नेभिगेशन
समाज

रीप बासीले जोखिम मोलेर खडिखेतको काठेपुल वारपार गद

हुम्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिका वडा नम्बर दुई रीप गाउँका स्थानीयले जोखिम मालेर खडिखेतको कर्णाली नदीको काठेपुल वारपार गर्दै आएका छन् । गाउँको तल पट्टी रहेको उक्त काठेपुल काठको भएकाले झोलुङ्ग पुल नहुँदा जोखिम मोलेर वारपार गर्दै आउनु परेको स्थानीयको गुनासो छ । रीप गाउँका स्थानीय पालिका केन्द्र सर्केगाड, सदरमुकाम सिमकोट, जिल्ला बाहिर जानु पर्दा पनि सोही काठेपुल तरेर जानु पर्ने बाध्यता रहेको स्थानीय दिलिप कार्कीले बताउनुभयो । 
आफुहरुले वारपार मात्रै नभएर गाउँमा हुने विभिन्न विकास निर्माणका सामग्री सिमेन्ट, सरीया, ग्यास सिलिण्डर, दैनिक उपभोग्यवस्तु, तेल, चामल, मैदा, सावुन, लगायतपनि र्जिण अवस्थामा रहेको काठको पुलबाट जोखिम मोलेर ल्याउन पर्ने अवस्था रहेको कार्कीले गुनासो पोख्नुभयो । धेरै गरुङगो सामान समेत उक्त पुलबाट ल्याउन नसकिने भएको छ । भने खडिखेतमा रहेको काठको पुलबाट दुई तीन जना मानिस समेत तर्न नकिल्ने भएको छ । एक एक जना गर्दै उक्त पुल वारपार गर्नु पर्ने अवस्था रहेको छ । पालो कुर्दै पुल वारपार गर्ने गरेको पाइन्छ । उक्त पुल तर्न बालबालिका, वृद्धवृद्धा, बिरामी बढी मर्कामा परेका छन् । आधारभूत भौतिक पूर्वाधार निर्माणमा गाउँपालिकासहित वडा नं २ का  जनप्रतिनिधिले ध्यान दिएर काम गर्न आवश्यक देखिएको कार्कीले बताउनुभयो । कम्तीमा गाउँपालिकाकोे केन्द्रसम्म सबैको पहुँच पुग्ने गरी संरचना निर्माण आवश्यक छ । 
रीप गाउँका स्थानीयले काठले निर्माण गरेको उक्त पुलको एक पट्टीको भाग समेत झुण्डिएको अवस्थामा रहेको उहाँले बताउनुभयो । वर्षा याममा पानीको वहाव बढ्दै जादा पुल समेत बगाएर लिने गरेको छ । हिउँद याममा यहाँका स्थानीयले पानी कम हुँदा पुन निर्माण गरी वारपार गर्दै आउने गरेका छ । वर्षा याममा काठको पुल बगाएपछि तुइन तरेर वारपार गर्नु परेको अर्का स्थानीय श्री फडेराले बताउनुभयो । खडिखेतमा झोलुङ्ग पुलको आवस्यक रहेको उहाँले बताउनुभयो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
सात वर्षमा हुम्ला भित्र ७३ वटा सवारी दुर्घटनाः३६ जनाको मृत्यु

सात वर्षमा हुम्ला भित्र ७३ वटा सवारी दुर्घटनाः३६ जनाको मृत्यु

हुम्लामा आन्तरिक रुपमा सडक सञ्चालनमा आए लगत्तै हेलिकोप्टरमार्फत गाडी ढुवानी गरेर आन्तरिक रुपमा चल्न थालेको आर्थिक वर्ष ०७६/७७ देखि हालसम्म ७३ वटा सवारी साधन दुर्घटनामा ३६ जनाको मृत्यु...
सहुलियत नुनमा ७० प्रतिशत अतिरित्त मूल्य असुल्दै वडा कार्यालय (भिडियो रिर्पोटसहित)

सहुलियत नुनमा ७० प्रतिशत अतिरित्त मूल्य असुल्दै वडा कार्यालय (भिडियो रिर्पोटसहित)

नुन ढुवानीका नाममा सर्केगाड–१ का पाँच सय १२ घरधुरीबाट प्रति केजि ६ रुपैयाँका दरले ६४ हजार २ सय रकम असुल्ने काम भएको छ । नागरिकको कमजोर आर्थिक अवस्थालाई...
सिमकोट राइजिङ क्लबद्वारा न्यानो कपडा वितरण

सिमकोट राइजिङ क्लबद्वारा न्यानो कपडा वितरण

सिमकोट राइजिङ क्लबद्वारा न्यानो कपडा वितरण गरिएको छ । ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसर पारी सिमकोट गाउँपालिका वडा नम्बर ५ का जेष्ठ नागरिक तथा अपाङ्ग भएका व्यक्तिलाई...
भर्खरै