नेभिगेशन
समाज

व्यापार र रोजगारीका लागि चीनको ताक्लाकोट जाने बढे

सिमकोट । रोजगारी र व्यापारका निम्ति छिमेकी मुलुक चीनको स्वशासित क्षेत्र पुराङ काउन्टीको ताक्लाकोट जान जिल्ला प्रशासन हुम्लाबाट सीमा पास लिने र नवीकरण गर्नेको सङ्ख्या बढ्दै गएको छ । ताक्लाकोटमा व्यापार र रोजगारीका निम्ति जान २०८१ सालमा एक हजार छ सय ३५ जनाले नयाँ पास लिएको तथा आठ सय ४९ जनाले पुराना पास नवीकरण गरेको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ । ताक्लाकोटमा व्यापार र रोजगारीका लागि जाने हुम्लीलाई एक वर्षसम्म मान्य हुने पास स्थानीय प्रशासनले प्रदान गर्दै आएको छ । नेपाल र चीन सरकारको सहमतिमा सिमा पास लिने व्यवस्था हुँदै आएको छ । 
२०८२ सालको वैशाख महिनामा ताक्लाकोट जान एक सय ९५ जनाले नयाँ पास लिएको जिल्ला प्रशासन हुम्लाले जनाएको छ । यस्तै पुरानो दुई सय १५ जनाले नविकरण बताइएको छ । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको यारीमा हिउँदमा परेको हिउँ जमेको भएपनि रोजगारीका लागि त्यहाँसम्म गाडीमा सिमकोटबाट पुगेर दुई घण्टा हिडेर हिल्सा पुगेपछि सिमा पार गर्ने गरेका छन् । हिल्साबाट आवागमनको अनुमति दिएपछि बर्सेनि पास बनाउने सेवाग्राहीको भीड जिल्ला प्रशासन कार्यालयमा बढ्ने गरेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताउनुभयो । 
जिल्लाको उत्तरी नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकाबाट धेरै सेवाग्राही आउने गरेका छन् । केही दिनयता दक्षिण भेगका सर्केगाड, ताँजकोट, चङ्खेली र अदानचुली गाउँपालिकाबाट पनि सर्वसाधारण सीमा पास बनाउन आउने गरेको उहाँले बताउनुभयो । नेपालीले फुरु, गुच्चीच्याउ, थाक्ना, जडीबुटीलगायत सामान ताक्लाकोटमा बेच्ने गरेका छन् । भने उताबाट दैनिक उपभोग्य सामान, लत्ताकपडा, इन्धन, विकास निर्माणका सामग्री आयात हुने गरेको छ । यतिबेला हुम्लीका लागि रोजगारीको कुनै माध्यम नभएपछि ताक्लाकोट जानेको संख्या झन बढ्दै गएको बताइएको छ । 
491949731_702721515658558_6057370504572418461_n-1745594348.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
अदानचुलीका ३५ जना ठेउलाका बिरामी भेटिए

अदानचुलीका ३५ जना ठेउलाका बिरामी भेटिए

गाउँका बिरामी नागरीकहरुमा ठेउलाको लक्षणसँग मिल्ने उक्त रोग देखिएको आशंका गरिएको हो । गाउँमा रोगको महामारी फैलीको खबर स्वास्थ्य शाखामा आए लगत्तै गरिएको शिबिरबाट उक्त बिरामी फेला परेको...
खार्पुनाथको थालीमा आगलागी २ वर्षीया बालकको मृत्यु 

खार्पुनाथको थालीमा आगलागी २ वर्षीया बालकको मृत्यु 

छेपी जेठरा र रामराज जेठाराको घरमा अचालन आगलागि हुँदा घर भित्र भएकी उनकी आमा कराउँदै आगो नियन्त्रणका लागि गुहार माग्दै बाहिर निस्केको प्रत्यक्षदर्सी तिलविर रावलले जानकारी दिए । 
  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन

  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन

  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन