको बैठकले विश्व उपभोक्ता अधिकार दिवस २०८१ भव्य रुपमा सम्पन्न गर्नको लागी सिमकोट बजारको लोकतान्त्रिक चोकबाट उपभोक्ता अधिकार सम्बन्धी ब्यानर तथा प्लेकार्ड सहित तल्लो बजार, खेलकुद मैदान हुदै फेरी लोकतान्त्रिक चोकमा कोण सभा गरिने निर्णय भएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख श्री बहादुर बिष्टले बताउनु भएको छ । उक्त दिवसमा आम उपभोक्ताहरुको हकहितलाई संरक्षण र प्रवद्र्धन गर्नका लागी सरोकारवाला निकायहरुले आ आफ्नो क्षेत्र तथा स्थानबाट ब्यापक रुपमा प्रचार प्रसार गर्नका लागी जिल्लाका स्थानिय तहहरुलाई अनुरोध समेत गरिएको प्रमुख बिष्टले जानकारी दिनुभएको छ । चैत २ गते बिहान  ८ बजेबाट हुने प्रभातफेरी कार्यक्रममा सरकारी तथा गैरसरकारी निकायका प्रमुख एव्म क्रमचारीहरुलाई उपस्थित गराउनका लागी जिल्ला प्रसासन कार्यालयलाई अनुरोध गरिएको छ ।

साथै जिल्लाका सम्पुर्ण उपभोत्तलाहरुलाई समेत उपस्थित हुन पनि आग्रह गरिएको छ । यो दिवस पहिलो पटक सन् १९६२ मार्च १५ का दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले प्रस्तुत गरेको सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रूपमा घोषणा गरिएको हो। यसैको सम्झनामा विश्वभर यो दिवस मनाइन्छ । उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारयण पाण्डे, सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र कुमार चन्द, जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी शंकर पोखरेल, सिमकोट गाउँपालिकाका अध्यक्ष बिजय भण्डारी(प्रतिरोध), उद्योग वाणिज्य संघ हुम्ला अध्यक्ष राम बहादुर भण्डारी, खाध्य व्यवस्था तथा व्यापार कम्पनीका सुब्वा नविन आचार्य लगायतको उपस्थीत रहेको थियो । 
   
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
अदानचुलीका ३५ जना ठेउलाका बिरामी भेटिए

अदानचुलीका ३५ जना ठेउलाका बिरामी भेटिए

गाउँका बिरामी नागरीकहरुमा ठेउलाको लक्षणसँग मिल्ने उक्त रोग देखिएको आशंका गरिएको हो । गाउँमा रोगको महामारी फैलीको खबर स्वास्थ्य शाखामा आए लगत्तै गरिएको शिबिरबाट उक्त बिरामी फेला परेको...
खार्पुनाथको थालीमा आगलागी २ वर्षीया बालकको मृत्यु 

खार्पुनाथको थालीमा आगलागी २ वर्षीया बालकको मृत्यु 

छेपी जेठरा र रामराज जेठाराको घरमा अचालन आगलागि हुँदा घर भित्र भएकी उनकी आमा कराउँदै आगो नियन्त्रणका लागि गुहार माग्दै बाहिर निस्केको प्रत्यक्षदर्सी तिलविर रावलले जानकारी दिए । 
  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन

  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन

  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन