नेभिगेशन
समाज

तरकारी बोकेकोे बोलेरो जीप थलहाल्नामा दुर्घटना

सिमकोट । नेपागञ्जबाट तराकारी लिएर हुम्ला आउदै गरेको तरकारी बोक्ने बोलेर जीप दुर्घटना भएको छ । सिमकोट गाउँपालिका ५ थलहाल्नामा आइतबार बिहान दुर्घटना भएको हो ।

नेपालगञ्जदेखी सदरमुकाम सिमकोट तर्फ तरकारी र कुखुराको मास ुलिएर आउदै गरेको बा ८ च ४७०० नम्बरको जीप बिहान दुर्घटना हुदा सडकबाट २५ मिटर तल खसेको छ ।

जुम्लाको गुठिचौर गाउँपालिका ४ बस्ने २५ बर्षिय करन बहादुर सार्कीले चलाएको गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । सोही गाडी चालक र सहचालक सर्केगाड गाउँपालिका वडा नं। ५ बस्ने राजन बुढा रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

गाडी भने हल्का कुच्चिएको छ ।  सडक भन्दा गाडी तल खसेको भएपनि मानबिय क्षेती भने कुनै नभएको पाइएको छ भने गाडीमा राखिएको तरकारी समेत समान्य रहेको प्रहरी नायब उपरिक्षक शंकर पोख्रेलले बताउनु भएको छ । घटना थप अनुसन्धानका लागि प्रहरीले चालक र सहचालक दुबैलाई नियन्त्रण लिइएको छ ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।