नेभिगेशन
समाज
जिल्ला समन्वय समिति हुम्लाको आठौँ जिल्ला सभा सम्पन्न भएको छ

    जिल्ला समन्वय समिति हुम्लाको आठौँ जिल्ला सभा सम्पन्न 

सिमकोट । जिल्ला समन्वय समिति हुम्लाको आठौँ जिल्ला सभा सम्पन्न भएको छ । जिल्ला समन्वय समिति हुम्लाको प्रमुख शिवराज शर्माको अध्यक्षतामा, कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता जीवन बहादुर शाहीको प्रमुख आथित्यमा र कर्णाली प्रदेशका पूर्व जल श्रोत तथा उर्जा विका मन्त्री रणसिंह परियारको विशेष आथित्यमा बुधबार जिल्ला समन्वयको सभाहलमा आयोजित सभा सम्पन्न भएको हो । सभाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम, विनियोजन ऐन सर्वसम्मत रूपमा पारित गरेको छ । जिल्ला समन्वय समितिले आफ्नो गत आर्थिक वर्षको विनियोजित रकमको सार्वजनिक भने गर्न सकेको थिएन् । 
जिल्लाका सात स्थानीय तहका मध्ये चंखेली गाउँपालिका अध्यक्ष बाहेक अन्य ६ वटा गाउँपालिका अध्यक्ष र सातवटा उपाध्यक्षको साथै प्रमुख प्रशासकीय अधिकृतको समेत उपस्थित रहेको थियो । यस्तै विभिन्न राजनितिक दलका प्रमुख एवम् प्रतिनिधि, विभिन्न सरकारी कार्यालयका प्रमुख एव्म प्रतिनिधि लगायत सञ्चारकर्मीको उपस्थित रहेको थियो । सभामा उपस्थित विभिन्न गाउँपालिका अध्यक्ष, उपाध्यक्षहरुले मुख्य बाटो, कृषि, उद्योग, पर्यटन, शिक्षा, स्वास्थ्य लगायतका विषयको माग उठान गरेका थिए । विशेष गरी कर्णाली करिडोरको खच्चा सडक खण्ड लगायतका क्षेत्रको स्तरउन्नती गर्नु पर्ने माग रहेको थियो । 
कार्यक्रमका विशेष अथिती समेत रहनुभएका कर्णाली प्रदेशका पूर्व जल श्रोत तथा उर्जा विकास मन्त्री रणसिंह परियारले हुम्ला भौगोलिक हिसावले विकट हुँदा यहाँको विकास भरपुर हुन नसेपनि अलि अलि भएको बताउनुभयो । आफु प्रदेशको तीन महिने मन्त्री हुँदा कर्णालीका अन्य जिल्ला भन्दा हुम्लालाई विकास आयोजनाका बजेटमा पहिलो प्रथामिकता दिनुका साथै छैटौं, सातौंँ हुनेमा तेस्रोमा राखेर बजेट विनियोजन गरेको बताउनुभयो । 
यस्तै कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री तथा कर्णाली प्रदेश सभा सदस्य जीवन बहादुर शाहीले हुम्लाको विकासका लागि आफु जिल्ला विकास समितिको सभापति हुँदा देखि नै लागि परेको बताउनुभयो । हुम्लाको विकासका लागि एक जनाको पहल भएपनि त्यसलाई पूरा गर्नको लागि सबैको हातेमालोको आवश्यक रहेको बताृनुभयो । आफु जहिले पनि हुम्लाको विकासका लागि साथ मै रहने प्रतिबद्धता समेत जनाउनुभएको थियो । सक्दो जति हुम्लालाई आफुले सक्ने जति गरेको पूर्व मुख्यमन्त्रस्ी शाहीलेको भनाई थियो । हुम्लाका जनप्रतिनिधिले किनेर ल्याएको विकास बजेट भन्ने भाश्य हुम्लामा पनि रहेको भन्ने प्रश्नमा शाहीले प्रशेदमा मात्रै नभएर जिल्ला तहदेखि प्रदेश हुँदै केन्द्रमा समेत चलन नै रहेको बताउनुभयो । तर यसको अन्त्य गर्नु पर्ने उहाँको भनाई छ । 
सभाको अवसरमा संस्थागत क्षमता स्वमूल्याङ्कन -lisa_ र वित्तीय सुशासन जोखिम मूल्याङ्कन  मा उत्कृष्ट अङ्क प्राप्त गरेको भन्दै प्रथम हुने सिमकोट गाउँपालिका सहित अन्य गाउँपालिकालाई समेत जिल्ला समन्वय समितिले सम्मान पत्र प्रदान गरेको छ । यस्तै ताँजकोट, खार्पुनाथ, नाम्खा र चंखेली गाउँपालिकालाई सम्मान गरेको हो । सभाका प्रमुख अथिती जीवन बहादुर शाहीले उक्त गाउँपालिकाका अध्यक्षहरुलाई सम्मानपत्र हस्तान्तरण गर्नुभएको हो । 
स्थानीय तहको आर्थिक कार्यप्रणाली र प्रशासनिक काम कारबाहीमा एकरूपता कायम गर्न तथा पारदर्शिता र जवाफदेहिता प्रवद्र्धन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा सञ्चालित स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन आधारमा हुम्लाका सात स्थानीय तह मध्ये सिमकोट गाउँपालिकाले सर्वाधिक अङ्क प्राप्त गरेको हो । नेपालको संविधानको धारा २२० अनुसार जिल्ला भित्रका गाउँपालिकाहरूबीच समन्वय गर्ने अधिकार भएको जिल्ला सभामा सबै पालिकाका प्रमुख, उपप्रमुख तथा अध्यक्ष उपाध्यक्षहरू सदस्य रहने व्यवस्था छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
साउने पूर्णिमालाई लक्षित गरी सिमकोटमा शान्ति सुरक्षा र सरसफाइ अभियान कडा पारिने

साउने पूर्णिमालाई लक्षित गरी सिमकोटमा शान्ति सुरक्षा र सरसफाइ अभियान कडा पारिने

हुम्लाको सदरमुकाम सिमकोटमा मनाइने स्थानीय पर्व साउने पूर्णिमा तथा जनैपूर्णिमालाई व्यवस्थित, सभ्य र सुरक्षित बनाउन शान्ति सुरक्षा तथा सरसफाइका गतिविधि कडा पारिने भएको छ । सिमकोट गाउँपालिकाको आयोजनामा...
कर्णाली नदीमा बेपक्ता भएका बालबालिकाको स्थानिय परम्परा अनुसार दाहसंस्कार

कर्णाली नदीमा बेपक्ता भएका बालबालिकाको स्थानिय परम्परा अनुसार दाहसंस्कार

बिहीबार खार्पुनाथ गाउँपालिकाको वडा नम्बर १ सुनाखाडामा कर्णाली नदीमा बेपक्ता भएका बृषबहादुर शाहीकी करिब ११ वर्षीया छोरी अनु शाही र रामचन्द्र रावलका करिब १२ वर्षीय छोरा प्रशान्त रावलको...
अदानचुली जोड्ने सडकमा ढुङ्गा लागेर कामदारको मृत्युः ठेकदार कम्पनीद्धारा दश लाख दिने सहमती 

अदानचुली जोड्ने सडकमा ढुङ्गा लागेर कामदारको मृत्युः ठेकदार कम्पनीद्धारा दश लाख दिने सहमती 

  सडक निर्माणको काम गर्ने क्रममा माथिबाट ढुङ्गा खसेर टाउकोमा लाग्दा घाईते भएका अदानचुली गाउँपालिका– २ का बुढावाडाका ४८ वर्षिय हिर बुढाको मृत्यु भएको छ । बुधबार अदानचुलीकै थलाहाल्नाको...
स्याडा स्वास्थ्य चौकीमा प्रसूति प्रतीक्षालय, प्रयोगशाला र शौचालय भवन उद्घाटन

स्याडा स्वास्थ्य चौकीमा प्रसूति प्रतीक्षालय, प्रयोगशाला र शौचालय भवन उद्घाटन

हुम्लाको सिमकोट गाउँपालिका वडा आठमा रहेको स्याडा स्वास्थ्य चौकीमा प्रसूति प्रतीक्षालय, प्रयोगशाला (ल्याब) तथा शौचालय भवन हस्तान्तरण तथा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। स्वास्थ्य चौकीमा आउने गर्भवती महिला,...
भर्खरै