नेभिगेशन
समाज

हावाहुरीले लामालेख विद्यालयको जस्तापाता उडायो

हुम्लाको दक्षिण भेगमा रहेको चंखेली गाउँपालिका–६ स्थित गाउँको लामालेख प्राथमिक विद्यालय मासिधारामा हावाहुरी चल्दा विद्यालयको एक भागको जस्तापाता उडाएको छ । मङ्गलबार चलेको हावाहुरीका कारण उक्त विद्यालयको बायाँपट्टीको भागको टिनले छाएको सबै जस्तापाता हावाहुररुीले उडाएको सोही विद्यालयका शिक्षक हिरबहादुर शाहीले बताउनुभयो ।   शिक्षक शाहीका अनुसार, टिनले छाएका सबै जस्तापाता उडाएको र विद्यार्थीको पठनपाठनमा समस्या बनाएको बताउनुभयो । विद्यालयको छानो उडाउँदा विद्यार्थीको पढाइमा समेत बाधा पुगेको छ । बालविकास देखि कक्षा पाँचसम्म लामालेख प्राथमिक विद्यालयमा पठनपाठन हुँदै आएको छ । हावाहुरीले विद्यालयको जस्तापातामा क्षति गरेको भएपनि अन्य मानविय क्षति हुन नसकेको बताइएको छ । जस्तापाता उडाउँदा विद्यार्थीमा क्षति हुनबाट जोगिएको बताइएको छ । प्रहरी टाढा भएकाले प्रहरीको मुचुल्का गरेपछि मात्रै क्षतिको विवरण बताउन सकिने विद्यालय प्रशासनले बताएको छ ।hhhh-1743510351.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।