नेभिगेशन
समाज

वर्षाले सर्केगाडको रीप गाउँका विभिन्न स्थानमा क्षति

सिमकोट । हुम्लामा विहिबार र शुक्रबार परेको वर्षाले जिल्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिका–२ रीग गाउँमा ठूलो क्षति पुर्याएको छ । रीप गाउँ नजिक रहेका खेतहरु पहिराले बगाएर लिएको छ । भने विभिन्न स्थानमा क्षति पुर्याएको स्थानीयले बताएका छन् । गाउँ नजिक खेतमा लगाएको धानका बेर्ना पहिरोले बगाएर लिएको स्थानीय विवय फडेराले बताउनुभयो । कात्तिकमा उत्पादन हुने धानका बेला सार्न नपाउँदै पहिरोले बगाएर लिएको फडेराले बताउनुभयो । आफ्नो सहित औस्या विक, रंगा महतारा, गोरा लुवार, वीर थापा, डल्ली विक लगायत झण्डै एक दर्शज बढी स्थानीयका खेतमा क्षति पुर्याएको छ ।

यस क्षेत्रमा वर्षासँगै खसेको पहिरोले खेतबारी, र सडकमा ठूलो क्षति पुर्याएको अर्का स्थानीय दिपक महताराले बताउनुभयो । दुई सय तीस घरधुरी रहेको रिप गाउँमा खेतबारीमा शुक्रबार राती पहिरो गएपछि स्थानीयबासी त्रसित भएको महताराले बताउनुभयो । यस्तै सोही क्षेत्रमा पर्ने कर्णाली करिडोर सडकको खडिखेतमा समेत वर्षासँगैको पहिरो जाँदा ठूलो क्षति पुर्याएको बताइएको छ । खडीखेत क्षेत्रमा पहिरो खस्दा कर्णाली करिडोरको सडक नै अहिले अवरुद्ध भएको छ । पहिरोले यहाँ रहेको सडकलाई क्षतविक्षत बनाएको छ भने होटलमा समेत असर पारेको छ । शुक्रबार राती पहिरो खस्दा मानवीय कुनै क्षति नभएपनि भौतिक क्षति पुर्याएको छ ।

रीपमा पहिरोले पुर्याएको क्षतिको विवरण संकलनका साथै मुचुल्का उठाउनका लागि सर्केगाड प्रहरी चौकीको टोली त्यस तर्फ प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । पहिरो खस्दा के कति क्षति भएको छ अहिले नै भन्न नसकिने जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक (इन्सपेक्टर) सुरेश सुवेदीले बताउनुभयो । रीप गाउँमा गत वर्षको वर्षाले पहिरो जाँदा लाखौँको क्षति पुर्याएको थियो । यस वर्षपनि वर्षाको मौसमको सुरुवात हुँदै पहिरो जाँदा क्षतिविक्षत बनाउँदा यहाँका स्थानीय त्रसित भएका छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।