नेभिगेशन
समाज

ट्याक्टर पल्टिदा सिंह र भण्डारीको पसलमा क्षेती

सिमकोट । दक्षिण भेग क्षेत्रको सर्केगाड बजारमा ट्याक्टर पल्टिदा दुईवटा पसलमा क्षेती भएको छ । बैशाख १० गते (बुधबार) दिउसो २ः५५ वजेको समयमा कर्णाली प्रदेश ०२००१त०४८१ नम्बरको ट्याक्टर पल्टिदा सर्केगाड बजार स्थित काठे पुल ननिकैका दुईवटा पसलमा क्षेती गरेको पसल मालिक सन्तोष सिंहले बताउनुभयो । 
बजारदेखि सर्केगाड गाउँपालिका–५ स्थित गोठी, ४ को सायाँ र हिमज्योति माविमा जाने बाटोमा उक्त ट्याक्टर पल्टिदा सिमकोट गाउँपालिका–८ को खोल्सी गाउँका व्यवसायी सन्तोष सिंह र वडा नम्बर २ स्थित ठेहे गाउँका रवि भण्डारीको पसल क्षेती बनाएको व्यवसायी सिंहले जानकारी दिनुभयो ।
उहाँका अनुसार सर्केगाड गाउँपालिकाको चरम लापरवाहीका कारण ९० डिग्रिको बाटो निर्माणका कारण ट्याक्टर ब्याग गर्ने क्रममा अप्ठ्यारो भएर पल्टिएको हो । ट्याक्टर पल्टीएपछि आफ्नो होलसेल र थोकमा विक्रि गर्ने सम्पुर्ण सामग्री क्षेती गरेको सिंहले बताउनुभयो । त्यस्तै सोही पसलसंगै रहेको अर्का रवि भण्डारीको मोबाइल पसलमा पनि ठूलो क्षेती बनाएको छ ।
दुईवटै पसलमा लगाएको टिनका छानो, काठहरू भत्किनुका साथै सम्पुर्ण सामग्री टुटफुट र छताछुल्ल भएको व्यवसायी रवि भण्डारीले बताउनुभयो । ट्क्टर करीव ५० मिटर माथिबाट पल्टिए पनि सोही समयमा पसल भित्र मान्छे नभएका कारण भौतिक रुपमा ठूलो क्षेती भए पनि मानविय क्षेती भने नभएको पाइएको छ ।
घटना भएको जानकारी पाएपछि यतिवेला सर्केगाड इलाका प्रहरीचौकीका प्रहरी नायव निरिक्षक सुरेन्द्र भट्टको नेतृत्वमा प्रहरी टोलि घटना स्थलमा पुगेर प्रहरी मुचुल्का गर्न सुरू गरेको प्रहरी निरिक्षक सरोज कडेंलले बताउनुभयो । उहाँका अनुसार घटना भरखरै भएका कारण क्षेतीको विवरण आउँन बाँकी रहेको छ । उक्त विषयमा दुईवटै पक्षलाई राखेर छलफल समेत गरिने बताइएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।