नेभिगेशन
समाज

    हुम्लामा पाँचौ दिनमा हवाई उडान सुचारु

  हुम्ला । हिमाली जिल्ला हुम्लामा प्रतिकुल मौसमका कारण आज पाँचौ दिन हवाई उडान सुचारु भएको छ । जिल्लामा केही दिन यतादेखि नियमीम मौसम खराव भएर उच्च भेगमा हिमपात र होचो स्थानमा पानी पर्नुका साथै हावाहरी चलेका कारण अवरुद्ध भएको हवाई सेवा सोमबारबाट सुचारु भएको सिमकोट विमानस्थलका प्रमुख महेन्द्रबहादुर सिंहले बताउनुभयो ।

मौसममा सामान्य सुधार आएपछि तारा एयरले नेपालगञ्जदेखि एक फलाइट उडान गरेको प्रमुख सिंहको भनाई थियो । नेपालगञ्जबाट उडान भरेको तारा एयरले यात्रुका साथै अन्य सामग्री ढुवानी गरेको थियो । गत विहिबारदेखि हिमपात र वर्षाका कारण अवरुद्ध भएको हवाई सेवा सुचारु भएको हो । 
यस्तै नेपालगञ्जदेखि सिमकोटमा उडान गर्दै आएका सीता, समिट एयरले भने आफ्नो नियमीत उडान भर्न नसकेको बताइएको छ । यस्तै सरकारी स्वामीत्वमा रहेको नेपाल एयरलाइन्सले दुई महिना बढीबाट हुम्लामा आफ्नो उडान ठप्प पार्दै आएको छ । नेपाल एयरलाइन्सले आफ्नो उडान नभर्दा यात्रुले सास्ती खेप्नु परेको छ । पछिल्लो केही महिनायता नेपालगञ्जबाट निजी एयरले आफ्नो उडान कम गरिरहेका बेला यात्रु मर्कामा पर्ने गरेका छन् ।


हुम्लामा उडान कम भएपछि नेपालगञ्जबाट सिमकोट आउने यात्रु नेपालगञ्ज विमानस्थलमा अलपत्र पर्ने गरेका छन् । दैनिक एयरपोर्टमा जाने र दिउँसो एक बजेपछि उडान स्थगन हुँदा बाहिर निस्कने कार्य दैनिकी जस्तै भएको यात्रुले गुनासो पोखेका छन् । नेपालगञ्जमा जहाजको टिकट पाउन छोडेपछि अधिकांस यात्रुले गाडी मार्फत नेपालगञ्जदेखि दुई दिन लगाएर हुम्ला पुग्ने गरेका छन् 


समिट एयरले दैनिक आफ्नो उडान भर्दै आएपनि मौसम खराबका कारण उडान भर्न नसकेको हो भने सीता र तारा एयरले आफ्नो सेडुल अनुसार हप्ताको एक दिन मात्रै उडान गर्दै आएको सिमकोट विमानस्थलले जनाएको छ ।
पर्यटक भित्रीने सिजनमा हुम्लाका लागि उडानमा तछाडमछाड गर्ने जहाज यतिबेला आफ्नो नियमीत सेडुल भन्दै हप्ताको एक फलाइट गरेर पछि पन्छिने गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
अदानचुलीका ३५ जना ठेउलाका बिरामी भेटिए

अदानचुलीका ३५ जना ठेउलाका बिरामी भेटिए

गाउँका बिरामी नागरीकहरुमा ठेउलाको लक्षणसँग मिल्ने उक्त रोग देखिएको आशंका गरिएको हो । गाउँमा रोगको महामारी फैलीको खबर स्वास्थ्य शाखामा आए लगत्तै गरिएको शिबिरबाट उक्त बिरामी फेला परेको...
खार्पुनाथको थालीमा आगलागी २ वर्षीया बालकको मृत्यु 

खार्पुनाथको थालीमा आगलागी २ वर्षीया बालकको मृत्यु 

छेपी जेठरा र रामराज जेठाराको घरमा अचालन आगलागि हुँदा घर भित्र भएकी उनकी आमा कराउँदै आगो नियन्त्रणका लागि गुहार माग्दै बाहिर निस्केको प्रत्यक्षदर्सी तिलविर रावलले जानकारी दिए । 
  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन

  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन

  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन