नेभिगेशन
समाज

स्काभेटर पल्टिदा दुई जनाको मृत्यु

सिमकोट । हुम्लाको दक्षिण भेगमा पर्ने चंखेली गाउँपालिकामा आइतबार राती स्काभेटर पल्टिदाचालक सहित दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी चंखेली गाउँपालिका–२ दुई बस्ने ४५ वर्षिय परबल कामी र स्काभेटर चालक सोही वडाका ३१ वर्षिय अर्जुन कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक श.कर पोखरेलले बताउनुभयो । उपचारको क्रममा घाइते भएका दुवै जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ । चंखेली गाउँपालिका–लोती भन्ने स्थान पिपलाङ्गबाट मिमि तर्फ जाने सडकखण्डमा चैन वाला स्काभेटर प्रदेश नम्बर २.०३.००१ क ९७५ बिग्रेर राखेको स्काभेटर चलाउँदा पल्टिएर एक सय मिटर तल खस्दा दुई जनाको मृत्युभएको हो ।

काभेटर चालक अर्जुन कामीले बिग्रेको स्काभेटरलाई चलाउने क्रममा एक्कासी स्काभेटर सडकबाट करीब सय मिटर तल खस्दा घाइते भएका दुबै जनाको उपचारका लागि एम्बुलेन्सद्धारा श्रीमष्ठा प्रथामिक स्वास्थ्यचौकी पिपलाङ्गमा लगि उपचारका क्रममा मृत्यु भएको हो ।

स्काभेटर आइतबार राती पौने आठ बजे तिर घट्ना भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । घट्ना भएको जानकारी पाउनसाथ प्रहरी चौकी मिमिबाट प्रहरी सहयाक निरिक्षक कटक बहादुर बोहराको नेतृत्वमा चार जना र प्रहरी चौकी मेल्छाम हुम्लाबाट प्रहरी सहायक निरिक्षक लक्षमण दत्त भट्टको नेतृत्वमा चार जना टोली खटिइ घाइते भएका दुबै जनाको उद्धार गरि उपचारका क्रममा मृत्यु भएको हो । स्काभेटर मुगु जिल्ला छाँयानाथ नगरपालीका १४ का नन्दलाल बडुवालको रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
साउने पूर्णिमालाई लक्षित गरी सिमकोटमा शान्ति सुरक्षा र सरसफाइ अभियान कडा पारिने

साउने पूर्णिमालाई लक्षित गरी सिमकोटमा शान्ति सुरक्षा र सरसफाइ अभियान कडा पारिने

हुम्लाको सदरमुकाम सिमकोटमा मनाइने स्थानीय पर्व साउने पूर्णिमा तथा जनैपूर्णिमालाई व्यवस्थित, सभ्य र सुरक्षित बनाउन शान्ति सुरक्षा तथा सरसफाइका गतिविधि कडा पारिने भएको छ । सिमकोट गाउँपालिकाको आयोजनामा...
कर्णाली नदीमा बेपक्ता भएका बालबालिकाको स्थानिय परम्परा अनुसार दाहसंस्कार

कर्णाली नदीमा बेपक्ता भएका बालबालिकाको स्थानिय परम्परा अनुसार दाहसंस्कार

बिहीबार खार्पुनाथ गाउँपालिकाको वडा नम्बर १ सुनाखाडामा कर्णाली नदीमा बेपक्ता भएका बृषबहादुर शाहीकी करिब ११ वर्षीया छोरी अनु शाही र रामचन्द्र रावलका करिब १२ वर्षीय छोरा प्रशान्त रावलको...
अदानचुली जोड्ने सडकमा ढुङ्गा लागेर कामदारको मृत्युः ठेकदार कम्पनीद्धारा दश लाख दिने सहमती 

अदानचुली जोड्ने सडकमा ढुङ्गा लागेर कामदारको मृत्युः ठेकदार कम्पनीद्धारा दश लाख दिने सहमती 

  सडक निर्माणको काम गर्ने क्रममा माथिबाट ढुङ्गा खसेर टाउकोमा लाग्दा घाईते भएका अदानचुली गाउँपालिका– २ का बुढावाडाका ४८ वर्षिय हिर बुढाको मृत्यु भएको छ । बुधबार अदानचुलीकै थलाहाल्नाको...
स्याडा स्वास्थ्य चौकीमा प्रसूति प्रतीक्षालय, प्रयोगशाला र शौचालय भवन उद्घाटन

स्याडा स्वास्थ्य चौकीमा प्रसूति प्रतीक्षालय, प्रयोगशाला र शौचालय भवन उद्घाटन

हुम्लाको सिमकोट गाउँपालिका वडा आठमा रहेको स्याडा स्वास्थ्य चौकीमा प्रसूति प्रतीक्षालय, प्रयोगशाला (ल्याब) तथा शौचालय भवन हस्तान्तरण तथा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। स्वास्थ्य चौकीमा आउने गर्भवती महिला,...
भर्खरै