नेभिगेशन
सिमकोट

१४ दिनको बसाई व्यवस्थित नहँदा, क्वारेन्टाइन स्थलबाटै विज्ञप्ती

सिमकोट गाउँपालिकाले क्वारेन्टाइन व्यवस्थित बनाउन नसकेको भन्दै आजै क्वारेन्टाइन बसेका नागरीकहरुले विज्ञप्ती जारी रहेका छन् । विश्वभर महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरस कोभिड (१९) बाट नेपालमा पनि दिनप्रति दिन संक्रमित बढ्दै गएका छन् । अध्ययन, रोजगारी तथा औषधि उपचारका लागी जिल्ला बाहिर रहेका सिमकोट गाउँपालिका वडा दुई ठेहेका नागरीक घर पुगे सँगै क्वारेन्टाइन बसेका छन् ।

जिल्लाबाट घर पुगेर गाउँमा रहेका तीन वटा विद्यालयमा क्वारेन्टाइन बसेका नागरीकहरुले वडा एक र दुई कार्यालय क्वारेन्टाइन स्थल व्यवस्थित बनाउन नसकेको भन्दै आजै विज्ञप्ती जारी गरेको अमिर भण्डारीले जानकारी दिनुभयो । सिमकोट गाउँपालिका वडा एक र दुई ठेहे स्थित तीन वटा क्वारेन्टाइनमा बसीरहेका करीब दुई सय २८ जना विभिन्न समस्याका बावजुत पनि अव्यवस्थित क्वारेन्टाइनमा बसरीरहेको भण्डारीले गुनासो गरेका छन् ।

स्थानीय निकाय, सरोकारवाला पक्ष, अर्थात वडाध्यक्ष समक्ष हाम्रा समस्यालाई बारम्बार धानकषर्ण गराउँदा पनि हास सम्म कुनै सुनुवाई नभएको हुँदा आज विज्ञप्ती निकालीएको उनले बताएका हुन् ।

क्वारेन्टाइनमा बसेका नागरीकहरुका मागहरु समयमै व्यवस्थित तथा पुरा नभएमा थप विरोधका कार्याक्रमहरु सार्वजनजिक गर्ने आजको विज्ञप्तीमा भनिएको छ । वडा एक र दुईका क्वारेन्टाइनमा बसेका नागरीकहरुले रामदेभ प्रावि क्वारेन्टाइनमा खानेपानी, शौचालय तथा अन्य फोहोर मैला व्यवस्थापन नभएको, हेल्थ डेस्कको अभाव सुरक्षाको व्यवस्था नभएको, मास्क, सावुन, सेनिटाइजर वडा कार्यालयले नदिएको आजको विज्ञप्तीमा भनिएको छ ।

वडाध्यक्ष गाउँमा नहुँदा वडा सदस्य गोरासिंह बोहरालाई आफुहरुका माग सम्बोधन गर्नका लागी ज्ञापपन पत्र बुझाएको हुन । क्वारेन्टाइन व्यवस्थित नभएको भन्दै क्वारेन्टाइन बसेका दुई सय २८ जनाले भोलि सिमकोट गाउँपालिका र जिल्ला प्रशासन कार्यालयमा पनि विज्ञप्ती पत्र बुझाउने भएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सिमकोट
सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

हुम्लाको सिमकोट गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाका आठ वटै वडालाई पूर्ण खोप घोषणा गरिसकेपछि एक औपचारिक कार्यक्रमका बीच सिमकोट गाउँपालिकालाई पूर्ण खोप...
सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

हुम्लाको सिमकोट गाउँपालिकाले शिक्षामा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण गरेको छ। करिब ४५ लाख रुपैयाँ बराबरको लागतमा कम्प्युटर वितरण गरिएको गाउँपालिकाले...
सिमकोट गाउँपालिकाको  ९ करोड भन्दा बढी बेरुजु

सिमकोट गाउँपालिकाको ९ करोड भन्दा बढी बेरुजु

हुम्लाको सिमकोट गाउँपालिकाको बेरुजु रकम ९ करोडभन्दा बढी पुगेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको हालसम्मको अध्यावधिक...
सिमकोट गाउँपालिकामा ९ करोड भन्दा बढी बेरुजु

सिमकोट गाउँपालिकामा ९ करोड भन्दा बढी बेरुजु

हुम्लाको सिमकोट गाउँपालिकाको बेरुजु रकम ९ करोडभन्दा बढी पुगेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको हालसम्मको अध्यावधिक...
भर्खरै