नेभिगेशन
चंखेली

११ दिन पछि सुत्केरी व्यथा लागेका ऐडिको हेलिकप्टरबाट उद्धार

जिल्लाको तल्लो क्षेत्रमा रहेको चंखेली गाउँपालिका देखि गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार गरी जिल्ला अस्पताल हुम्ला पुरÞ्याइएको छ ।
चंखेली गाउँपालिका वडा ३ ऐडीबाडाकी २७ वर्षीया कार्तिकी ऐडीलाई सुत्केरी व्यथा लागेको ११ दिन पछि बच्चा जन्माउन नसकेपछि जिल्ला अस्पताल हुम्ला ल्याइएको हो ।

जिल्लाबाट गएका स्वास्थ्य सेवा कार्यालय प्रमुख प्रेम सिंह र जिल्ला अस्पताल हुम्लाका सिनियर अनमी सरिता बोहराले ऐडीको उद्धार गरी अस्पताल ल्याएको जानकारी प्राप्त भएको छ ।

ऐडीलाई २४ जेठ बिहान ९ बजेदेखि सुत्केरी बेथा लागेको थियो । बेथा लागे पनि बच्चा जन्माउन नसकेपछि हेलिकप्टर बोलाएर उद्धार गरी अस्पताल ल्याएको उनका श्रीमान् भैरव ऐडीले बताउनुभयो ।

कार्तिकी ऐडीको पेटमा पानी कम भएपछि समस्या भएको जिल्ला अस्पताल हुम्लाका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप चंखेली
हुम्लाको नेप्का गाउँमा बाढीले विद्यालय भवनसहित गोठ र खेतीयोग्य जमिन बगायो

हुम्लाको नेप्का गाउँमा बाढीले विद्यालय भवनसहित गोठ र खेतीयोग्य जमिन बगायो

हुम्लाको चंखेली गाउँपालिका–५ स्थित नेप्का गाउँमा गएराति १० बजे आएको विनाशकारी बाढीले ठूलो भौतिक क्षति पु¥याएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार एक्कासि आएको बाढीले स्थानीय डाँफे...
चंखेली गाउँपालिकामा अब आइतबार पनि विद्यालय सञ्चालन हुने

चंखेली गाउँपालिकामा अब आइतबार पनि विद्यालय सञ्चालन हुने

हुम्लाको दक्षिण क्षेत्रमा रहेको चंखेली गाउँपालिकाले अब आइतबार पनि शैक्षिक संस्था सञ्चालन गर्ने निर्णय गरेसँगै आजबाट विद्यालय सञ्चालनमा आएका छन । गाउँपालिका अन्तर्गत सञ्चालित सम्पूर्ण सामुदायिक विद्यालय तथा...
चंखेली गाउँपालिका पुर्ण खोप सुनिश्चितता पालिका घोषणा

चंखेली गाउँपालिका पुर्ण खोप सुनिश्चितता पालिका घोषणा

’स्थानीय स्वामित्व र सहभागितामा, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ खोप समन्वय समितिले घोषणा गरेको हो ।
भर्खरै