नेभिगेशन
समाज

११ बुद्धे मागसहित निजामती कर्मचारी सङ्गठनहरूले प्रजिअमार्फत सभामुलाई बुझाए ज्ञापन पत्र 

सिमकोट । निजामती कर्मचारी सङ्गठनहरूको संयुक्त ट्रेड युनियनले ११ बुँदे मागसहित हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेय मार्फत राज्य व्यवस्था सुशासन समितिका सभामुखलाई सोमबार ज्ञापन पत्र बुझाएका छन् ।
सोमबार विहान एघार बजे जिल्ला प्रशासन कार्यालयमा जम्मा भएर विभिन्न संयुक्त ट्रेड युनियनले ११ बुद्धे माग राख्दै ज्ञापन पत्र बुझाइएको नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति हुम्लाका अध्यक्ष विशाल बोहराले बताउनुभयो । सोमबार जिल्ला प्रशासनमार्फत उनीहरूले कर्मचारीका आधारभूत मागहरूलाई सम्बोधन गर्दै तत्काल सङ्घीय निजामती सेवा ऐन ल्याउन माग गर्दै गरेका हुन् ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पाण्डेयले आफुले तत्काल संघीय संसद सचिवालय, सिंहदरबारमा पठाउने बताउनुभयो । निजामती कर्मचारीहरूले राष्ट्रिय स्तरका ट्रेड युनियन र आधिकारिक ट्रेड युनियनको व्यवस्था हुनुपर्नेसहित विभिन्न सेवा सुविधालाई विधेयकमा समावेश गर्नुपर्ने माग राखेका छन् ।
ज्ञापन पत्र बुझाउने कार्यक्रममा नेपाल निजमती कर्मचारी संगठनका कार्यवाहक अध्यक्ष धर्मराज बोहरा, नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष बोहरा, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष डबल रावत र एकीकृत सरकारी कर्मचारी संगठन नेपालका जिल्ला अध्यक्ष कृष्ण बुढा लगायत विभिन्न संगठनमा आवद्ध कर्मचारीहरुको सहभागीता रहेको थियो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।