नेभिगेशन
समाज

    हुम्लामा पाँचौ दिनमा हवाई उडान सुचारु

  हुम्ला । हिमाली जिल्ला हुम्लामा प्रतिकुल मौसमका कारण आज पाँचौ दिन हवाई उडान सुचारु भएको छ । जिल्लामा केही दिन यतादेखि नियमीम मौसम खराव भएर उच्च भेगमा हिमपात र होचो स्थानमा पानी पर्नुका साथै हावाहरी चलेका कारण अवरुद्ध भएको हवाई सेवा सोमबारबाट सुचारु भएको सिमकोट विमानस्थलका प्रमुख महेन्द्रबहादुर सिंहले बताउनुभयो ।

मौसममा सामान्य सुधार आएपछि तारा एयरले नेपालगञ्जदेखि एक फलाइट उडान गरेको प्रमुख सिंहको भनाई थियो । नेपालगञ्जबाट उडान भरेको तारा एयरले यात्रुका साथै अन्य सामग्री ढुवानी गरेको थियो । गत विहिबारदेखि हिमपात र वर्षाका कारण अवरुद्ध भएको हवाई सेवा सुचारु भएको हो । 
यस्तै नेपालगञ्जदेखि सिमकोटमा उडान गर्दै आएका सीता, समिट एयरले भने आफ्नो नियमीत उडान भर्न नसकेको बताइएको छ । यस्तै सरकारी स्वामीत्वमा रहेको नेपाल एयरलाइन्सले दुई महिना बढीबाट हुम्लामा आफ्नो उडान ठप्प पार्दै आएको छ । नेपाल एयरलाइन्सले आफ्नो उडान नभर्दा यात्रुले सास्ती खेप्नु परेको छ । पछिल्लो केही महिनायता नेपालगञ्जबाट निजी एयरले आफ्नो उडान कम गरिरहेका बेला यात्रु मर्कामा पर्ने गरेका छन् ।


हुम्लामा उडान कम भएपछि नेपालगञ्जबाट सिमकोट आउने यात्रु नेपालगञ्ज विमानस्थलमा अलपत्र पर्ने गरेका छन् । दैनिक एयरपोर्टमा जाने र दिउँसो एक बजेपछि उडान स्थगन हुँदा बाहिर निस्कने कार्य दैनिकी जस्तै भएको यात्रुले गुनासो पोखेका छन् । नेपालगञ्जमा जहाजको टिकट पाउन छोडेपछि अधिकांस यात्रुले गाडी मार्फत नेपालगञ्जदेखि दुई दिन लगाएर हुम्ला पुग्ने गरेका छन् 


समिट एयरले दैनिक आफ्नो उडान भर्दै आएपनि मौसम खराबका कारण उडान भर्न नसकेको हो भने सीता र तारा एयरले आफ्नो सेडुल अनुसार हप्ताको एक दिन मात्रै उडान गर्दै आएको सिमकोट विमानस्थलले जनाएको छ ।
पर्यटक भित्रीने सिजनमा हुम्लाका लागि उडानमा तछाडमछाड गर्ने जहाज यतिबेला आफ्नो नियमीत सेडुल भन्दै हप्ताको एक फलाइट गरेर पछि पन्छिने गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।