नेभिगेशन
समाज

व्यापार र रोजगारीका लागि चीनको ताक्लाकोट जाने बढे

सिमकोट । रोजगारी र व्यापारका निम्ति छिमेकी मुलुक चीनको स्वशासित क्षेत्र पुराङ काउन्टीको ताक्लाकोट जान जिल्ला प्रशासन हुम्लाबाट सीमा पास लिने र नवीकरण गर्नेको सङ्ख्या बढ्दै गएको छ । ताक्लाकोटमा व्यापार र रोजगारीका निम्ति जान २०८१ सालमा एक हजार छ सय ३५ जनाले नयाँ पास लिएको तथा आठ सय ४९ जनाले पुराना पास नवीकरण गरेको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ । ताक्लाकोटमा व्यापार र रोजगारीका लागि जाने हुम्लीलाई एक वर्षसम्म मान्य हुने पास स्थानीय प्रशासनले प्रदान गर्दै आएको छ । नेपाल र चीन सरकारको सहमतिमा सिमा पास लिने व्यवस्था हुँदै आएको छ । 
२०८२ सालको वैशाख महिनामा ताक्लाकोट जान एक सय ९५ जनाले नयाँ पास लिएको जिल्ला प्रशासन हुम्लाले जनाएको छ । यस्तै पुरानो दुई सय १५ जनाले नविकरण बताइएको छ । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको यारीमा हिउँदमा परेको हिउँ जमेको भएपनि रोजगारीका लागि त्यहाँसम्म गाडीमा सिमकोटबाट पुगेर दुई घण्टा हिडेर हिल्सा पुगेपछि सिमा पार गर्ने गरेका छन् । हिल्साबाट आवागमनको अनुमति दिएपछि बर्सेनि पास बनाउने सेवाग्राहीको भीड जिल्ला प्रशासन कार्यालयमा बढ्ने गरेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताउनुभयो । 
जिल्लाको उत्तरी नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकाबाट धेरै सेवाग्राही आउने गरेका छन् । केही दिनयता दक्षिण भेगका सर्केगाड, ताँजकोट, चङ्खेली र अदानचुली गाउँपालिकाबाट पनि सर्वसाधारण सीमा पास बनाउन आउने गरेको उहाँले बताउनुभयो । नेपालीले फुरु, गुच्चीच्याउ, थाक्ना, जडीबुटीलगायत सामान ताक्लाकोटमा बेच्ने गरेका छन् । भने उताबाट दैनिक उपभोग्य सामान, लत्ताकपडा, इन्धन, विकास निर्माणका सामग्री आयात हुने गरेको छ । यतिबेला हुम्लीका लागि रोजगारीको कुनै माध्यम नभएपछि ताक्लाकोट जानेको संख्या झन बढ्दै गएको बताइएको छ । 
491949731_702721515658558_6057370504572418461_n-1745594348.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।