नेभिगेशन
समाज

एकीकृत समाजवादीको दशौं जिल्ला अधिवेशनका लागि मिति र लोगो सार्वजनिक

नेपाल कम्युनिष्ट पाटी एकीकृत समाजवादी हुम्लाले आइतबार आफ्नो दशौँ अधिवेशनका लागि पत्रकार सम्मेलन गरेको छ । एकीकृत समाजवादीका जिल्ला अध्यक्ष जोशी धामीको अध्यक्षतामा आईतबार जिल्लाका कृयाशिल सञ्चारकर्मीहरुसँग पत्रकार सम्मेलन गर्दै आफ्नो दशौँ जिल्ला अधिवेशनको मिती र लोगो सार्वजनिक गर्नुका साथै महाधिवेनका अन्य विषयवस्तुमा समेत जानकारी गराइएको छ । 
वर्तमान संकटग्रस्त अवस्थालाई अध्ययन गर्दै समाजवादी पाटी हुम्लाले आफ्नो दशौँ जिल्ला अधिवेशन २०८२ सालको वैशाख १५ र १६ गते जिल्लाको दक्षिण भेगमा पर्ने अदानचुली गाउँपालिकामा सञ्चालन गर्ने भएको जिल्ला इन्चार्ज कमल छत्यालले जानकारी दिनुभयो । 
जिल्ला अधिवेशन जिल्लाको सदरमुकाम सिमकोटमा गर्ने भनिएको भएपनि कर्णाली करिडोर अन्तरतगका केही सडक मर्मत तथा पुननिर्माणका लागी बाटो बन्द भई आवात जावातमा समस्या हुने हुदा जिल्लाको तल्लो क्षेत्र अदानचुली गाउँपालिकामा गर्ने भएको इन्चार्ज छत्यालले बताउनुभयो । 
एकिृकत समाजवादी पार्टी हुम्लाको १० औ जिल्ला अधिवेसनको उद्धाटन पार्टीका केन्द्रिय अध्यक्ष एवम पुर्व प्रधानमन्त्रि माधव कुमार नेपालले गर्नु हुने भएको छ । जिल्ला अधिवेशनमा संगठित सदस्य संख्या १ सय ८८ जना प्रतिनिधिले सहभागीता जनाउने भएका छन ।
१० औँ जिल्ला अधिवेशनको लोगो पाटी जिल्ला कमिटिको सातौ बैठकले चयन गर्नुका साथै यसको ब्याखा गरेको हो । दशौँ जिल्ला अधिवेशनको लोगोमा हुम्लामा पाइने लोप हुदै गएको वहुमुल्य कस्तुरी रहेको छ । यसको संरक्षण र संबर्दन गर्न जरुरी देखिएको, हुम्लामा प्रवाह भएको कर्णाली नदि, चंखेली हिमाल र कस्तुरी मृग जस्ता प्राकृतिक तथा साँस्कृतिक महत्व बोकेका सम्पदाहरु पर्यटकिय दृष्टिकोणले महत्व पुर्ण रहेकाले यसको संरक्षणमा जोड दिन उक्त लोगोमा समेटिएको हो । 
यसको लागी सबैको ध्यान आकर्षक गर्न समाजवादी पाटीको अधिवेशनको लोगोमा राखी प्रचार प्रसार गर्ने निर्णय गरिएको छ । यो अधिवेशन केवल पाटीको आन्तरिक प्रक्रिया नभई जिल्लाको समग्र राजनितिक, सामाजिक र आर्थिक रुपान्तरणमा महत्वपुर्ण रहेको बताइएको छ । आजै भएको पत्रकार सम्मेलन कार्यक्रममा एकिकृत समाजवादी पार्टीका पोलिट व्यरो सदस्य एवम् कर्णाली प्रदेश सह इन्चार्ज हस्त बहादुर शाही, जिल्ला समन्वय समितिका प्रमुख तथा केन्द्रिय सदस्य शिवराज शर्मा, पार्टी केन्द्रिय सदस्य प्रेमकला शाही र सञ्चारकर्मीको सहभागीत रहेको थियो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।