नेभिगेशन
समाज

रीप बासीले जोखिम मोलेर खडिखेतको काठेपुल वारपार गद

हुम्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिका वडा नम्बर दुई रीप गाउँका स्थानीयले जोखिम मालेर खडिखेतको कर्णाली नदीको काठेपुल वारपार गर्दै आएका छन् । गाउँको तल पट्टी रहेको उक्त काठेपुल काठको भएकाले झोलुङ्ग पुल नहुँदा जोखिम मोलेर वारपार गर्दै आउनु परेको स्थानीयको गुनासो छ । रीप गाउँका स्थानीय पालिका केन्द्र सर्केगाड, सदरमुकाम सिमकोट, जिल्ला बाहिर जानु पर्दा पनि सोही काठेपुल तरेर जानु पर्ने बाध्यता रहेको स्थानीय दिलिप कार्कीले बताउनुभयो । 
आफुहरुले वारपार मात्रै नभएर गाउँमा हुने विभिन्न विकास निर्माणका सामग्री सिमेन्ट, सरीया, ग्यास सिलिण्डर, दैनिक उपभोग्यवस्तु, तेल, चामल, मैदा, सावुन, लगायतपनि र्जिण अवस्थामा रहेको काठको पुलबाट जोखिम मोलेर ल्याउन पर्ने अवस्था रहेको कार्कीले गुनासो पोख्नुभयो । धेरै गरुङगो सामान समेत उक्त पुलबाट ल्याउन नसकिने भएको छ । भने खडिखेतमा रहेको काठको पुलबाट दुई तीन जना मानिस समेत तर्न नकिल्ने भएको छ । एक एक जना गर्दै उक्त पुल वारपार गर्नु पर्ने अवस्था रहेको छ । पालो कुर्दै पुल वारपार गर्ने गरेको पाइन्छ । उक्त पुल तर्न बालबालिका, वृद्धवृद्धा, बिरामी बढी मर्कामा परेका छन् । आधारभूत भौतिक पूर्वाधार निर्माणमा गाउँपालिकासहित वडा नं २ का  जनप्रतिनिधिले ध्यान दिएर काम गर्न आवश्यक देखिएको कार्कीले बताउनुभयो । कम्तीमा गाउँपालिकाकोे केन्द्रसम्म सबैको पहुँच पुग्ने गरी संरचना निर्माण आवश्यक छ । 
रीप गाउँका स्थानीयले काठले निर्माण गरेको उक्त पुलको एक पट्टीको भाग समेत झुण्डिएको अवस्थामा रहेको उहाँले बताउनुभयो । वर्षा याममा पानीको वहाव बढ्दै जादा पुल समेत बगाएर लिने गरेको छ । हिउँद याममा यहाँका स्थानीयले पानी कम हुँदा पुन निर्माण गरी वारपार गर्दै आउने गरेका छ । वर्षा याममा काठको पुल बगाएपछि तुइन तरेर वारपार गर्नु परेको अर्का स्थानीय श्री फडेराले बताउनुभयो । खडिखेतमा झोलुङ्ग पुलको आवस्यक रहेको उहाँले बताउनुभयो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।